आईसीसीले राख्यो नेपालमा क्रिकेट खेल्दै गरेको मनमोहक तस्विर

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले ( आईसीसी )  नेपालमा बालबालिकाहरुले क्रिकेट खेल्दै गरेको फोटो आफ्नो सामाजिक संजालमा सार्वजनिक गरेको छ। आईसीसीले विश्वभर बिभिन्न देश र भूभागमा क्रिकेट खेलिरहेको तस्विर नियमित रुपमा आफ्नो सामाजिक संजाल ह्याण्डलमा राख्ने गरेको छ जसमा नेपालको फोटो पनि प्राथमिकतामा पर्ने गरेको छ। त्यसै शिलशिलामा पुनः क्रिकेटको सर्वोच्च संस्थाले पुनः नेपालको फोटो राखेको हो।

बिहिबार बेलुका सार्वजनिक गरेको फोटोमा बालबालिकाहरु पहाडी भेगमा  क्रिकेट खेलीरहेका छन्। फोटोको रोचक पक्ष के छ भने उनीहरुले स्टम्पको रुपमा डोकोको प्रयोग गरिरहेका छन्। पृष्टभूमिले फोटो पहाडी भेगको गाउँको भन्ने प्रस्ट देखिन्छ। फोटो स्याङ्जामा खिचिएको हो। बिश्वास भट्टराईले खिचेको फोटोमा आईसीसीले ‘फाइन लेगको, राम्रो दृश्य’ ‘A fine view at fine leg 😍⛰️’ भन्दै क्यापसन लेखेको छ।

फोटोले नेपालमा क्रिकेटको क्रेज देखाएको छ भने तराई मात्रै नभई क्रिकेट नेपालको गाउँमा समेत प्रिय खेल बन्न थालेको देखिन्छ। सन् १९८८ मा आईसीसीको अफिलीएट हुँदै १९९६ मा असोसिएट राष्ट्रको मन्यता पाएको नेपालले २०१४ मा टि-२० अन्तर्राष्ट्रिय राष्ट्र हुँदै हाल एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्र बनिसकेको छ। नेपालले २०१४ मा पहिलो पटक टि-२० विश्वकपमा सहभागिता जनाएको थियो।

विकेटनेपालमा पनि हामि नियमित रुपमा नेपालको बिभिन्न भूभागमा क्रिकेट खेल्दै गरेको तस्विर राख्दै आएका छौँ। हेर्नुस तिनै तस्विरहरु –

आईसीसीले पोस्ट गरेको केहि मनमोहक तस्बिरहरु 





थप समाचार

कोलकाताले दिल्लीबाट पायो १५४ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४७ औं खेलमा कोलकाता नाईटराईडर्सले दिल्ली क्यापिटल्सबाट १ सय ५४ रनको लक्ष्य […]

आइपीएल : कोलकाता र दिल्ली खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज कोलकाता नाइटराइडर्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ । कोलकाताको घरेलु मैदान इडन […]

अभानी प्रिमियर लिग : अभानी र खुकुरीको जित

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा जारि अभानी प्रिमियर लिगमा अभानी क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबले जित निकालेका छन् । […]

विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ […]

हैदराबादमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि सहज जित हात पारेको […]

गायकवाड शतकबाट चुक्दा हैदराबादले पायो २१३ रनको लक्ष्य

काठमाडौं । कप्तान ऋतुराज गायकवाड शतकबाट २ रनले चुक्दा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर […]