बंगलादेशको ऐतिहासिक जित

२०७८ चैत्र ५, शनिबार ०९:२६

पहिलो एकदिवसीयमा दक्षिण अफ्रीकालाई ३८ रनले पराजित गर्दै बंगलादेशले ऐतिहासिक जित दर्ता गरेको छ।

बंगलादेशले दक्षिण अफ्रिकी भूमिमा कुनै पनि फर्म्याटमा हात पारेको यो नै पहिलो जित हो। यसै वर्ष बंगलादेशले न्युजिल्यान्ड बिरुद्ध पनि उसको भूमिमा पहिलो जित दर्ता गरेको थियो।

सुपरस्पोर्ट्स पार्क सेन्चुरियनमा सम्पन्न खेलमा बंगलादेशले दिएको ३१५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले ४८.५ ओभरमा २७६ रनमा सम्पूर्ण विकेट गुमायो।

दक्षिण अफ्रीकाको लागि रासी भान डर डुसेनले सर्वाधिक ८६ तथा डेभिड मिलरले ७९ रन बनाए। कप्तान तेम्बा बभुमाले ३१, केशव महाराजले २३ तथा कायल भेरीनेले २१ रन योगदान दिए। डुसेनले चौंथो विकेटको लागि बभुमासंग ८५ रनको तथा मिलरसंग पाँचौ विकेटको लागि ७० रनको साझेदारी गरे। त्यसपछि मिलरले ४६ औं ओभरसम्म ब्याटिंग गरेता पनि अर्को किनारमा लगातार विकेट गुम्दा दक्षिण अफ्रीका जितसम्म पुग्न सकेन।

बंगलादेशको बलिंगमा मेहदी हसनले सर्वाधिक ४ विकेट ( ९-०-६१-४ ) ,  तास्किन एहमदले ३ विकेट ( १०-१-३६-३ ), शोरिफुल इश्लामले २ विकेट ( ८-०-४७-२ ) तथा महमुदुल्लाहले १ विकेट ( १.५-०-२४-१ ) लिए।

टस हारेर ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट क्षेतीमा ३१४ रन बनाएको थियो। उसको लागि शाकिब अल हसनले सर्वाधिक ७७ रन तथा लिटन दास र यासिर अलिले समान ५० रन बनाए। कप्तान तामिम इकबालले ४१, महमुदुल्लाहले २५ रन योगदान दिए। इकबाल र दासले ९५ रनको ओपनिंग साझेदारी गरेका थिए। शाकिब र अलि बीच चौंथो विकेटको लागि ११५ रनको साझेदारी भयो।

दक्षिण अफ्रीकाका बलर मार्को जेन्सन ( १०-१-५७-२ ) र केशव महाराज ( १०-०-५६-२ ) ले समान २ विकेट लिंदा लुंगी एनगीडी, कागीसो रबाडा र एन्डीले फेलुक्वायोले समान १ विकेट लिए।

तिन खेलको सिरिज अन्तर्गत दोश्रो र तेश्रो खेल मार्च २० र २३ तारिखमा खेलिनेछ। त्यसपछि दुई वटा टेस्टको सिरिज मार्च ३१ तारिख देखि सुरु हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy