हंगकंग राष्ट्रिय टिम त्यागेका रथले भारतमा घरेलु क्रिकेट खेल्ने

हंगकंग राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान अंशुमन रथ भारतको ओडीशाबाट आगामी सिजन घरेलु क्रिकेट खेल्ने भएका छन्।

हंगकंग राष्ट्रिय क्रिकेट टिम त्यागेका रथसंग भारतको पासपोर्ट रहेको छ जसले भारतको घरेलु क्रिकेट खेल्न भारतीय क्रिकेट बोर्डको नियम अनुसार एक वर्ष अवधि भारतमा बिताइसकेका छन्। उनि भारतको घरेलु क्रिकेट खेल्न योग्य भैसकेका छन्।

रथले गत वर्ष हंगकंग छाड्ने उद्देश्यले टि-२० विश्वकप छनौट प्रतियोगितानै त्यागेका थिए। हंगकंगको लागि त्यस अघि १८ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका रथले ५१.७५ को शानदार औशतले ८२८ रन बनाएका रथले १ शतक र ७ अर्धशतक प्रहार गरेका थिए। यस्तै उनले टि-२० अन्तर्राष्ट्रियमा १८.८८ को औशतले ३२१ रन बनाएका छन्। एकदिवसीयमा उनल १४ विकेट तथा टि-२० मा ५ विकेट लिएका छन्।

२३ वर्षीय माथिल्लो क्रमका देब्रे हाते ब्याट्सम्यान विधर्ब टिमबाट खेल्न चाहन्थे जसले यो सिजन उनलाई स्थान नदिएपछि उनि आफू जन्मिएको राज्य ओडीशामा खेल्न पहल गरेका थिए। रथको परिवार सन् १९९४ मा भारत ओडीशाबाट हंगकंग बसाइँ सरेका थिए। उनिसंग भारतीय नागरिकता रहेको छ र भारतीय पासपोर्टबाटै यात्रा समेत गर्दै आएका छन्।

“मैले एक वर्षे लामो अवधि यहाँ बिताए जुन क्रममा नागपुरमा क्लब क्रिकेट खेले। म विदर्भबाट खेल्न चाहन्थे जुन सम्भव हुन सकेन। त्यसैले मैले नयाँ अवसर खोज्नुपर्थ्यो जसपछि ओडीशा पुगेको हुँ।” रथले ई एसपीएनक्रिक्इन्फोसंगको कुराकानीमा बताएका छन्। “म ओरिया भासा बोल्न सक्छु, मेरो जन्म भुवनेश्वरमा भएको थियो त्यसैले यहाँबाट खेल्नु सबै किसिमले नियमसंगत छ।” उनले बताए।

२०१८ एसिया कपमा भारत बिरुद्धको खेलमा निजाकत खानसंग १७४ रनको साझेदारी गर्दा विशेष चर्चामा आएका रथले उक्त खेलमा ओपनिंग गर्दै ७३ रन बनाएका थिए। भारत उक्त खेलमा २६ रनले विजयी भए पनि रथको ब्याटिङ्गको भने प्रशंशा भएको थियो। प्रतियोगितामा रथलेनै टिमको कप्तानी पनि सम्हालेका थिए।

रथको लक्ष्य रन्जी ट्रफी हुँदै आईपीएलमा स्थानीय खेलाडीको रुपमा खेल्नु हो। उनि हाल भुवनेश्वरमा अन्तर जिल्ला क्रिकेट खेलीरहेका छन्। आगामी सिजन अक्टोबरमा आयोजना हुने सयद मुस्ताक अलि ट्रफी अघि उनि छनोटकर्ताहरुलाई प्रभावित पार्न चाहन्छन्। ओडीशाले गत महिना मात्रै पूर्व भारतीय क्रिकेटर वासिम जाफरलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो जोसंग काम गर्न रथ उत्साहित छन् – “उनि भर्खरै प्रवेश गरेका छन् त्यसैले समय बिताउन पाएको छैन तर थोरै अवधिमा धेरै कुरा सिकेको छु।”

२०१७ को एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) पारस खड्का कप्तानीको टिम बिराटनगर वारियर्सको लागि खेल्ने क्रममा उत्कृस्ट प्रदर्शन गरेका रथले ७ खेलमा २ अर्धशतक मदतले ४५.१६ को औशतले २७१ रन बनाएका थिए। हंगकंगकै बाबर हायातले ७ खेलमा ३१३ रन बनाएर सर्वाधिक रनकर्ता रहेका थिए भने रथ दोश्रो स्थानमा रहेका थिए।

नेपाली फ्यानहरुले भने रथलाई अर्को प्रसंगले पनि याद गर्नेगर्छन्। २०१७ ईपिएलको फाइनलमा भैरहवा ग्ल्याडीएटर्स बिरुद्ध खेल्ने क्रममा अंशुमनले एकै ओभरमा ३५ रन खर्चिएका थिए। त्यस क्रममा उनले एकै ओभरमा ११ बल गर्नु परेको थियो जसमा २ वटा वाइड र २ वटा नो बल रहेको थियो। बलिंग गर्ने क्रममा निकै नर्भस भएका उनले अधिकांश बल बल हाफ पिचमा खसाउने पुगेका थिए।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]