विश्वकप क्रिकेटमा खेलको खेल तालिका परिवर्तन

२०८० श्रावण २४, बुधबार २०:२१

अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसिसीले भारत विश्वकपका ९ खेलको खेल तालिका परिवर्तन गरेको छ। आइसिसीले मंगलबार भारत–पाकिस्तान सहित अन्य ८ टिमको खेल तालिका परिवर्तन गर्दै नयाँ सेड्युल जारी गरेको हो।

भारत र पाकिस्तानको खेल एकदिन अघि सारिएको छ। अब प्रतियोगितामा १५ अगस्टको साटो १४ अगस्टमानै हुने छ। प्रतियोगिता भने अहमदाबाद स्थित नरेन्द्र मोदी अन्तराष्ट्रिय क्रिकेट मैदान मानै हुने छ। त्यस्तै १४ अक्टोबरका लागि दिल्लीमा तय भएको इंग्ल्यान्ड र अफगानिस्तानबिचको खेल भने २४ घण्टा पछि सार्दै १५ अक्टोबरमा हुने तय भएको हो।

त्यस्तै पाकिस्तान र श्रीलंकाबिच हैदराबादमा १२ अक्टोबरका लागि तय भएको खेल दुई दिन अघि सार्दै १० अक्टोबरमा सारिएको छ। त्यस्तै अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिचको खेल एकदिन अघि सार्दै अब १२ अक्टोबरमा हुने तय भएको छ। यसअघि १३ अक्टोबरमा हुने कार्यतालिका रहेको थियो। त्यस्तै न्युजिल्यान्ड र बङ्गलादेश बिच १४ अक्टोबरका लागि तय भएको खेल १३ अक्टोबरमा सारिएको छ। उक्त खेल डे–नाइट फर्म्याटमा सारिएको हो।

लिग चरणका अन्तिम डबल-हेडर खेलहरूमा तीन परिवर्तन गरिएका छन्। १२ नोभेम्बरका खेलहरू ११ नोभेम्बरमा सारिएको छ। अस्ट्रेलिया विरुद्ध बङ्गलादेश बिचको खेल स्थानीय समय अनुसार १०स्३० मा र कोलकातामा इंग्ल्यान्ड र पाकिस्तान बिचको खेल २ बजे सुरु हुने छ। त्यस्तै नेदरल्यान्ड्स विरुद्ध भारतको अन्तिम लिग खेल ११ बाट १२ नोभेम्बरमा सारिएको छ। उक्त खेल डे–नाइट खेलका रूपमा रहने छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy