आईसीसी हल अफ फेम २०२० मा ज्याक कालिस, लिसा स्थालेकर र जाहिर अब्बास

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले २०२० को आईसीसी हाल अफ फेम ( ICC Hall of Fame 2020 ) को घोषणा गरेको छ।

दक्षिण अफ्रिकी पूर्व क्रिकेटर ज्याक कालिस, अस्ट्रेलियन पूर्व महिला क्रिकेटर लिसा स्थालेकर तथा पूर्व पाकिस्तान क्रिकेटर जाहिर अब्बासलाई यो वर्ष ‘हल अफ फेम’ सम्मान दिईएको छ। हल अफ फेमको घोषणा सुनिल गावस्कर, एलेन विकिन्स, सन पोलक र मेल जोन्सले घोषणा गरेका हुन्।

विश्व क्रिकेटका महान अलराउण्डर कालिसले टेस्टमा १३,२८९ रन र २९२ विकेट तथा वानडेमा ११,५७९ रन तथा २७३ विकेट लिएका थिए। ४४ वर्षीय कालिस टेस्टमा २३ पटक प्लेयर अफ द म्याच घोषित भएका थिए। कालिसले टेस्टमा ५५.३७ को औशतले ४५ शतक बनाएका थिए।

“यो मेरो अहोभाग्य हो कि मलाई आईसीसी हाल अफ फेममा समावेश गरिएको छ। खेल जीवन सुरु गर्दा यस्तो सम्मान पाउने सोचेको थिईन। मैले क्रिकेट सम्मानको लागि भन्दा पनि जित्नको लागि खेलेको थिए। सम्मानित हुँदा मलाई खुसि लागेको छ र गौरवान्वित छु ” कालिसले सम्मानित भए पछि बताए।

४१ वर्षीय पूर्व अस्ट्रेलियन महिला क्रिकेटर स्थालेकर २००५ र २०१३ को विश्वकप विजेता टिमको सदस्य थिईन्। यस्तै २०१० र २०१२ को टि-२० विश्वकप समेत उनको उपस्थितिमा अस्ट्रेलियाले जित्न सफल भएको थियो। स्थालेकर १०० विकेट र १ हजार अन्तर्राष्ट्रिय रन बनाउने पहिलो महिला क्रिकेटर हुन्। २०१३ मा उनले सन्यास घोषणा गरेकी थिईन्।

“यस्तो ठुलो सम्मानबाट सम्मानित हुने कुरा मैले सपनामा पनि सोचेको थिइन। म यो सम्मान पाउदा निकै सम्मानित महसुस गरिरहेको छु। मेरो परिवारको साथ बिना यो सम्भव थिएन।” स्थालेकरले बताइन्।

पाकिस्तानको लागि ७८ टेस्ट र ६२ एकदिवसीय खेलेका अब्बासले दुवै फर्म्याटमा ४० माथिको औशतमा रन बनाएका थिए। उनि लगातार ५ खेलमा ५ वटा शतक बनाउने पहिलो ब्याट्सम्यान समेत हुन्। यस्तै उनि १०० प्रथम श्रेणी शतक बनाउने एसियाकै एक मात्र ब्याट्सम्यान समेत हुन्।

“हाल अफ फेम २०२० मा समावेश हुन पाउदा म धन्य छु। मेरो परिवार र देश र समर्थकहरुलाई म धन्यवाद दिन चाहन्छु। एउटा क्रिकेटरको लागि यो भन्दा ठुलो सम्मान अरु हुन सक्दैन।” अब्बासले बताए।

आईसीसी हल अफ फेमको सुरुवात सन् २००९ मा गरिएको थियो। गत वर्ष भारतीय महान ब्याट्सम्यान सचिन तेन्दुलकरलाई यो सम्मान दिईएको थियो।

यो पनि पढ्नुस :-

क्रिकेटरहरुको २०१९ को तलब १० हजार बढ्ने, पढ्नुस कुन श्रेणीको खेलाडीको कति छ तलब

सन्दिपले मुजिबलाई दिए उत्कृस्ट बलिंगको श्रेय, कारण यस्तो

सन्दिप, रसेल, मुजिब चम्किएता पनि जमैका पराजित, सन्दिपको कीर्तिमानी बलिंग

इरफानले बनाए विदाई नपाएका ११ खेलाडीहरुको सुची, भारतीय टिमसंग विदाई खेल आयोजना गर्न माग

इंग्ल्यान्ड बिरुद्ध टि-२० सिरिजको लागि पाकिस्तान टिमको घोषणा

अस्ट्रेलियन पूर्वकप्तान व्हाइटद्वारा सन्यास घोषणा





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]