- विकेटनेपाल, भदौ १९ – सोमबार
हंगकंगले नेपालसँग विश्व क्रिकेट लिग च्याम्पियानसिपको छैठौं चरणको खेलको लागि १४ सदस्यीय टोलीको सोमबार घोषणा गरेको छ । यहि अक्टोबर १३ र १५ तारिकमा हंगकंगको मिसन रोड क्रिकेट मैदानमा नेपाल र हंगकंग बीच खेल हुनेछ।
आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा हंगकंग पोइन्ट्स टेबलमा १० खेलबाट ११ अंक सहित तेस्रो स्थानमा छ भने नेपाल समान खेलमा ८ अंक सहित छैठौं स्थानमा छ। नेपालले हंगकंग र युएईसंग २-२ खेल खेल्न बाँकीछ l प्रतियोगितामा उत्कृस्ट हुने ४ वटा टिमले २०१८ बिश्वकप छनौट प्रतियोगिता खेल्न पाउने अवस्थामा नेपाललाई उत्कृस्ट ४ मा पर्न बाँकी अधिकाँश खेलहरु जित्नुपर्ने दबाब रहेको छ ।
नेपालले यसै बर्ष मार्चमा बंगलादेशमा सम्पन्न एसीसी इमर्जिग टिम्स एसिया कपमा हंगकंगको सामना गरेको थियो जसमा नेपाल ७ विकेटले बिजयी भएको थियो । च्याम्पियनसिप अन्तर्गत नेपालले मार्चमा केन्यासंग १ खेलमा जित र १ खेलमा हार बेहोरेको थियो ।
हंगकंग टिम बाबर हायतको कप्तानीमा रहनेछ भने २४ बर्षीय एजाज खानको स्थानमा १९ बर्षीय ओपनर आयुस्मन राथलाई टोलिको उपकप्तानीको जिम्मेवारी दिएको छ। त्यस्तै टोलीमा १७ बर्षीय लेग-स्पिनर जथावेद सुब्रमन्यनलाई पनि स्थान दिईएको छ ।
यस्तो छ टिम :-
बाबर हायत ( कप्तान ) , आयुस्मन राथ ( उपकप्तान ) , जेमी अट्कीन्सन, क्रिस कार्टर, निजाकत खान, सहिद वासिफ, एहसान खान, एजाज खान, वकास खान, तनवीर अफजल, एहसान नवाज, तनवीर अहमद, जथावेद सुब्रमन्यन र काएल क्रिस्टी
बिश्वकप छनौट खेल्न नेपाललाई आगामी खेलमा जित्न दबाब
बिश्व क्रिकेट लिग च्याम्पियनसिपको अंकतालिकामा नेदरल्याण्ड १० खेल मध्ये ७ वटामा जित ,१ मा हार र २ खेल नतिजा बिहिन रहेपछि १६ अंक सहित शिर्ष स्थानमा रहेको छ । उतिकै खेलमा ७ जित र ३ हार बेहोरेको पपुवा न्युगिनी १४ अंकसहित दोश्रो स्थानमा छ । स्कटल्याण्डको १० खेलमा १३ अंक तथा हंगकंगको १० खेलमा ११ अंक रहेको छ ।
केन्या कुल १० अंक सहित नेपाल भन्दा १ स्थान माथि पाँचौ स्थानमा रहेको छ भने नेपाल ८ अंक सहित छैठौं स्थानमा छ ।
नेपालले हंगकंगसंगको खेल पछि च्याम्पियनसिपको पुछारमा रहेको युएईसंग २ खेल्नेछ । यस्तै हंगकंगले नेपाल पछि अन्तिम २ खेल पपुवा न्युगिनीसंग खेल्नेछ । यस्तै केन्याले बाँकी ३ वटा खेल नेदरल्याण्ड र स्कटल्याण्डसंग खेल्नेछ । स्कटल्याण्डले पपुवा न्युगिनी र हंगकंगसंग खेल्न बाँकी रहेको छ।

यो अवस्थामा यदी नेपालले बाँकी ४ वटै खेल जित्नसके टप ४ भित्र पर्ने सम्भावना प्रबल रहन्छ । ४ मध्ये ३ वटा खेलमा जित हात पार्न सके पनि नेपालको सम्भावना रहन्छ । हंगकंगले तुलनात्मक रुपमा बलियो पपुवा न्युगिनीको तथा केन्याले पनि बलियो नेदरल्याण्ड र स्कटल्याण्डसंग खेल्न बाँकी रहेको अवस्थामा अब नेपाल उत्कृस्ट ४ भित्र पर्न हंगकंग र केन्याको हारले सहयोग गर्नेछ । तर नेपालले आफुलाई सुरक्षित पार्न बाँकी ४ मध्ये बढीभन्दा बढी खेल जित्नुपर्नेछ ।

यो अर्थमा च्याम्पियनसिपको अंकतालिका रोमान्चक अवस्थामा रहेकोछ त्यसैले हंगकंगसंगको खेल जित्नु नेपालको लागि अत्यन्त महत्वपूर्ण हुनेछ। हंगकंगलाई २ खेलमा पराजित गर्न सक्ने हो भने त्यसपछि कमजोर प्रदर्शन गरिरहेको युएईलाई पराजित गर्नु नेपाललाई कम मुस्किल हुने अनुमान गर्न सकिन्छ ।
प्रतियोगिताको लागि नेपाली रास्ट्रिय टिमको छनौट पनि १-२ दिन भित्रै घोषणा हुने सम्भावना रहेको छ ।
यति बेला २५ सदस्यीय नेपाली टिम बन्दसत्रमा रहेको छ l पायल्सको कारण शक्ति गौचन यसपालि हंगकंगसंगको खेलमा नेपाली टिममा रहनेछैनन् भने विकेटकिपर दिलिप नाथले पनि ढाडको समस्याको कारण आफ्नो नाम फिर्ता लिएका छन् ।