‘आईसीसी अवार्ड्स अफ द डिकेड’ मा कोहलीको दबदबा, ५ विधामा मनोनित हुने एक्लो

२०७७ मंसिर १०, बुधबार ०८:४५

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले दशककै उत्कृस्ट खेलाडीहरुलाई दिन लागेको ‘अवार्ड्स अफ द डिकेड’ को बिभिन्न ५ वटा विधाको मनोनयनमा भारतीय कप्तान बिराट कोहली परेका छन्। पुरुष क्रिकेटतर्फको सबै विधामा मनोनित हुने उनि विश्वकै एक्ला क्रिकेटर हुन्।

कोहली दशककै उत्कृस्ट पुरुष खेलाडी, दशकको एकदिवसीय अन्तर्राष्ट्रिय खेलाडी, दशकको टि-२० अन्तर्राष्ट्रिय खेलाडी, दशकको टेस्ट खेलाडी तथा दशकको आईसीसी ‘स्पिरिट अफ क्रिकेट’ अवार्डमा समेत मनोनित भएका छन्।

क्रिकेटको तिन वटै फर्म्याटमा ५० भन्दा माथिको औशतमा रन बनाएका कोहलीले ७० अन्तर्राष्ट्रिय शतक आफ्नो नाम गरेका छन् जो सचिन तेन्दुलकर ( १०० ) र रिकी पोन्टिङ ( ७१ ) भन्दा मात्रै पछि रहेका छन्। उनि विश्वकै तेश्रो धेरै रन बनाउने ब्याट्सम्यान पनि हुन् जसले २१,४४४ रन बनाइसकेका छन्। सचिन तेन्दुलकर ( ३४,३५७ ) र रिकी पोन्टिङ ( २७,४८३ ) मात्र कोहली भन्दा अघि छन्। बिगत १० वर्षमा कोहलीले टेस्टमा ७,००० रन बनाएका छन् भने वानडेमा ११,००० रन भन्दा बढी तथा टि-२० मा २,६०० भन्दा बढी रन बनाएका छन्।

को-को परे मनोनयनमा 

दशककै उत्कृस्ट पुरुष खेलाडीको मनोनयनमा कोहलीसंगै भारतकै अफ स्पिनर रभीचन्द्रन आश्विन, इंग्ल्यान्डका जोए रुट, न्युजिल्यान्डका केन विलियमसन, अस्ट्रेलियाका स्टिभ स्मिथ, दक्षिण अफ्रीकाका एबि डी भिल्लीयर्स तथा श्रीलंकाका कुमार संगाकरा रहेका छन्।

दशकको पुरुष खेलाडी : बिराट कोहली ( भारत ) , रभीचन्द्रन आश्विन ( भारत ) , जोए रुट ( इंग्ल्यान्ड ) , केन विलियमसन ( न्युजिल्यान्ड ) , स्टिभ स्मिथ ( अस्ट्रेलिया ) , एबि डी भिल्लीयर्स ( दक्षिण अफ्रीका ) , कुमार संगाकारा ( श्रीलंका )

दशकको पुरुष खेलाडी ( एकदिवसीय अन्तर्राष्ट्रिय ) : बिराट कोहली ( भारत ), रोहित शर्मा ( भारत ) , महेन्द्र सिंह धोनी ( भारत ) , लासिथ मालिंगा ( श्रीलंका ) , मिचेल स्टार्क ( अस्ट्रेलिया ) , एबि डी भिल्लीयर्स ( दक्षिण अफ्रीका ) , कुमार संगाकारा ( श्रीलंका )

दशकको पुरुष खेलाडी ( टेस्ट ) : स्टिभ स्मिथ ( अस्ट्रेलिया ) , बिराट कोहली ( भारत ) , केन विलियमसन ( न्युजिल्यान्ड ) , जेम्स एण्डरसन ( इंग्ल्यान्ड ) , रंगना हेराथ ( श्रीलंका ) , यासिर शाह ( पाकिस्तान )

रोहित शर्मा टि-२० र एकदिवसीय दुवै विधाको मनोनयनमा परेका छन्

दशकको पुरुष खेलाडी ( टि-२० अन्तर्राष्ट्रिय ) : रशिद खान ( अफगानिस्तान ) , बिराट कोहली ( भारत ) , इमरान ताहिर ( दक्षिण अफ्रीका ) , आरोन फिन्च ( अस्ट्रेलिया ) , लासिथ मालिंगा ( श्रीलंका ) , क्रिस गेल ( वेस्टइन्डिज ) , रोहित शर्मा ( भारत )

दशकको आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड : केन विलियमसन ( न्युजिल्यान्ड ), बिराट कोहली ( भारत ) , ब्रेण्डन म्याकलम ( न्युजिल्यान्ड ) , मिस्बाह उल हक ( पाकिस्तान ) , महेन्द्र सिंह धोनी ( भारत ) , आन्या श्रबसोल ( इंग्ल्यान्ड ) , केथरिन ब्रन्ट ( इंग्ल्यान्ड ) , महेला जयवर्धने ( श्रीलंका ) , ड्यानियल भिटोरि ( न्युजिल्यान्ड )

नेपाली राष्ट्रिय क्रिकेटर तथा पूर्व कप्तान पारस खड्का एसोसीएट राष्ट्रतर्फको उत्कृस्ट खेलाडीतर्फको मनोनयनमा परेका छन्। पारससंगै मानोनयनमा स्कटल्याण्डका क्याल कोट्जर, कलुम म्याकलोएड र रिची बेरिंगटन , पपुवा न्यु गिनीका असद भाला तथा नेदरल्याण्डका पिटर बोरेन परेका छन्।

सबै विधाको विजेता खेलाडीहरुको चयन भोटिंग मार्फत गरिनेछ। आईसीसीले आफ्नो वेबसाइटमा मंगलबार भोटिंग खुला गरेको थियो जसलाई अहिले भने हटाइएको छ जसको कारण खुलेको छैन।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy