नेपाल र हंगकंग खेल्दै, पछिल्लो ५ खेलमा यस्तो छ नतिजा

Sompal Kami Bowling
  • विकेटनेपाल, फाल्गुन १६ – बुधबार

सन् २०१९ मा इंग्ल्याण्डमा १० देश सम्मिलित एकदिवसीय क्रिकेट विश्वकप आयोजना हुँदैछ जसमा सन् २०१७ को सेप्टेम्बर ३० तारिखको एकदिवसीय वरियतामा शिर्ष स्थानमा रहेका ७ टिम र आयोजक इंग्ल्याण्ड सिधै छनोट भैसकेका छन् । बाँकी २ टिम छनौट गर्नको लागि यहि मार्च ४ तारिखदेखि जिम्बाबेमा विश्वकप छनौट प्रतियोगिताको आयोजना हुँदैछ। प्रतियोगिताबाट उत्कृस्ट २ टिम बिश्वकप खेल्न छानिनेछन् भने उत्कृस्ट-३ एसोसिएट रास्ट्रले एकदिवसीय रास्ट्रको मान्यता पाउनेछ।

प्रतियोगिता अन्तर्गत नेपाल समुह ‘बि’ मा अफगानिस्तान, जिम्बाबे, हंगकंग र स्कटल्याण्डसंगै रहेको छ। नेपालले पहिलो खेल मार्च ४ तारिखमा घरेलु टोलि जिम्बावे बिरुद्द खेल्दै छ। यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले ८ मार्चमा स्कटल्याण्डको सामना गर्नेछ। लिग चरणका अन्तिम दुई खेलमा नेपालले मार्च १० मा अफगानिस्तान र १२ तारिखमा हंगकंगको सामना गर्नेछ।

प्रतियोगिता अघि नेपालले मंगलबार भएको पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ५ विकेटले पराजित गरिसकेको छ भने दोश्रो अभ्यास खेलमा बिहिबार हंगकंगको सामना गर्दैछ। नामिबियामा भर्खरै सम्पन्न विश्व क्रिकेट लिग डिभिजन-२ को उपविजेता बन्दै नेपाल बिश्वकप छनौट खेल्न छानिएको हो भने सन् २०१५ देखि २०१७ सम्म चलेको विश्व क्रिकेट लिग च्याम्पियनसिपको तेस्रो स्थानमा रहँदै हंगकंगले विश्वकप छनौट प्रतियोगितासम्मको यात्रा गरेको हो।

नेपाल Vs हंगकंग: अन्तिम ५ खेलमा नतिजा यसप्रकार छन्-

विश्व क्रिकेट लिग, पहिलो खेल – १३ अक्टोबर २०१७

ओपनर जिमी एटकिन्सनले ७६ रन तथा तन्बिर अफ्ज़लले ३८ रन बनाएपछि पहिले ब्याटिंग गरेको हंगकंगले ५० ओभरमा सबै विकेट गुमाउँदै १९४ रनको योगफल तयार पार्यो। नेपालको लागि सन्दिप लामिछानेले ३ विकेट तथा बसन्त रेग्मी र करन केसीले समान २/२ हात पारे।
जवाफमा १९५ रन लक्ष्य पछ्याएको नेपालले एहसान खानले ५ विकेट तथा ऐजाज़ खानले ३ विकेट हात पारेपछि ३४.५ ओभरमा मात्र १११ रन बनाउन सक्यो र ८३ रनले पराजित हुन पुग्यो। नेपालको लागि पारस खड्काले सर्वाधिक २६ रन बनाएका थिए। सोहि प्रतियोगिता अन्तर्गत १५ अक्टोबरमा घोषणा गरिएको दोश्रो एकदिवसीय खेल बर्षाको कारण १/१ अंक बाँड्दै सकिएको थियो।

एसियन क्रिकेट काउन्सिल इमर्जिंग कप – ३० मार्च २०१७

अभिनाश कर्णले २९ रन खर्चेर ३ विकेट तथा भुवन कार्की, सुशन भारी र ज्ञानेन्द्र मल्लले समान २/२ विकेट हात पारेपछि पहिले ब्याटिंग गरेको हंगकंगले ५० ओभरमा २१४ रन बनाउदा सबै विकेट गुमाएको थियो । हंगकंगका अन्शुमन रथले ५१ रन तथा क्यामरुन म्याकअस्लनले ४३ रन बनाएका थिए।

जवाफमा ज्ञानेन्द्र मल्लले ७० रन, दिपेन्द्र सिंह ऐरीले अविजित ६० रन तथा शरद भेसावकरले अविजित ५५ रन प्रहार गरेपछि नेपालले ४४.२ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। ऐरी र भेसावकरले चौथो विकेटको लागि अविजित १०५ रनको साझेदारी गरेका थिए। हंगकंगका एहसान खानले ३ विकेट लिएका थिए।

एसीसी प्रिमियर लिग – ५ मे २०१४

सोमपाल कामिले ३४ रन खर्चेर ४ विकेट, बसन्त रेग्मीले ३४ रन खर्चेर ३ विकेट तथा आरिफ शेखले २ विकेट लिएपछि ओपनर इरफान अहमदको १०६ रन (११५ बल, १० चौका, ३ छक्का) को बाबजुत हंगकंगले निर्धारित ५० ओभरको खेलमा ४१.५ ओभरमा १८१ रनमा सबै विकेट गुमाएको थियो। त्यसपछि खेल बर्षाले प्रभावित हुँदा डिएल मेथडको आधारमा ३८ ओभरमा १४४ रनको बिजयी लक्ष्य पाएको नेपालले ३४.१ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। नेपालको जितमा नरेश बुढाएरले ४१ रन तथा पारस खड्काले अविजित ४३ रन प्रहार गरेका थिए।

Sompal Kami Bowling
Sompal Kami Bowling

विश्वकप छनौट २०१४ – १९ जनवरी २०१४

हसीब अमजदले ४० रन खर्चेर ४ विकेट तथा ऐजाज़ खान र इरफान अहमदले समान २/२ विकेट लिएपछि नेपालले ४९.३ बलमा सबै विकेट गुमाउंदै मात्र १५० रनको योगफल तयार पारेको थियो । कुनै समय ६५/८ को अवस्थामा रहेको नेपाललाई बसन्त रेग्मीले ४५ रन तथा सोमपाल कामिले २६ रन प्रहार गर्दै नवौं विकेटको लागि महत्त्वपुर्ण ५७ रनको साझेदारी गरेका थिए। यस्तै पारस खड्काले पनि २९ रन बनाएका थिए।

जवाफमा हंगकंगका लागि ओपनरद्वय वाकस बर्कात र इरफान अहमदले क्रमश: अविजित ५६ र ८६ रनको पारि खेल्दै पहिलो विकेटको लागि अविजित १५४ रनको साझेदारी गरेपछि हंगकंगले १० विकेटको जित हात पारेको थियो। उसले लक्ष्य ३३.२ ओभरमा पुरा गरेको थियो।

एसीसी ट्रफी ईलाईट २०१२ – ९ अक्टोबर २०१२

पारस खड्काको आक्रामक ६१ रन (५४ बल, ६ चौका), अनिल मण्डलको ३७ रन तथा बसन्त रेग्मीको ३१ रनको मद्दतमा नेपालले पहिले ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २२५ रनको योगफल तयार पारेको थियो। हंगकंगका तन्बिर अफ्ज़ल, निजाकत खान र करण शाहले समान २/२ विकेट हात पारेका थिए । जवाफमा अमृत भट्टराई र बसन्त रेग्मीले समान ३/३ विकेट लिएपछि हंगकंगले ३७ ओभरमा सबै विकेट गुमाउदै मात्र १०० रन बनायो र १२५ रनको बिशाल योगफलले पराजित भयो ।

 





थप समाचार

एनपीएलमा बेटिङ गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौँमा जारि नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को […]

एनपीएल : सन्दिपको टिम बिराटनगरको दोश्रो हार, दिपेन्द्र चम्किंदा सुदूरपश्चिमको शानदार जित

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा विजयी सुरुवात गर्ने क्रममा बिराटनगर किंग्सलाई पराजित गरेको छ। दोश्रो हार बेहोरेको बिराटनगर अघिल्लो खेलमा […]

एनपीएल : जनकपुर बोल्ट्सको लगातार दोश्रो जित, धवनको टिम कर्णाली पराजित

कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ। बोल्ट्सले […]

एनपीएल : तन्भिरले एनपीएल डेब्युमा ५ विकेट लिंदा चितवनद्वारा काठमाडौँ पराजित

नेपाल प्रिमियर लिग अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा चितवन राइनोजले विजयी सुरुवात गर्दै काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको छ। […]

नेपाल डिपि लिमिटेड र लुम्बिनी लायन्सबीच सम्झौता

नेपाल डिपि लिमिटेडले आगामी नेपाल प्रिमियर लिग २०८१ को लागि लुम्बिनी लायन्स फ्रेंचाइजसँग साझेदारी गरेको छ । नेपाल डिपि लिमिटेड […]

८ वर्षपछि एमपीएलको तेस्रो संस्करणको तयारी

मधेश प्रदेशमा मधेश प्रिमियर लिग (एमपीएल) तेस्रो संस्करणको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको छ । लिगको दोस्रो संस्करण भएको आठ […]