काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले लगातार दोस्रो वर्ष एसियाली क्षेत्रको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड प्राप्त गरेकाे छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले गत जेठमा आइसीसी डेभलपमेन्ट अवार्डको सूची सार्वजनिक गरेको थियो। नेपालसँगै यस विधामा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा र इएपी रिजनबाट इन्डोनेसिया विजयी भएका थियो।
आइसीसीको वार्षिक कन्फरेन्समा शनिबार अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले उक्त अवार्ड ग्रहण गरेका हुन्।
