आईसीसीको कडा निर्णय, जिम्बाबे क्रिकेट बोर्डलाई निलम्बन, नेपाल बारे निर्णय भएन

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको लन्डनमा बिहिबार बसेको बैठकले जिम्बाबे क्रिकेटलाई तुरुन्त लागु हुने गरि निलम्बन गरेको छ।

आईसीसीले प्रेस बिज्ञप्ति जारि गर्दै लेखेको छ “आईसीसी बोर्डको सर्वसम्मतिले यो निर्णय गरेको छ कि जिम्बाबे क्रिकेट जो आईसीसीको पूर्ण राष्ट्र हो, उसले आईसीसी विधानको आर्टिकल २.४ ( सी ) र (डी) उल्लङ्घन गरेको छ जसले सदस्यहरुले क्रिकेट निकायमा चुनाब गर्दा सरकारी हस्तक्षेप बिना चुनाब हुनपर्ने सुनिश्चितता चाहन्छ”

“कुनै सदस्यलाई प्रतिबन्ध लगाउनु हामीले सहज रुपमा लिने गर्दैनौ तर हामीले खेललाई राजनीतिक हस्तक्षेप मुक्त बनाउनु पर्छ। जिम्बाबेमा जे भयो त्यसले आईसीसीको विधानको ठाडो उल्लङ्घन हो। आईसीसी जिम्बाबेमा आईसीसीको विधान अनुसार क्रिकेट चलोस् भन्ने चाहन्छ”

जिम्बाबे क्रिकेट बोर्डलाई गत महिना खेलकुद मन्त्रालयले निलम्बित गर्दै अन्तरिम कमिटि गठन गरेको थियो जसकारण आईसीसीले यो निर्णय लिएको हो। अक्टोबरमा हुने आईसीसी बोर्ड मिटिंगले यो निर्णय माथि पुनर्विचार गर्ने बताएको छ।

जिम्बाबेलाई सन् १९९२ मा आईसीसीले टेस्ट मान्यता प्रदान गरेको थियो। सन् १९८७ देखि २०१५ सम्म लगातार एकदिवसीय विश्वकप खेल्न छनौट भएको जिम्बाबे २०१९ विश्वकप खेल्न भने छनौट हुन असफल भएको थियो। सन् १९९९ र २००६ को विश्वकपमा त जिम्बाबे उत्कृस्ट-६ भित्र पर्न सफल भएको थियो। यस्तै सन् २००७ देखि २०१६ को टि-२० विश्वकप समेत जिम्बाबे खेलीरहेको छ ( २००९ मा नाम फिर्ता लिएको )।

अब के हुन्छ ? 

निलम्बन पछी अब आईसीसीले जिम्बाबेलाई पुर्व सदस्य राष्ट्र बापत दिने फन्ड रोकिनेछ। यस्तै जिम्बाबेले आईसीसीले आयोजना गरेको प्रतियोगितामा समेत सहभागिता जनाउन पाउनेछैन। यसको मतलब अक्टोबरमा आयोजना हुने पुरुष टि-२० विश्वकप छनौट समेत जिम्बाबेले गुमाउन सक्नेछ।

नेपाललाई आईसीसीले निलम्बन गरे पनि आईसीसीले आयोजना गर्ने र अन्य प्रतियोगितामा पनि नेपाललाई सहभागिता खुला गरेको छ। यस्तै खेलाडीहरुलाई तलब समेत आईसीसीले प्रदान गर्दै आएको छ। तर जिम्बाबेलाई भने नेपाल भन्दा अझ कडा सजाय दिएको हो। तुरुन्तै जिम्बाबे क्रिकेटको विवाद समाधान उन्मुख नभए झन् जिम्बाबेको टि-२० विश्वकप छनौट प्रतियोगितामा सहभागिता नहुन सक्छ।

सन् २००४ मा पनि जिम्बाबेको टेस्ट मान्यता आईसीसीले खोसेको थियो। त्यो बेला कप्तान हिथ स्ट्रिकलाई हटाउदै टेस्ट टिमका १५ खेलाडीलाई टिम बाहिर गरिएको थियो।

यसै वर्ष मार्चमा जिम्बाबे क्रिकेट निर्देशक इनोक इकोपलाई आईसीसीको भ्रस्टाचार बिरोधि नियममा दोषी पाईएपछि १० वर्षको प्रतिबद्ध लगाईएको थियो। यस्तै जिम्बाबे क्रिकेट अफिसियल राजन नायरलाई मार्चमा म्याच फिक्सिंगको प्रयास गरेको आरोपमा २० वर्षको प्रतिबन्ध लगाएको थियो।

आईसीसीले क्रोयसिया क्रिकेट फेडेरेसन र जाम्बिया क्रिकेट युनियनलाई समेत आईसीसीको क्राइटेरिया पुरा नगरेको भन्दै सदस्यता खरेज गरेको छ। यस्ती मोरोक्कन क्रिकेट फेडेरेसनलाई पनि लगातार गैर-जिम्मेवार भएको भन्दै निस्कासित गरेको छ।

नेपाल बारे निर्णय भएन 

नेपाल क्रिकेट संघ बारे भने आईसीसीको बैठकले कुनै निर्णय गरेको छैन। २०७३ साल बैशाखमा नेपाल क्रिकेट संघलाई आईसीसीले राजनीतिक हस्तक्षेपकै कारण निलम्बन गरेको थियो। हाल क्रिकेट संघको जिल्ला निर्वाचनको काम धमाधम भइरेको छ र केहि बाहेक सबै जिल्लाको निर्वाचन सम्पन्न भइसकेको छ। यही निर्वाचन मार्फत अब प्रदेश र केन्द्रीय निर्वाचन हुँदै नेपाल क्रिकेट संघको नेतृत्व आएमा नेपाललाई प्रतिबन्ध फुकुवा गर्न सक्ने सम्भावना रहेको छ।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]