चेन्नाईका ब्याटिंग कोच हसीले बताए, आईपीएलमा धोनीको ब्याटिंग नम्बर कुन हुनसक्नेछ

आईपीएल टि-२० सेप्टेम्बर १९ देखि युएईमा सुरु हुँदैछ। प्रतियोगिताको लागि चेन्नाई सुपर किंग्सले तयारी सुरु गरिसकेको छ। टिम कप्तान महेन्द्र सिंह धोनी सहित टिम चेन्नाई पुगीसकेको छ। २०१९ एकदिवसीय विश्वकप पछि धोनी मैदानमा उत्रिएका छैनन्। लामो समय आफ्नो प्रिय खेलाडी मैदान नउत्रदा धोनीको खेलको प्रतिक्षा बहुसंख्यक फ्यानहरुले गरिरहेका छन्। यसै बीच चेन्नाईका ब्याटिंग प्रशिक्षक माइकल हसीले धोनीले आईपीएलमा कति नम्बरमा ब्याटिंग गर्ने बारे टिमको योजनाको खुलासा गरेका छन्।

धोनी कप्तानीको चेन्नाई आईपीएलमा सहभागी हुन २० अगस्टमा युएई प्रस्थान गर्ने बताईएको छ। टिम अनुभवी खेलाडीहरुले भरिपूर्ण रहेको छ। प्रशिक्षक हसीले टिमको संयोजन बनाउन मुस्किल हुने बताएका छन्।

‘न्यु इन्डियन एक्सप्रेस’संग कुरा गर्दै हसीले बताए – “नम्बर ४ ब्याटिंग क्रम महेन्द्र सिंह धोनीको लागि उपयुक्त क्रम हो। तर मिडल अर्डरमा ब्याटिंग गर्नेले परिस्थिति अनुसार आफुलाई ढाल्न सक्नुपर्छ। तर टिमले कुन क्रम निर्धारण गर्ने छ यो बारे भने पक्का छैन। यो बेला टिमको तयारी बारे मात्र ध्यान रहेको छ।”

“धोनी प्राय नम्बर ६ र ५ मा ब्याटिंग गर्ने गर्छन् , उनको ब्याटिंग क्रम माथि हुँदा उनले बढी समय पाउनेगर्छन्।” हसीले बताए।


आईपीएलको १९० खेलमा धोनीले सातौँ सबैभन्दा धेरै ४,४३२ रन बनाएका छन्। त्यसक्रममा २२ अर्ध शतक बनाएका उनले ४२.२० को औशतले रन बनाएका छन्। उमेरले ३९ भर्खरै पार गरेका धोनीले आफ्नो टिम चेन्नाईलाई आफ्नो कप्तानीमा सन् २०१०, २०११ र २०१८ गरि तिन पटक आईपीएलको उपाधि दिलाईसकेका छन्।

हसी चेन्नाईको टिमको सन्तुलनबाट खुसि रहेका छन्। चेन्नाईले आफ्नो सफलतामा नियमित हिस्सेदार खेलाडीहरुलाई टिममा निरन्तरता दिएको छ। कप्तान धोनी, सुरेश रैना, ड्वेन ब्राभो, इमरान ताहिर, रभिन्द्र जडेजा जस्ता खेलाडीहरु लामो समय देखि टिमको मेरुदण्ड बन्दै आएका छन्। यस्तै टिममा निकै अनुभवी शेन वाटसन र हरभजन सिंह पनि रहेका छन्।

युएईको परिस्थितिमा चेन्नाई बलियो हुनुको कारण उसको अनुभवी स्पिन आक्रमण पनि हो। हरभजन, जडेजा, ताहिर, पियुष चावला, कर्ण शर्मा, मिचेल स्यान्टनरले स्पिन बिभाग सम्हाल्नेछन्।

“हामि भाग्यमानी छौँ कि अनुभवी खेलाडीहरु हामिसंग छन् जसले खेललाई राम्रोसंग बुझेका छन्। उनीहरुलाई आफुले के गर्ने राम्रोसंग थाहा छ।” हसीले बताए।

निःसन्देह ब्याटिंग हाम्रो सबैभन्दा बलियो पक्ष हो, तर मलाई लाग्छ हामिसंग निकै सन्तुलित टिम छ। तर सबैले सोचेको जस्तो सजिलो भने हुने छैन, सबै खेलाडीहरुले युएई पुगेर त्यहाँको परिस्थितिमा छिट्टै घुलमिल हुनुपर्नेछ।” चेन्नाई तथा अस्ट्रेलियाका पूर्व क्रिकेटर हसीले बताए।

चेन्नाई सुपर किंग्स टिम :-

महेन्द्र सिंह धोनी ( कप्तान ) अंबाती राएडु, सुरेश रैना, दिपक चाहार, हरभजन सिंह, रवींद्र जडेजा, शेन वाटसन, फाफ डुप्लेसिस, केएम आसिफ, ड्वेन ब्राभो, इमरान ताहिर, जगदीशन नारायण, कर्न शर्मा, केदार जाधव, लुंगी एन्गिडि, मिचेल स्यान्टनर, मोनू सिंह, मुरली विजय, रितुराज गायकवाड़, शार्दुल ठाकुर, स्याम करन, पीयुष चावला, जोश हेजलवुड र साइ किशोर।

सम्बन्धित :- 

https://wicketnepal.com/ipl-t20-all-teams-squad-wn20/

https://wicketnepal.com/5-companied-keen-ipl-title-spon-wn20/

https://wicketnepal.com/4-ball-4-wicket-new-wc-wn20/

https://wicketnepal.com/ipl-big-players-to-miss-out-first-week-wn20/

https://wicketnepal.com/stuart-broad-inhaler-wn20/

https://wicketnepal.com/cricketers-salary-can-wn20/

मेस्सीलाई सोधियो, संगै खेल्नुभयो भने रोनाल्डोलाई बल पास गर्नुहुन्छ ?

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy