रोमान्चक फाइनलमा युएईलाई पराजित गर्दै हंगकंग एसिया कप खेल्न छनौट

Hong Kong Cricket Team
  • विकेटनेपाल,भदौ २१ 

रोमान्चक खेलमा युएईलाई मात्र २ विकेटले पराजित गर्दै हंगकंगले एसिया कप छनौट प्रतियोगिताको उपाधि जितेको छ। उपाधि हात पार्दै हंगकंग १५ सेप्टेम्बर देखि युएईमा संचालन हुने एसिया कप खेल्न छनौट भएको छ।

एसिया कप खेल्न हंगकंग छनौट भएको यो तेश्रो पटक हो। यस अघि सन् २००४ र सन् २००८ मा लगातार हंगकंगले एसिया कप खेलेको थियो। दुवै संस्करणमा हंगकंग पहिलो चरणबाट अघि बढ्न सकेको थिएन।

एसिया कपमा हंगकंग समुह ‘ए’ मा भारत र पाकिस्तान रहेको समुहमा परेको छ। हंगकंगले १६ सेप्टेम्बरमा पाकिस्तान र १८ सेप्टेम्बरमा भारतसंग खेल्ने तालिका रहेको छ।

रोमान्चक जित 

टस हारेर ब्याटिंग गरेको युएईले पहिलो इनिंगमा ब्याटिंग गर्दै गर्दा वर्षाले खेल रोकिएपछि खेल २४ ओभरमा घटाईएको थियो। वर्षाले खेल रोकिंदा युएईले १५.२ ओभरमा ३ विकेट गुमाएर ६५ रन बनाएको थियो।

पुनः खेल सुचारु भए पछि युएईले निर्धारित २४ ओभरमा ९ विकेट गुमाएर १७६ रनको योगफल तयार गर्यो। युएई ओपनर अस्फाक अहमदले सर्वाधिक ७९ रन योगदान दिए भने म्यान अफ द म्याच चुनिएका हंगकंग बलर ऐजाज खानले ५ तथा नदीम एहमदले ३ विकेट पारे।

ऐजाज खानले ५ विकेट लिए ( फोटो – एसीसी )

१७७ रनको लक्ष्य पछ्याउने क्रममा दशौँ ओभर सकिंदा ८२/४ को अवस्थामा पुगेको हंगकंगलाई जिताउन तल्लो क्रमका ब्याट्म्यानहरुले योगदान दिए फलस्वरूप २३.३ ओभरमा ८ विकेट गुमाएर उसले खेल जित्यो। निजाकत खानले  ३८, क्रिस्टोफर कार्टरले ३३ रनको योगदान दिए।

अन्तिम ३ ओभरमा हंगकंगलाई जितको लागि २७ रन बाँकी थियो भने बाँकी थियो ३ विकेट। त्यो अवस्थामा २२ औं ओभर बलिङ्ग गरेका मोहम्मद नाभेदलाई स्कट म्याककेनी र तन्बिर अफजलले १/१ छक्का प्रहार गर्दै एकै ओभरमा १६ रन बटुल्दा युएईको जितको आशा चकनाचुर भएको थियो। त्यसपछि १ विकेट गुमाएपनि हंगकंगले सहजै नतिजा पक्षमा पार्यो।

यस अघि लिग चरणमा युएईले ५ खेलमा ४ जित हात पार्दै समुह बिजेताको रुपमा फाइनल प्रवेश गरेको थियो भने हंगकंग र ओमानले समान ३/३ जित हात पारेर ७ अंक बटुले पनि नेट रनरेटको आधारमा हंगकंग फाइनल पुगेको थियो।

समुह चरणमा पनि युएईलाई हंगकंगले १८२ रनको बिशाल अन्तरले पराजित गरेको थियो भने हंगकंगले मलेसियासंग ३ विकेटको हार बेहोरेको थियो।

प्रतियोगितामा नेपाल लिग चरणमा चौथो हुने क्रममा ओमान, हंगकंग र युएईसंग पराजित हुन पुगेको थियो।

( फोटोहरु – एसीसी )





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]