होप र क्याम्पवेलको नयाँ वर्ल्ड-रेकर्ड

  • विकेटनेपाल, बैशाख २२ , आइतबार 

वेस्ट इन्डिज, बंगलादेश र आयरल्याण्ड बीच आयरल्याण्डमा जारि त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत जारि पहिलो खेलमा वेस्ट इन्डिजका ओपनिंग ब्याट्सम्यान जोन क्याम्पवेल र शाही होपले नयाँ विश्वकिर्तिमान कायम गरेका छन्।

टस हरेर ब्याटिंग गर्ने क्रममा वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ३ विकेट गुमाएर ३८१ रनको योगफल तयार गरेको छ।

डब्लिनमा जारि खेलको पहिलो इनिंगमा आयरल्याण्डले टस जितेर बलिंग रोजेपछि ब्याटिंग गरेको वेस्ट इन्डिजको लागि ओपनिंग ब्याटिंग गर्न आएका होप र क्याम्पवेलले ओपनिंग साझेदारीको रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमै सर्वाधिक साझेदारी गरेका हुन्।

जारि खेलमा दुवैले पहिलो विकेटको लागि ३६५ रनको साझेदारी गरेका हुन। ४७.२ ओभरमा जोन क्याम्पवेलले विकेट गुमाएपछि साझेदारी तोडिएको थियो। सोहि ओभरको पाँचौ बलमा शाही होप पनि आउट भए। दुवैको विकेट ब्यारी म्याकार्थीले लिए।

क्याम्पवेलले १७९ रन तथा होपले १७० रन बनाए। यस क्रममा क्याम्पवेलले १३७ बलमा १६ चौका र ६ छक्का तथा होपले १५२ बलमा २२ चौका र २ छक्का प्रहार गरे।

यस अघि एकदिवसीय अन्तर्राष्ट्रियमा ओपनिंग साझेदारीको रुपमा सबैभन्दा ठुलो साझेदारी पाकिस्तानका इमाम उल हक र फखार जमानको नाममा थियो। गत वर्ष जुलाईमा जिम्बाबे बिरुद्ध दुवैले पहिलो विकेटको लागि ३०४ रनको साझेदारी गर्दै रेकर्ड कायम गरेका थिए।

एकदिवसीयमा कुनै पनि विकेटको लागि सर्वाधिक साझेदारीको रेकर्ड कायम गर्न भने होप र क्याम्पवेल चुकेका छन्। वेस्ट इन्डिजकै क्रिस गेल र मर्लान सामुएल्सले सन् २०१५ मा जिम्बाबे बिरुद्ध दोश्रो विकेटको लागि ३७२ रनको साझेदारी गर्दै कुनै पनि विकेटको लागि सर्वाधिक साझेदारीको रेकर्ड बनाएका थिए।

कुनै पनि विकेटको लागि एकदिवसीयमा धेरै रनको साझेदारी गर्ने रेकर्डमा होप र क्याम्पवेल दोश्रो स्थानमा रहेका छन्। तेश्रो स्थानमा सचिन तेन्दुलकर र राहुल द्रविड रहेका छन् जसले सन् १९९९ मा न्युजिल्याण्ड बिरुद्ध ३३१ रनको साझेदारी गरेका थिए। चौथो स्थानमा पनि रहेका सचिन र राहुलले सन् १९९९ मा श्रीलंका बिरुद्ध ३१८ रनको साझेदारी गरेका थिए। पाँचौ स्थानमा इमाम उल हक र फखार जमान छन् जसले जिम्बाबे बिरुद्ध २०१८ मा पहिलो विकेटको लागि ३०४ रन बनाएका थिए।

एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक ओपनिंग साझेदारी 

1. इमाम उल हक र फखार जमान ( पाकिस्तान ) – ३०४ रन ( बिरुद्ध जिम्बाबे , २०१८ जुलाई )
2. उपुल थारांगा र सनथ जयसुर्य ( श्रीलंका ) – २८६ रन ( बिरुद्ध इंग्ल्याण्ड, सन् २००६ जुलाई )
3. डेभिड वार्नर र ट्राभिस हेड ( अस्ट्रेलिया ) – २८४ रन ( बिरुद्ध पाकिस्तान , सन् २०१७ जनवरी )
4. क्वाँटन डीकक् र हाशिम आमला ( दक्षिण अफ्रीका ) – २८२* रन ( बिरुद्ध बंगलादेश , सन् २०१७ अक्टोबर )
5. उपुल थारांगा र तिलकरत्ने दिलशान ( श्रीलंका ) – २८२ रन बिरुद्ध जिम्बाबे , सन् २०११ मार्च )
6. जेभियर मार्शल र ब्रेण्डन म्याकलम ( न्युजिल्याण्ड ) – २७४ रन बिरुद्ध आयरल्याण्ड, सन् २००८ जुलाई )
7. सौरभ गांगुली र सचिन तेन्दुलकर ( भारत ) – २५८ रन ( बिरुद्ध केन्या, सन् २००१ अक्टोबर )

 





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]