सन्दिपको अर्को उत्कृस्ट प्रदर्शन, हंगकंग सस्तो मै समेटियो

Sandeep Lamichhane

विश्वकप छनौट प्रतियोगिता अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेल खेल्दै गरेको नेपाललाई हंगकंगले १५४ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिंग रोजेको हंगकांगले ४८.२ ओभरमा अल आउट हुदै १५३ रन बनाएको हो ।

Nepal vs Hongkong world cup qualifier 2018
टस गर्दै नेपाल र हंगकंगका कप्तान

प्रतियोगिताकै उत्कृस्ट सुरुवात गरेको नेपालको बलिंग आज अब्बल देखिएको थियो । ६.२ ओभरमा बसन्त रेग्मीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । २४ रनको स्कोरमा हंगकंगले कार्टरको रुपमा आफ्नो पहिलो विकेट गुमाए पछि निरन्तर विकेट झर्ने सिल्सिला रोकिएन । ५३ रनको स्कोरमा बाबर हायात सोमपाल कामीको सिकार भए भने ५६ रनको स्कोरमा हंगकंगले अन्शुमन राथलाई पनि गुमायो । ५८ रनको स्कोरमा साहिद वासिफलाई गुमाए पछि हंगकंग तनावमा देखियो ।

पाचौ विकेटको लागि सिमंदीप सिंह र निजाकत खानका बीच २७ रनको साझेदारी भयो । ८५ रनको स्कोरमा सिंह आउट भए पछि पुन: हंगकंगको नियमित विकेट गुमाउने सिल्सिला सुरु भयो । ४७ रनको योगदान दिएका ओपनर निजाकत खान आउट भए लगत्तै तनवीर अफ्जल र एजाज खान पनि पभिलीयन फर्किए । ९ औ विकेटका लागि एहसान नवाज र एहसान खान बीच ३२ रनको साझेदारी भयो। १५३ रनमा अल आउट हुने क्रममा एहसान खान अन्तिम विकेटका रुपमा आउट भएका थिए ।

nepal vs hong kong
विकेट पछि खुशी मनाउदै नेपाल टिम

हंगकंगका लागि निजाकत खानले ४ चौका र १ छक्काको मद्दतले ८४ बलमा ४७ रनको पारी खेलेका थिए । नेपालका लागि उत्कृस्ट बलिंग गर्दै सन्दिप लामिछानेले १० ओभरमा ४ मेडन सहित १७ रन खर्चिदै ३ विकेट लिए । त्यसैगरी बसन्त रेग्मीले र कारण केसीले २-२ विकेट लिए । सोमपाल कामी र ललित राजबंशीको हातमा १ -१ विकेट पर्यो ।

Sandeep Lamichhane
सन्दीपको ट्रेडमार्क विकेट सलेब्रेसन

सुपर सिक्समा पुग्ने सम्भावना नरहे पनि यो खेल हंगकंग भन्दा राम्रो नेट रनरेटका साथ जित्न सकेको खण्डमा नेपाल समूह बाट चौथौ हुनेछ र मार्च १५ मा पीएनजीसंग खेल्नेछ । सो खेलको विजेताले प्रतियोगीनतामा ७ औ स्थान प्राप्त गर्ने मौका पाउनेछ (नेदरल्यांड्स भएको खण्डमा आठौ भए पनि हुन्छ ) र टप ३ एसोसियटमा आफ्नो नाम पार्दै २०२२ सम्मको लागि एक दिवसीय मान्यता पाउने छ ।नेदरल्यांड्सले भने विश्व क्रिकेट लिगको विजेताको रुपमा पहिले नै सो मान्यता पाएको हो भने स्कोटल्याण्डले आफ्नो मान्यता रिटेन गरिसकेको छ । अर्को समूह बाट युएई सुपर सिक्समा पुगी एकदिवसीय मान्यता प्राप्त गर्न प्रवल दावेदार देखिएको छ ।

(फोटो – आईसिसी)





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]