कप्तान होल्डरले करियरकै उत्कृस्ट बलिंग गर्दा इंग्ल्यान्ड २०४ मा सिमित

इंग्ल्यान्ड र वेस्टइन्डिज बीच साउथाम्पटनमा जारि तिन टेस्ट म्याचको सिरिज अन्तर्गत पहिलो टेस्टको दोश्रो दिनको खेल जारि रहेको छ।

पहिलो दिन ३५ रनमा १ विकेट गुमाएको अवस्थामा दोश्रो दिनको खेल सुरु गरेको घरेलु टिमले २०४ रन बनाउदा सम्पूर्ण विकेट गुमाउन पुगेको छ।

चिया सत्र अघि इंग्ल्यान्डको इनिंग समेट्न वेस्टइन्डिजको लागि कप्तान जेसन होल्डर र शानोन ग्याब्रीयलले उत्कृस्ट बलिंग गरे। होल्डरले टेस्ट क्रिकेटमा आफ्नो उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा ६ विकेट लिए जुन क्रममा ६ मेडन ओभर गर्दै ४२ रन खर्चिए। यस्तै ग्याब्रीयलले ४ विकेट लिंदा १५.३ ओभरमा ६२ रन खर्चिए।

स्टोक्सले सर्वाधिक ४३ रन बनाए

इंग्ल्यान्डको लागि कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाए। ९७ बलमा ७ चौका प्रहार गरेका स्टोक्सलाई जेसन होल्डरले आउट गरेका थिए। जोस बटलरले ३५, डोमिनिक बेसले अविजित ३१ तथा ओपनर रोरी बर्नले ३० रन बनाए।


एक समय ८७/५ रहेको इंग्ल्यान्डको योगफललाई कप्तान स्टोक्स र विकेटकिपर ब्याट्सम्यान जोस बटलरले उकास्ने प्रयास गरेका थिए। स्टोक्सको विकेट लिए पछि इंग्ल्यान्ड ठुलो योगफल बनाउन चुक्यो।

खेलमा इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिंग गरेको थियो।

कोरोना भाइरसको कारण २०२० मार्च पछि बल्ल अन्तर्राष्ट्रिय क्रिकेटको पुनरागमन भएको हो। खेल दर्शक विहिन मैदानमा भइरहेको छ।सिरिज अन्तर्गत दोश्रो टेस्ट जुलाई १६ तथा तेश्रो टेस्ट जुलाई २४ देखि सुरु हुनेछ। बाँकी दुवै टेस्ट ओल्ड ट्रयाफोर्डमा खेलिनेछ।

धेरैले पढेको :- 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy