हिन्दुस्तान टाइम्स लेख्छ – ‘सन्दिप महँगोमा बिक्न सक्छन्’

  • विकेटनेपाल, १४ माघ- आइतबार

नेपाली शेन वार्न सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग आईपीएलको अक्सन सुचीमा परेपछि सबैको ध्यान यतिबेला आईपीएल अक्सनमा अडेको छ। भारतको बेन्गलुरुमा शनिबार सुरु भएको अक्सनको पहिलो दिन सन्दिपको लागि बोलि लागेन त्यसअर्थ दोश्रो दिन आज आइतबार सन्दिपको नाम अक्सनमा गुन्जने पर्खाईमा धेरै जना हुनेछन्।

नेपाल मात्रै हैन भारतमा पनि सन्दिपको चर्चा भएको छ र भारतीय केहि मिडियाले अक्सनमा सन्दिपलाई महँगो बोलि लाग्ने दाबि समेत गरेका छन्।

हिन्दुस्तान टाइम्सले सन्दिपको नाम आईपीएल अक्सनमा महँगोमा बिक्न सके १० जना अनक्याप्ड खेलाडीको सुचीमा राखेको छ। सन्दिप संगै त्यस लिस्टमा भारतीय यु-१९ क्रिकेट टिम कप्तान पृथ्वी शा र भारत यु-१९ कै खेलाडीहरु सुभम गिल, कमलेश नगरकोटी तथा वेस्ट इन्डिज अलराउण्डर जोफ्रा आर्चर, अस्ट्रेलियन ब्याट्सम्यान डार्सी शर्ट रहेका छन्।

हिन्दुस्तान टाइम्सको अनुमान अनुरुपनै पहिलो दिन जोफ्रा आर्चरलाई राजस्थान रोयल्सले ७.२ करोड भारतीय रुपैयाँमा किन्यो भने डार्सी शर्टलाई पनि राजस्थान रोयल्सलेनै ४ करोड खर्चियो। यस्तै कमलेश नगरकोटीलाई कोलकाता नाइट राइडर्सले ३.२ करोडमा, शुभम गिललाई कोलकातालेनै १.८ करोडमा तथा पृथ्वी शालाई दिल्ली डेयर डेभिल्सले १.२ करोडमा खरिद गर्यो।

सन्दिपको बारेमा लेख्दै टाइम्सले यस्तो लेखेको छ – 

पुर्व अस्ट्रेलियन कप्तान माइकल क्लार्कले सन्दिपको प्रसंशा गर्दै १७ बर्षिय लेग स्पिनरसंग ठुलो गर्ने क्षमता छ भन्दै प्रसंशा गरेका छन्  “सन्दिपसंग धेरै क्षमता छ र खेलप्रति निकै लगाव उनिसंग छ” 

सन्दिपले सन् २०१६ यु-१९ बिश्वकप बंगलादेशमा उनले कुल १४ विकेट लिंदै धेरै विकेट लिने सुचीमा दोश्रो स्थानमा थिए। आगामी २ दिनले सन्दिपको भविष्य निर्धारण गर्नेछ र उनको करियर र नेपाली क्रिकेटकै दिशा परिवर्तन गर्नेछ। 

अक्सनको अघिल्लो दिन हिन्दुस्तान टाइम्सको सन्दिपलाई लिएर भविष्यवाणी कति सहि होला त आजै थाहा हुनेछ तर अन्य क्रिकेटरहरुबारे भने टाइम्सले सहि अनुमान लगाएको छ।

यस्तै अर्को भारतीय खेलकुद अनलाइन स्पोर्ट्सस्टार लाइभले पनि सन्दिपलाई सानो देशबाट आईपीएलमा सम्भावना बोकेको खेलाडीको सुचीमा राखेको छ। एसोसिएट रास्ट्रबाट अक्सनमा रहेका अर्का क्यानडाका क्रिकेटर हम्जा तारिक र सन्दिपको चर्चा गर्दै यी क्रिकेटरले आईपीएलमा ठुलो सरप्राइज देला भन्ने प्रश्न सोधेको छ।

सन्दिप जस्तो बलर आईपीएलको आवस्यकता

स्पोर्ट्सस्टार पनि सन्दिपको यु-१९ बिश्वकपको प्रदर्शनलाईनै चर्चा गरेको छ।

त्यस बिश्वकपको नेपाल क्वार्टरफाइनल सम्म पुगेको र न्युजिल्याण्ड र आयरल्याण्डलाई पराजित गरेको प्रसंग सहित उसले आयरल्याण्डसंग लिएको ह्याट्रिकको सहितको ५ विकेट पनि उल्लेख गरेको छ। सन्दिपको बलिंगको प्रसंशा गर्दै उसले माइकल क्लार्कसंगको सम्बन्धबारे पनि लेखेको छ।

‘सन्दिपको ब्राण्डको बलिंग टि-२० लिगको आवस्यकतासंग फिट हन्छ र उनिसंग ठुलो सफलता पाउने क्षमता छ’

भर्खरै सम्पन्न एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रिएट्सको लागि खेल्दै ९ विकेट लिएको पनि स्पोर्ट्सस्टार लाइभले लेखेको छ।

आईपीएल अक्सनमा सन्दिप अनक्याप्ड खेलाडीको सुचीमा छन् र उनको सुरुवाती मुल्य २० लाख भारु रहेको छ। अक्सनको अन्तिम दिन ४७१ अरु खेलाडी माथि बोलि लाग्न बाँकी छ।  कम्तिमा टिमहरुले आफ्नो १८ जनाको स्क्वाड पुरा गर्न ४८ जना खेलाडीहरु किन्नु पर्नेछ।

तर अक्सनमा सबै खेलाडीहरु माथि बोलि लाग्ने छैन अन्तिम दिन आईपीएल टिमहरुलाई ४७१ खेलाडीहरु मध्येबाट आफुले किन्न चाहेको खेलाडीहरुको सुची छान्न लगाइएको छ जसमाथि मात्रै बोलि लाग्नेछ। यस्तै अघिल्लो दिन बिक्रि नभएका खेलाडीहरु क्रिस गेल, लासिथ मलिंगा जस्ता खेलाडीहरुलाई पनि पुनः टिमहरुले अक्सनको लागि बोलाउन पाउनेछन्।

श्रोत :- www.hindustantimes.com , sportstarlive.com

यो पनि पढ्नुस :– आईपीएल अक्सन : यी हुन् महँगोमा बिक्ने क्रिकेटरहरु





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]