आईसीसीको निर्णय : यु-१९ विश्वकप छनोट नहुने, एसियाबाट युएई विश्वकप खेल्न छनोट

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले एसिया लगायत अमेरिका, इस्ट एसिया प्यासेफिक गरि तिन वटा क्षेत्रको १९ वर्ष मुनिको विश्वकप छनोट प्रतियोगिता रद्द गर्ने निर्णय गरेको छ।आईसीसीले बिहिबार राति बिज्ञप्ति जारि गर्दै कोभिड-१९ को गाइडलाइनहरुका कारण प्रतियोगिता गर्न नसक्ने बताएको छ।

आईसीसीले बिज्ञप्तिमा छनोट एसियाबाट युएई, इस्ट एसिया प्यासिफिकबाट पपुवा न्यु गिनी र अमेरिकाबाट क्यानडा वेस्टइन्डिजमा आयोजना हुने २०२२ अन्डर-१९ विश्वकप खेल्न छनोट गरिएको पनि जानकारी गराएको छ। तिन वटा टिमलाई छनोट गर्नुको पछाडी आईसीसीले पछिल्लो पाँचौवटा अन्डर-१९ विश्वकप छनोटमा गरेको प्रदर्शनलाई आधार मानेको बताएको छ।

“आईसीसी यु-१९ विश्वकपको क्षेत्रीय छनोट प्रतियोगिताहरु कोभिड-१९ आचारसंहिताका कारण रद्द हुनु निकै दुखदायी कुरा हो। सदस्य राष्ट्रहरुलाई दिईएको आचारसंहिताका कारण टिमहरुले प्रतियोगिताबाट हात झिकेका छन् त्यसैले हामिसंग यी प्रतियोगिताहरु रद्द गर्नु बाहेक अरु उपाए थिएन “आईसीसी यु-१९ विश्वकपको क्षेत्रीय छनोट प्रतियोगिताहरु कोभिड-१९ आचारसंहिताका कारण रद्द हुनु निकै दुखदायी कुरा हो। हामीले मैदानमा नतिजा आओस् भन्ना चाहनाले सदस्य राष्ट्रहरुसंग गहन छलफल गरेका थियौं तर प्रतियोगिता सम्भव देखिएन। त्यसैले क्यानडा, युएई र पपुवा न्यु गिनी यु-१९ विश्वकप खेल्न छनोट भएका छन्।” आईसीसीद्वारा जारि बिज्ञप्तिमा आईसीसीका प्रतियोगिता प्रमुख क्रिस टेटलेले बताएका छन्।

आईसीसीको यस्तो निर्णयसंगै नेपालको अन्डर-१९ विश्वकप खेल्ने सपना चकनाचुर भएको छ। पछिल्लो पटक अस्ट्रेलियामा आयोजित २०१६ अन्डर-१९ विश्वकप खेलेपछि नेपाल छनोट हुन असफल रहँदै आएको थियो।

नेपाल सहित मलेसिया, युएई, ओमान, सिंगापुर र कुवेतले सेप्टेम्बरमा युएईमा विश्वकप छनोट प्रतियोगिता खेल्ने तालिका रहेको थियो। तर युएईलाई बिगतको प्रदर्शनको आधारमा छनोट गर्ने आईसीसीको निर्णयले छनोट प्रतियोगितामा उत्कृस्ट हुँदै उमेर समुहमा प्रभुत्व फर्काउने सपना चकनाचुर भएको छ।

सन् २०१६ मा सम्पन्न अन्डर-१९ विश्वकपमा पछिल्लो पटक सहभागिता जनाएको नेपाल त्यसपछि २०१८ र २०२० को यु-१९ विश्वकपमा भने छनोट हुन असफल रह्यो। २०१८ को एसिया छनोटमा अफगानिस्तानले नेपाललाई फाइनलमा पराजित गर्दै विश्वकपमा छनोट भएको थियो

सन् २०१६ मा सम्पन्न अन्डर-१९ विश्वकपमा पछिल्लो पटक सहभागिता जनाएको नेपाल त्यसपछि २०१८ र २०२० को यु-१९ विश्वकपमा भने छनोट हुन असफल रह्यो। २०१९ को यु-१९ विश्वकप छनोट एसिया प्रतियोगितामा नेपाल दोश्रो हुँदा पहिलो स्थानमा रहेको युएई यु-१९ विश्वकप खेल्न छनोट भएको थियो। सो प्रतियोगितामा नेपाल युएईसंग दुर्भाग्यपूर्ण १ रनले ( डीएल मेथड ) पराजित हुन पुगेको थियो जुन हारनै विश्वकप छनोट नहुनु पछाडीको कारण बन्न पुगेको थियो

२०१९ को यु-१९ विश्वकप छनोट एसिया प्रतियोगितामा नेपाल दोश्रो हुँदा पहिलो स्थानमा रहेको युएई यु-१९ विश्वकप खेल्न छनोट भएको थियो। सो प्रतियोगितामा नेपाल युएईसंग दुर्भाग्यपूर्ण १ रनले ( डीएल मेथड ) पराजित हुन पुगेको थियो जुन हारनै विश्वकप छनोट नहुनु पछाडीको कारण बन्न पुगेको थियो।





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]