हंगकंगसंग मुस्किलले जित्यो भारत

  • विकेटनेपाल, असोज ३ 

पाकिस्तानसंग ८ विकेटले सहजै पराजित भएको हंगकंगलाई भारतले पनि उस्तै नतिजाका साथ पराजित गर्ने आंकलनलाई गलत सावित गर्दै एसिया कपको चौथो खेलमा हंगकंगले भारतबिरुद्ध नसोचेको खेल प्रदर्शन गरेको छ।

भारतको ब्याटिंग 

युएईको दुबई स्टेडियमा सम्पन्न खेलमा टस जितेर हंगकंगले भारतलाई ब्याटिंगको निम्तो दियो।

भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८५ रनको योगफल तयार गर्यो। भारतीय ओपनर शिखर धवनले १४ औं शतक प्रहार गर्दा तेश्रो नम्बरमा अम्बाती रायडूले ६० रन बनाउदै भारतलाई राम्रो सुरुवात दिलाए। धवनले १२० बलमा १५ चौका र २ छक्का प्रहार गरे।

२३ रन बनाएर रोहित शर्मा आउट भएपछि दोश्रो विकेटको लागि धवन र रायडूले ११६ रनको साझेदारी गरे। रायडूको विकेटपछि धवन र दिनेश कार्तिकले तेश्रो विकेटको लागि ५९ रनको साझेदारी गरे।

Shikhar Dhawan ( Photo – ICC )

धवन ४१ औं ओभरमा आउट  हुँदा २४०/३ रहेको भारतको योगफल त्यसपछि भने लगातारको विकेटले धेरै अगाडी बढ्न सकेन। धोनी ( ० ) , दिनेश कार्तिक ( ३३ ) , भुवनेश्वर कुमार ( ९ ) , शार्दुल ठाकुर ( ० ) ले लगातार विकेट गुमाउन पुगे। केदार जाधबले अविजित २८ रन बनाए।

भारतलाई ठुलो स्कोर बनाउनबाट रोक्न हंगकंग अफ स्पिनर किन्चित शाहले ३ , एहसान खानले २ तथा एहसान नवाज र ऐजाज खानले १/१ विकेट लिए।

हंगकंग अपत्यारिलो ब्याटिंग 

२८५ बनाए पछि भारतले ठुलै अन्तरले जित्ने अनुमान सबैको थियो तर हंगकंग ओपनर निजाकत खान र अंशुमन रथले गजबको ब्याटिंग गर्दै भारतीय फ्यानहरुलाई औला टोक्न बाध्य बनाए। एउटा विकेट निकाल्न भारतलाई ३४.१ ओभरसम्म प्रतीक्षा गराउने क्रममा खान र रथले १७४ रनको बिशाल साझेदारी गरे।

७३ रन ( ९७ बल, ४ चौका र १ छक्का ) बनाएका रथलाई कुलदिप यादबले आउट गरेपछि भने हंगकंगले निरन्तर विकेट गुमाउन सुरु गर्यो। निजकत खान ९२ रन बनाएर डेब्यु गरिरहेका खलिल एहमदको एलबिडब्लु शिकार भए।

१७५-२ को स्थितिबाट अन्य हंगकंग ब्याट्सम्यानहरुले खास योगदान दिन सकेनन्। बाबर हायात १८, क्रिस्टोफर कार्टर २, किञ्चित शाह १७, एहसान खान २२ रन बनाएर आउट भए। पुरा ५० ओभर ब्याटिंग गरे पनि ८ विकेट गुमाएर हंगकंगले २५९ रन मात्रै बनाउदा मात्र २६ रनले पराजित हुन बाध्य भयो।

भारतीय बलर युज्भेन्द्र चाहल र खलिल एहमदले समान ३/३ विकेट तथा कुलदिप यादबले २ विकेट हात पारे। शिखर धवन खेलको म्यान अफ द म्याच चुनिए।

जित पछि भारत एसिया कपको दोश्रो चरणमा पुगेको छ भने हंगकंग दुवै हारको साथ बाहिरिएको छ। समुह ‘ए’ बाट भारत र पाकिस्तान तथा समुह ‘बि’ बाट बंगलादेश र अफगानिस्तान सुपर-४ चरणमा प्रवेश गरेको छ। भारतले समुहको अन्तिम खेलमा आज बुधबार पाकिस्तानको सामना गर्दैछ। खेल नेपाली समय ५:१५ बजे सुरु हुनेछ।

एसिया कप हालसम्मको नतिजा 

१. बंगलादेशद्वारा श्रीलंका १३७ रनले पराजित
२. पाकिस्तानद्वारा हंगकंग ८ विकेटले पराजित
३. अफगानिस्तानद्वारा श्रीलंका ९१ रनले पराजित
४. भारतद्वारा हंगकंग २६ रनले पराजित
( श्रीलंका र हंगकंग पहिलो चरणबाट बाहिर )

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]