नेपाल हङकङसँग ४३ रनले पराजित

काठमाडौं । थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टि–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग पराजित भएको छ । बैंककको टेडथाई क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो । स्कोरकार्ड 

लगातारको दुई हारसँगै एशिया कप छनोटमा पुग्ने नेपालको सम्भावना न्यून हुँदै गएको छ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा मलेशियासँग २२ रनले पराजित भएको थियो ।

पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई १५५ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा नेपाल १८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १११ रनमा समेटियो । शुरुआती ब्याट्सम्यान कुशल मल्ल र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४.४ ओभरमा ४२ रनको साझेदारी गर्दै राम्रो शुरुआत दिलाए पनि त्यसपछि निरन्तर विकेट गुम्दा नेपाल हार बेहोर्न बाध्य बन्यो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए भने कुशल १९ रनमा आउट भए । यस्तै अविनाश बोहराले १२ रन जोड्दा आरिफ शेखले १० रन बनाए । करण केसीले ७, विनोद भण्डारी र दिपेन्द्र सिंह ऐरी ५/५ रन जोड्दा पारस खड्का ४ रनमा पेभेलियन फर्किनुभयो । पवन सर्राफ १ रनमा आउट हुँदा सन्दीप लामिछाने शून्य रनमा आउट भए ।

बलिङतर्फ हङकङका हरुन मोहमद अर्साद एक्लैले ५ विकेट लिए भने अफ्ताफ हुसेनले ३ तथा इशान खानले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । हङकङका लागि निजाकत खानले सर्वाधिक ४८ रनको योगदान दिए भने साहिद वासिफले २६ रन जोडे।

त्यसैगरी कप्तान अजिज खानले २९, हरुन मोहमद अर्सादले २७, जेम्स जोनले १३ तथा वाकस खानले ५ रन जोडे । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सुशान भारीले २/२ विकेट लिँदा कुशल मल्लले १ विकेट झारे।

अब नेपालले आफ्नो तेस्रो खेल बुधबार आयोजक थाइल्याण्डसँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित मलेशिया, थाइल्याण्ड, सिङ्गापुर र हङकङले प्रतिस्पर्धा गरिरहेका छन् ।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]