शाहिन अफ्रिदी आईसीसी वर्ष पुरुष क्रिकेटर २०२१ घोषित, कसले जिते के अवार्ड

पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदी सर गारफिल्ड सोबर्स आईसीसीको वर्ष पुरुष क्रिकेटर घोषित भएका छन्।

अफ्रिदीले वर्ष २०२१ मा ३६ अन्तर्राष्ट्रिय खेल खेल्ने क्रममा २२.२० को औशतमा ७८ विकेट लिए जुन क्रममा उनले ६/५१ को उत्कृस्ट स्पेल दर्ता गरे। स्विंग, सिम, योरकर र गतिले अफ्रिदीले धुरन्धर ब्याट्सम्यानलाई अफ्टेरोमा पारे।

२०२१ मा उत्कृस्ट लयमा रहेका अफ्रिदीले तिन वटै फर्म्याटमा उत्कृस्ट ब्याट्सम्यानहरुलाई सताए। विशेषगरि उनले टेस्ट र टि-२० फर्म्याटमा शानदार प्रदर्शन गरे। टि-२० विश्वकप २०२१ मा उनले गति र कलाले प्रभावित बनाए। त्यस क्रममा उनले पाकिस्तानलाई सेमीफाइनल पुर्याउन ६ खेलमा ७ विकेट लिए। टि-२० मा उनले २१ खेलमा २३ विकेट लिए भने डेथ ओभर बलिंगमा निकै सुधार गरे। यस्तै टेस्ट फर्म्याटमा उनले ९ खेलमा ४७ विकेट लिए जुन क्रममा उनको औशत शानदार ( १७.०६ ) रह्यो।

अफ्रिदीले टि-२० विश्वकपमा भारत बिरुद्ध शानदार प्रदर्शन गर्ने क्रममा रोहित शर्मा, केएल राहुल र बिराट कोहलीको विकेट लिंदै जितमा अहम योगदान दिए र प्लेयर अफ द म्याच चुनिए। भारतले पाकिस्तानसंग विश्वकपमा हार बेहोरेको त्यो नै पहिलो पटक थियो।

 

पाकिस्तानकै बाबर आजम आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वर्ष पुरुष क्रिकेटर चुनिए। आजमले २०२१ मा ६७.५ को औशतले ६ खेलमा ४०५ रन बनाए। पाकिस्तानले खेलेको दुई वटा सिरिजमा उनले उत्कृस्ट प्रदर्शन गरे। यस्तै जो रुट आईसीसी टेस्ट पुरुष वर्ष खेलाडी चुनिए। उनले २०२१ मा खेलेको १५ खेलमा ६ शतक प्रहार गर्दै १,७०८ रन बनाए। पाकिस्तानकै विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान टि-२० पुरुष वर्ष खेलाडी चुनिए। रिजवानले २९ टि-२० खेल्दा ७३.६६ को औशतले १३२६ रन बनाए।

यस्तै उत्कृस्ट एसोसिएट वर्ष खेलाडी ओमानका कप्तान जिशान मक्सुद घोषित भए। मक्सुद ले २०२१ मा खेलेको १३ अन्तर्राष्ट्रिय खेलमा ३१६ रन बनाउनुको साथै २१ विकेट लिए। यस्तै उदयमान वर्ष खेलाडीको अवार्ड दक्षिण अफ्रीकाका जानेमन मलान चुनिए जसले १७ अन्तर्राष्ट्रिय खेलमा ४७.६६ को औशतले २ शतक प्रहार गर्दै ७१५ रन बनाए।

आईसीसी महिला वर्ष खेलाडी भारतकी स्मृति मन्धना घोषित भइन्। यस्तै एकदिवसीय वर्ष महिला क्रिकेटर दक्षिण अफ्रिकाकी लिजेली लि घोषित भइन्।आईसीसीको उत्कृस्ट अम्पायर मरे इरास्मस घोषित भए।

आईसीसी पुरुष टि-२० अन्तर्राष्ट्रिय टिम २०२१ : Jos Butler (ENG), Mohammad Rizwan (PAK, WK), Babar Azam (PAK, C), Aiden Markram (SA), Mitchell Marsh (AUS), David Miller (SA), Wanindu Hasaranga (SL), Tabraiz Shamsi (SA), Josh Hazlewood (AUS), Mustafizur Rahman (BANG) and Shaheen Afridi (PAK).

आईसीसी पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय टिम २०२१ : Paul Stirling (IRE), Janneman Malan (SA), Babar Azam (PAK, C), Fakhar Zaman (PAK), Rassie van der Dussen (SA), Shakib Al-Hasan (BANG), Mushfiqur Rahim (BANG, WK), Wanindu Hasaranga (SL), Mustafizur Rahman (BANG), Simi Singh (IRE) and Dushmantha Chameera (SL)

आईसीसी पुरुष टेस्ट टिम २०२१ : Dimuth Karunaratne (SL), Rohit Sharma (India), Marnus Labuschagne (AUS), Joe Root (ENG), Kane Williamson (NZ), Fawad Alam (PAK), Rishabh Pant (IND, WK), Ravichandran Ashwin (IND), Kyle Jamison (NZ), Hasan Ali (PAK) and Shaheen Afridi (PAK).





थप समाचार

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]