- विकेटनेपाल, फाल्गुन २४
आईसीसी एकदिवसीय बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत अफगानिस्तानले लगातार तेश्रो हार बेहोरेको छ।
हंगकंगसंग बुलावायोमा सम्पन्न खेलमा हंगकंगसंग डी/एल मेथडको आधारमा ३० रनले पराजित भएपछि अफगानिस्तानको बिश्वकप मात्रै हैन सुपर सिक्स चरण पुग्न समेत मुस्किल बनेको छ। पहिलो खेलमा स्कटल्याण्डसंग तथा दोश्रो खेलमा जिम्बाबेसंग पराजित भएको अफगानिस्तानले अब अन्तिम खेलमा शनिबार ( मार्च १० ) नेपालको सामना गर्नेछ। नेपालसंग पराजित भए अफगानिस्तान सुपर पहिलो चरणबाटै बाहिरिनेछ।
कुनै पनि टेस्ट रास्ट्र बिरुद्ध एकदिवसीय खेलमा जित निकालेको हंगकंगले यो नै पहिलो पटक हो। सन् २०१४ को टि-२० बिश्वकप मा हंगकंगले बंगलादेशलाई पराजित गरेको थियो।
खेलमा टस हारेर पहिले ब्याटिंग गरेको हंगकंगले पुरै ५० ओभर ब्याटिंग गर्दै २४१ रन बनाएको थियो। अंशुमन रथले सर्वाधिक रन बनाए भने बाबर हयातले ३१, निजाकत खानले २८ रन योगदान दिए। अफगानिस्तान बलर मुजिब उर् रहमान र मोहम्मद नाबीले ३/३ विकेट लिएका थिए।
२४२ रन लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले पुनः खराब ब्याटिंग गर्यो। दौलत जद्रानले अविजित ४० रन, मोहम्मद नाबीले ३८ रन योगदान दिए पनि जितको लागि पर्याप्त भएन।
अफगानिस्तान इनिंगको ४३ ओभर सकिंदा १६७/७ स्कोर रहेको अवस्थामा वर्षाले खेल रोकिएपछि खेल पुनः सुचारु हुँदा ४६ ओभरमा २२६ रन बनाउनु पर्ने लक्ष अफगानिस्तानले पाएको थियो। १६७ बाट स्कोर १९५ रन मात्रै बनाउन सकेपछि हंगकंगले टेस्ट रास्ट्र बिरुद्ध ऐतिहासिक पहिलो जित निकाल्यो।
हंगकंग बलर एहसान खानले ४ विकेट ( ९-०-३३-४ ) तथा नदीम अहमदले २ विकेट लिए।
प्रतियोगितामा हंगकंगले यस अघि पहिलो खेलमा स्कटल्याण्डसंग ४ विकेटको पराजय बेहोरेको थियो। मार्च १० तारिकमा जिम्बाबेसंग तथा मार्च १२ तारिकमा नेपाल संग खेल्ने हंगकंगको तालिका रहेको छ।
अंकतालिका
आज सम्पन्न अन्य खेलहरुको नतिजा :-
युएईद्वारा नेदरल्याण्ड ६ विकेटले पराजित
पहिलो खेलमा आयरल्याण्डसंग पराजित भएको नेदरल्याण्डले दोश्रो हार बेहोर्यो।
टस जितेर ब्याटिंग गरेको नेदरल्याण्डले ४६.३ ओभरमा सबै विकेट गुमाएर १७६ रन मात्रै बनाउन सक्यो। युएई कप्तान अफस्पिनर रोहन मुस्तफाले ५ विकेट ( ९.३-२-२६-५ ) लिंदै नेदरल्याण्ड इनिंग ध्वस्त बनाए। नेदरल्याण्ड ब्याट्सम्यान वेसले बारेसीले सर्वाधिक ३७ तथा रायन टेन दोसेटले ३४ रन बनाए।
१७७ रनको लक्ष्य युएईले ४४ ओभरमा ४ विकेट मात्र गुमाएर भेटायो। ८४ रनको स्कोरमा ४ विकेट गुमाएपछि ओपनर चिराग सुरीले मोहम्मद उस्मानसंग पाँचौ विकेटको लागि ९३ रनको साझेदारी गर्दै टिमलाई ६ विकेटको जित चुमाएका थिए। सुरीले ७८ रन ( १२६ बल, ७ चौका , १ छक्का ) तथा उस्मानले ३६ रन बनाए।
वेस्टइन्डिजद्वारा पपुवा न्यु गिनी ६ विकेटले पराजित
पहिलो खेलमा युएईलाई पराजित गरेको वेस्ट इन्डिजले दोश्रो जित हाँसिल गर्नेक्रममा पपुवा न्यु गिनीलाई ६ विकेटले पराजित गर्यो। यो पपुवा न्यु गिनीको तेश्रो हार हो।
टस जितेर ब्याटिंग गरेको पपुवा न्यु गिनीले ४२.४ ओभरमा २०० रनमा सबै विकेट गुमायो। क्रेग ब्राथवेटले ५ विकेट ( १०-२-२७-५ ) हात पार्दा न्यु गिनीका असद भालाले सर्वाधिक ५७ रन योगदान दिए। लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गरेको इन्डिजले ५८ रनको स्कोरमा पहिलो ४ विकेट गुमाएको थियो।
पाँचौ विकेटको लागि कप्तान जेसन होल्डर र साई होपले १४३ रनको बिशाल साझेदारी गर्दै टिमलाई जित दिलाए। १ रनले शतक बनाउन चुकेका होल्डरले अविजित ९९ रन बनाउन १०१ बलमा ४ छक्का र ९ चौका प्रहार गरे भने होप ४९ रनमा अविजित रहे।
स्कटल्याण्डद्वारा नेपाल ४ विकेट पराजित
टस जितेर ब्याटिंग गरेको नेपालले खराब ब्याटिंग गर्दै ४७.४ ओभरमा १४९ रन मात्रै बनाउन सक्यो। कुनै समय
३९ रनमै ५ विकेट गुमाएको नेपालको लागि कप्तान पारस खड्काले सर्वाधिक ६३ रन ( ७५ बल, १० चौका ) , बसन्त रेग्मीले अविजित २४, सोमपाल कामिले १८ तथा रोहित पौडेलले १५ रन बनाउदै टिमलाई सम्मानजनक स्कोरतर्फ डोर्याएका थिए। स्कटल्याण्ड बलर व्हीटिंघमले ३ विकेट ( १०-०-३५-३ ) तथा सफ्यान शरिफ र एलेस्डर इभान्सले २/२ विकेट लिए।
१५० रन लक्ष्य पच्याउदा स्कटल्याण्डले ११२ रन बनाउदा ६ विकेट गुमाएपनि कप्तान केल कोट्जरले अविजित ८८ रनको शानदार इनिंग खेल्दै टिमलाई जित दिलाएका थिए। १३६ बल खेल्दै कोट्जरले ७ चौका र ३ छक्का प्रहार गरे। सन्दिप लामिछाने र बसन्त रेग्मीले राम्रो बलिंग गर्दै २/२ विकेट निकाले पनि स्कटल्याण्डलाई जितसम्म पुग्न रोक्न सकेनन्।