समय सिमा तोक्दै क्यानलाई आईसीसीको पत्र

  • विकेटनेपाल, १६ मङ्सिर  – शनिबार 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले निर्वाचित नेपाल क्रिकेट संघ ( क्यान ) लाई पत्र लेख्दै डिसेम्बर २२ सम्म क्यान पुनर्बहालीबारे सन्तोषजनक कारण देखाउन समयसिमा तोकेको छ।

कान्तिपुर दैनिकमा शनिबार प्रकाशित समाचार अनुसार बिहिबार आईसीसीका सीईओ डेबिड रिचर्डसनले निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेललाई पत्र लेख्दै यस्तो चेतावनी दिएका हुन्।

पत्रमा क्यान पुनर्बहालीलाई डिसेम्बर २२ सम्म सन्तोषजनक कारण देखाउन समयसिमा तोक्दै चेतावनी दिईएको समाचारमा उल्लेख छ।

गत भदौमा सम्पन्न क्यानको बिशेष साधारण सभाले संसोधसहित बिधान पारित गरेको थियो जसलाई रास्ट्रिय खेलकुद परिषदले स्वीकृति दिएको थियो। त्यसपछि क्यानले ३९ मध्ये ३७ जिल्लामा निर्वाचन सम्पन्न गरेको थियो। त्यसपछि कार्तिकमा आईसीसीले बिधान संसोधन सहमतिविपरीत भएको बताउदै निर्वाचनलाई अनुचित बताएको थियो।

२०७३ बैशाख साल बैशाखमा क्रिकेट संघलाई आईसीसीले निलम्बन गरेपछि निलम्बन फुकुवा गर्न र नयाँ बिधान बनाउन आईसीसीले सल्लाहकार समिति बनाएको थियो। सल्लाहकार समिति , क्यान र आईसीसी बीच चरणबद्ध वार्तापछि क्यानले बिशेष साधारणसभा आयोजना गरेको थियो।

पत्रमा के छ 

अक्टोबर १३ मा सम्पन्न आईसीसी बोर्ड बैठकमा क्यान सल्लाहकार समितिले प्रस्ताव गरेको बिधान संसोधन अङ्गीकार नगरेको जसमा उल्लेखनीय परिवर्तनहरु गरेको ध्यानाकर्षण भएको छ। मे २०१६ मा भएका पुनर्बहालीका सर्तहरुमा खासै प्रगति नभएको र त्यसबाट आईसीसी असन्तुस्ट छ।

वर्तमान अवस्था मध्यनजर गरिसकेपछि आईसीसीको बोर्ड बोर्ड पुनर्बहालीका सर्तहरु पुरा गर्न क्यानले आवस्यक कदम चल्नुपर्ने निचोडमा पुगेको छ। फेब्रुअरीमा हुने आईसीसीको बोर्ड बैठकसम्म पुनर्बहालीका सर्तहरुमा क्यानले सन्तोषजनक कदम नचलेको पाइएमा आईसीसीको अर्को साधारणसभामा क्यानको सदस्यता खारेज गर्ने निस्कर्षसहितको प्रस्ताव अघि सार्नेछ।

स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै म फेरी पनि तपाईहरु सबैलाई पुनर्बहालीका सर्तहरु सन्तोषजनक रुपमा पूरा गर्न आग्रह गर्दछु। यस सन्दर्भमा डिसेम्बर २२, २०१७ भित्र आईसीसी एसोसिएट सदस्यता मापदण्ड पुरा भएको विषयमा बिस्तृत रिपोर्ट बुझाउन आग्रह गर्दछु।

– आईसीसी प्रमुख कार्यकारी अधिकृत – डेभिड रिचर्डसन

 

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]