आईसीसीले राख्यो नेपालमा क्रिकेट खेल्दै गरेको मनमोहक तस्विर

२०७७ कार्तिक ६, बिहीबार २०:५२

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले ( आईसीसी )  नेपालमा बालबालिकाहरुले क्रिकेट खेल्दै गरेको फोटो आफ्नो सामाजिक संजालमा सार्वजनिक गरेको छ। आईसीसीले विश्वभर बिभिन्न देश र भूभागमा क्रिकेट खेलिरहेको तस्विर नियमित रुपमा आफ्नो सामाजिक संजाल ह्याण्डलमा राख्ने गरेको छ जसमा नेपालको फोटो पनि प्राथमिकतामा पर्ने गरेको छ। त्यसै शिलशिलामा पुनः क्रिकेटको सर्वोच्च संस्थाले पुनः नेपालको फोटो राखेको हो।

बिहिबार बेलुका सार्वजनिक गरेको फोटोमा बालबालिकाहरु पहाडी भेगमा  क्रिकेट खेलीरहेका छन्। फोटोको रोचक पक्ष के छ भने उनीहरुले स्टम्पको रुपमा डोकोको प्रयोग गरिरहेका छन्। पृष्टभूमिले फोटो पहाडी भेगको गाउँको भन्ने प्रस्ट देखिन्छ। फोटो स्याङ्जामा खिचिएको हो। बिश्वास भट्टराईले खिचेको फोटोमा आईसीसीले ‘फाइन लेगको, राम्रो दृश्य’ ‘A fine view at fine leg 😍⛰️’ भन्दै क्यापसन लेखेको छ।

फोटोले नेपालमा क्रिकेटको क्रेज देखाएको छ भने तराई मात्रै नभई क्रिकेट नेपालको गाउँमा समेत प्रिय खेल बन्न थालेको देखिन्छ। सन् १९८८ मा आईसीसीको अफिलीएट हुँदै १९९६ मा असोसिएट राष्ट्रको मन्यता पाएको नेपालले २०१४ मा टि-२० अन्तर्राष्ट्रिय राष्ट्र हुँदै हाल एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्र बनिसकेको छ। नेपालले २०१४ मा पहिलो पटक टि-२० विश्वकपमा सहभागिता जनाएको थियो।

विकेटनेपालमा पनि हामि नियमित रुपमा नेपालको बिभिन्न भूभागमा क्रिकेट खेल्दै गरेको तस्विर राख्दै आएका छौँ। हेर्नुस तिनै तस्विरहरु –

आईसीसीले पोस्ट गरेको केहि मनमोहक तस्बिरहरु 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy