कप्तान होल्डरले करियरकै उत्कृस्ट बलिंग गर्दा इंग्ल्यान्ड २०४ मा सिमित

इंग्ल्यान्ड र वेस्टइन्डिज बीच साउथाम्पटनमा जारि तिन टेस्ट म्याचको सिरिज अन्तर्गत पहिलो टेस्टको दोश्रो दिनको खेल जारि रहेको छ।

पहिलो दिन ३५ रनमा १ विकेट गुमाएको अवस्थामा दोश्रो दिनको खेल सुरु गरेको घरेलु टिमले २०४ रन बनाउदा सम्पूर्ण विकेट गुमाउन पुगेको छ।

चिया सत्र अघि इंग्ल्यान्डको इनिंग समेट्न वेस्टइन्डिजको लागि कप्तान जेसन होल्डर र शानोन ग्याब्रीयलले उत्कृस्ट बलिंग गरे। होल्डरले टेस्ट क्रिकेटमा आफ्नो उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा ६ विकेट लिए जुन क्रममा ६ मेडन ओभर गर्दै ४२ रन खर्चिए। यस्तै ग्याब्रीयलले ४ विकेट लिंदा १५.३ ओभरमा ६२ रन खर्चिए।

स्टोक्सले सर्वाधिक ४३ रन बनाए

इंग्ल्यान्डको लागि कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाए। ९७ बलमा ७ चौका प्रहार गरेका स्टोक्सलाई जेसन होल्डरले आउट गरेका थिए। जोस बटलरले ३५, डोमिनिक बेसले अविजित ३१ तथा ओपनर रोरी बर्नले ३० रन बनाए।


एक समय ८७/५ रहेको इंग्ल्यान्डको योगफललाई कप्तान स्टोक्स र विकेटकिपर ब्याट्सम्यान जोस बटलरले उकास्ने प्रयास गरेका थिए। स्टोक्सको विकेट लिए पछि इंग्ल्यान्ड ठुलो योगफल बनाउन चुक्यो।

खेलमा इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिंग गरेको थियो।

कोरोना भाइरसको कारण २०२० मार्च पछि बल्ल अन्तर्राष्ट्रिय क्रिकेटको पुनरागमन भएको हो। खेल दर्शक विहिन मैदानमा भइरहेको छ।सिरिज अन्तर्गत दोश्रो टेस्ट जुलाई १६ तथा तेश्रो टेस्ट जुलाई २४ देखि सुरु हुनेछ। बाँकी दुवै टेस्ट ओल्ड ट्रयाफोर्डमा खेलिनेछ।

धेरैले पढेको :- 





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]