इन्टर कलेज इन्डोर क्रिकेट प्रतियोगिता सुरु

हाइपयती इभेन्टको आयोजनामा प्रथम इन्टर कलेज इनडोर क्रिकेट प्रतियोगिता आजबाट काठमाडौंको चुनिखेलमा अवस्थित रोयल स्पोट्र्स पार्कमा सुरु भएको छ । उद्घाटन कार्यक्रममा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, नेपाली क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर प्रतिश जिसी, ‘मिस्टर नेपाल २०१९’का विजेता डा. सन्तोष उपाध्याय र ‘मिस्टर सुप्रा नेसनल २०२४’ का विजेता तथा राष्ट्रिय भलिबल खेलाडी धिरोज काजी बस्नेतको सहभागिता रहेको थियो ।

३२ कलेजले सहभागिता जनाएको उद्घाटनको पहिलो खेलमा लुम्बिनी एकाडेमी र एभिएस कलेज बीच प्रतिस्पर्धा भयो । ४ दिनसम्म चल्ने खेल नकआउट चरणमा खेलाइएको छ । नेपालमा पछिल्लो समयमा क्रिकेट खेलप्रतिको क्रेज बढ्दो छ । सोही कारण विद्यार्थी जीवनबाटै खेल निपुर्णता ल्याउन यस किसिमको इन्टर कलेज इनडोर क्रिकेट प्रतियोगिता आयोजना गरेको आयोजकको भनाइ छ ।

प्रतियोगितामा विजेता टिमले ५० हजार र उपविजेताले ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै, प्रतियोगितामा उत्कृष्ट खेलाडि, उत्कृष्ट ब्याटर, बलर र फिल्डरले पनि जनही ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]