अन्तर्राष्ट्रिय क्रिकेट परिषदले ( आईसीसी ) आयोजना गर्ने एकदिवसीय र टि-२० विश्वकपको टिम संख्या बढाउने भएको । क्रिकेट खेललाई विश्वव्यापी बनाउने उद्देश्यका साथ क्रिकेटको सर्वोच्च संस्थाले यस्तो निर्णय लिएको हो।
आईसीसीको मंगलबार सम्पन्न बोर्ड बैठकले सन् २०२४ देखि २०३१ सम्म एकदिवसीय र टि-२० विश्वकपमा सहभागी टिम बढाउने निर्णय गरेको हो। अब प्रत्येक दुई वर्षमा टि-२० विश्वकपको आयोजना हुनेछ।
सन् २०२७ र २०३१ को एकदिवसीय विश्वकपमा १४ वटा टिम सहभागी हुनेछन् भने कुल ५४ वटा खेलहरु हुनेछन्। यस्तै सन् २०२४, २०२६, २०२८ र २०३० को टि-२० विश्वकपमा टिम संख्या २० हुनेछ भने प्रतियोगितामा ५५ वटा खेलहरु खेलिनेछ।
आईसीसीले एकदिवसीय विश्वकपको टिम संख्या २००७ मा १६ वटा बाट सन् २०११ २०१५ मा १४ वटा हुँदै पछिल्लो विश्वकप २०१९ मा १० वटा पुर्याएको थियो। पछिल्लो टि-२० विश्वकप २०१६ मा टिम संख्या १६ वटा रहेको थियो। कमजोर टिम हुँदा एकपक्षिय खेल धेरै भएको ब्रोडकाष्टरले गुनासो गरेपछि त्यसलाई कम गर्न टिम संख्या घटाउने निर्णय गरिएको आईसीसीले बताएको थियो।
२०२४ देखि एकदिवसीय विश्वकपमा सहभागी हुने १४ टिमलाई दुईवटा समुहमा बिभाजन गरिनेछ जसपछि समुह चरणमा दुवै समुहको उत्कृस्ट ३ वटा टिम सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। सन् २००३ को एकदिवसीय विश्वकप यही फर्म्याटमा खेलिएको थियो।
आईसीसीले आयोजना गर्ने प्रतियोगिताहरुको तालिका
यस्तै टि-ट्वान्टी विश्वकपमा सहभागी हुने २० वटा टिमहरुलाई पाँचवटा समुहमा बिभाजन गरिनेछ जसपछि समुह चरणको खेलमा प्रत्येक समुहबाट उत्कृस्ट दुईवटा टिमहरु सुपर-८ चरण हुँदै सेमीफाइनल र फाइनल प्रवेश गर्नेछन्।
आईसीसीले अन्तिम पटक २०१७ मा आयोजना गरेको च्याम्पियन्स ट्रफीलाई निरन्तरता दिने भएको छ। सन् २०२४ मा यसको आयोजना पहिले जस्तै एकदिवसीय फर्म्याटमा गरिनेछ। यस अघि जस्तै प्रतियोगितामा ८ वटा टिम सहभागी हुनेछन् र प्रतियोगितामा कुल १५ खेल खेलिनेछन्। सहभागी ८ वटा टिमलाई दुईवटा समुहमा बिभाजन गरेपछि सेमीफाइनल र फाइनल खेलिनेछ।
सोचे अनुरुप सफल नभएको आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपलाई पनि आईसीसीले निरन्तरता दिने भएको छ।
नेपालले इतिहासमै पहिलो र अन्तिम पटक सन् २०१४ मा बंगलादेशमा आयोजित टि-ट्वान्टी विश्वकपमा सहभागिता जनाएको थियो। एकदिवसीय र टि-ट्वान्टी फर्म्याटमा टिम संख्या बढ्नाले सन् २०२४ मा नेपालले विश्वकप खेल्ने सम्भावना बढेर गएको छ। हाल नेपाल २०२३ एकदिवसीय विश्वकपको खुड्किलोको रुपमा रहेको विश्वकप लिग-२ प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको छ। नेपाल सहित स्कटल्याण्ड, युएई, नामिबिया, ओमान, पपुवा न्यु गिनी र अमेरिका गरि ७ टिम सहभागी प्रतियोगिताबाट उत्कृस्ट हुने तिन वटा टिम एकदिवसीय विश्वकप छनोट खेल्न छनोट हुनेछ।
धेरैले पढेको
https://wicketnepal.com/khelkud-budget-briddhi-wn21/
https://wicketnepal.com/wtc-final-new-rules-wn21/
https://wicketnepal.com/cpl-2021-draft-pachi-kun-team-kasto/
https://wicketnepal.com/odi-supear-league-debut-net-wn21/
https://wicketnepal.com/karan-kc-9-best-bowling-spell/