कर्णालीको कमजोर प्रदर्शन, हरिशंकर शाहको अल-राउण्ड प्रदर्शनमा प्रदेश-२ विजयी

( फिचर फोटो – हरिशंकर शाह )

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशलाई प्रदेश-२ ले ठुलो अन्तरले पराजित गरेको छ।

प्रधानमन्त्री कपमा दोश्रो संस्करण खेलीरहेको कर्णालीले हालसम्म जित दर्ता गर्न सकेको छैन। दोश्रो पटक प्रधानमन्त्री कपमा प्रदेशको टिम खेल्दा कर्णालीले प्रतिस्पर्धात्मक प्रदर्शन गर्न सकेको छैन जसकारण जितको लागि अझै प्रतिक्षा अझ लम्बिने भएको छ।

पहिलो खेलमा पुलिससंग ९४ रनले तथा दोश्रो खेलमा आर्मीसंग ११७ रनले पराजित भएको कर्णालीले अब समुह चरण अन्तर्गत अन्तिम खेलमा प्रदेश-१ संग १७ गते खेल्नेछ।

Karnali Province Team

उता प्रदेश-२ ले भने २ खेल खेल्दा पहिलो जित हात पारेको छ। यस अघि प्रदेश-२ ले त्रिभुवन आर्मी क्लबसंग १७१ रनको हार बेहोरेको थियो। समुह ‘बि’ अन्तर्गत आर्मीले ३ खेलमा ३ वटै जित दर्ता गर्दै सेमीफाइनल लगभग पक्का गरिसकेको छ। पुलिसले १ खेलमा जित दर्ता गरेको छ भने प्रदेश-२ ले खेलेको १ खेलमा हार बेहोरेको छ। समुह बाट ५ मध्ये २ उत्कृस्ट टिम सेमीफाइनल प्रवेश गर्नेछ।

अंकतालिका 

टियु मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग रोजेको कर्णालीले ३०.४ ओभरमा ९३ रनमा सबै विकेट गुमाएको थियो। ९४ रनको लक्ष्य प्रदेश-२ ले १६ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो।

प्रदेश-२ को जितमा ओपनिंग ब्याट्सम्यान हरिशंकर शाहले अविजित ५५ ( ६४ बलमा ७ चौका ) तथा रभी शाहले अविजित १६ रन बनाए। हसिम अन्सारी १७ रन बनाएर आउट भए।

Harishankar Shah
Harishankar Shah

यस अघि कर्णालीलाई सस्तोमा समेट्न प्रदेश-२ का लेग स्पिन बलर कुमार थापाले ३ विकेट ( ८-०-३५-३ ) , राशिद खानले २, सम्शाद शेखले २ तथा हरिशंकर शाहले २ विकेट लिए। कर्णालीको लागि प्रकाश जैसीले सर्वाधिक ३७ रन बनाए।

Kumar Thapa

खेलको प्लेयर अफ द म्याच हरिशंकर शाह चुनिए।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]