काठमाडौं । ह्योल्मो ११ ले पाँचौ संस्करणको पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा ह्योल्मोले पाँच पोखरी क्रिकेट क्लबमाथि २ रनको रोमाञ्चक जित निकाल्दै च्याम्पियन बनेको हो ।
पहिले ब्याटिङ गरेको ह्योल्मोले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको थियो । १७९ को लक्ष्य पछ्याएको पाँच पोखरी क्रिकेट क्लबले पूरै ओभर खेल्दै ४ विकेट गुमाएर १७६ रन बनाएपछि ह्योल्मोले रोमाञ्चक जित हात पारेको हो ।
पाँचपोखरीका लागि ओपनर सार्थक धितालले सर्वाधिक ७८ रन बनाए । उनले ६१ बल खेल्दै ९ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर एकनाथ नेपालले २७ बलमा ३५ रन बनाए । रोशन श्रेष्ठ, विजय कुमार धितालले १० रन बनाए भने महेश ध्वज देउजा १६ र बिक्की श्रेष्ठ १० रनमा अविजित रहे । ह्योल्मोका विनोद तामाङ, नामगिल चेतन, छुङ्गु लामा र दावा सोनामले १-१ विकेट लिए ।
त्यसअघि विवेक तामाङले अविजित ८३ रन बनाउँदा ह्योल्मोले १७८ रन बनाएको थियो । विवेकले ५० बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरे । ओपनर विनोद तामाङले ३४ बलमा ४३ तथा नामगिलले १९ बलमा १९ रन बनाए ।
पाँचपोखरीका विजय धिताल र मनोज खड्काले समान २ विकेट लिए ।
पाँचपोखरीबाट बाबुछोरा विजय र सार्थक धितालले सँगै खेलेका थिए ।
ह्योल्मोका विवेक तामाङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । उनले प्रतियोगिताभर तीन पटक प्लेअर अफ दि म्याच बन्दा १७८ रन बनाएका थिए ।
पाँचपोखरी क्रिकेट क्लबलेका सार्थक धिताल बेस्ट ब्याटर घोषित भए ।
यस्तै ८ विकेट लिएका करण तामाङ बेस्ट तामाङ बेस्ट बलर बने ।
च्याम्पिय ह्योल्मो ११ ले उपाधिसँगै नगद ८० हजार पायो । उपविजेता पाँचपोखरी क्रिकेट क्लबले ५० हजार प्राप्त गर्यो ।
पाँचपोखरी थाङ्गपाल गाउँपालिका, खेलकुदविकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको व्यवस्थापनमा भएको प्रतियोगितामा सिन्धुपाल्चोकका ७ टिमको सहभागिता थियो ।