नेपाल टि-२० लिगलाई आईसीसीको स्वीकृति

नेपाल क्रिकेट संघ ( क्यान ) ले पहिलो पटक आयोजना गर्न लागेको घरेलु फ़्रेन्चाइज् लिग नेपाल टि-२० लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले आयोजना स्वीकृति दिएको छ। क्यानले मंगलबार बिज्ञप्ति जारि गर्दै आईसीसीले स्वीकृति दिएको जानकारी गराएको हो।

एनपीएल टि-२० को पहिलो सिजन सेप्टेम्बर २४ देखि अक्टोबर २२ तारिख ( असोज ८ देखि कार्तिक ५ ) सम्म काठमाडौँमा आयोजना हुनेछ।

लिग आयोजनाको सम्पूर्ण अधिकार क्यानले  भारतीय कम्पनि सेभेन थ्री स्पोर्ट्सलाई बेचेको छ। सेभेन थ्री स्पोर्ट्सले आयोजना अधिकार वापत क्यानलाई वार्षिक ४ करोड १२ लाख ५० हजार रुपैयाँ दिने सम्झौता भएको छ।

डबल राउन्ड लिगका आधारमा खेलाईले यस प्रतियोगितामा पहिलो बर्ष ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहने छ । टिमको नामहरु बिराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, लुम्बिनी अथवा भैरहवा र फारवेस्टर्न हुने घोषणा भैसकेको छ।

आगामी बर्षदेखि सहभागि टोली बढाईने छ । यस लिगमा ‘ए’ श्रेणीमा रहेका खेलाडीले कम्तीमा १५ लाख, ‘बी’ मा रहनेले १० लाख र ‘सी’ श्रेणीमा रहने खेलाडीले पाँच लाख रुपियाँ पारिश्रमिक पाउनेछन् ।

क्यानद्वारा जारि बिज्ञप्ति 

 





थप समाचार

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]