ICC ODI Rankings : बेयरस्टो टप-१० मा, वोक्स करियरकै उत्कृस्ट चौथो स्थानमा

इंग्ल्यान्ड र अस्ट्रेलिया बीच खेलिएको तिन वान-डे म्याचको सिरिज पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले वानडे वरियता सार्वजनिक गरेको छ। सिरिजको अन्तिम खेलमा अस्ट्रेलियाले रोमान्चक जित दर्ता गर्दै इंग्ल्यान्डलाई २-१ ले सिरिजमा पराजित गरेको थियो। एलेक्स केरी र ग्लेन म्याक्सवेलले शतक बनाउदै जितमा अहम योगदान दिएका थिए। दुवै खेलाडी वरियतामा उक्लेका छन्।

ब्याटिंग वरियता अन्तर्गत उत्कृस्ट-१० मा कुल ४ वटा परिवर्तन हुँदा उत्कृस्ट-५ मा भने परिवर्तन भएको छैन। डेभिड वार्नर १ स्थान तल झर्ने क्रममा सातौँ स्थानमा पुगेका छन् जसले विलियमसनलाई फाइदा पुगेको छ। विलियमसन छैठौं स्थानमा पुगेका छन्। जबकी जोनी बेयरस्टो उत्कृस्ट १० भित्र प्रवेश गरेका छन्। बेयरस्टोले सिरिजको फाइनलमा १२६ रन सहित सिरिजमा कुल १९६ रन बनाएका थिए। क्विन्टल डीकक दशौँ बाट नवौं स्थानमा पुगेका छन्। भारतीय कप्तान बिराट कोहली र रोहित शर्मा पहिलो र दोश्रो स्थानमा रहेका छन्। बाबर आजम, रोस टेलर, फाफ डु प्लेसिस क्रमश पहिलो देखि पाँचौ स्थानमा छन्। अन्तिम खेलमा शतक बनाएका म्याक्सवेल २६ औं र केरी २८ औं स्थानमा रहेका छन्।


बलिंग वरियतामा पनि परिवर्तन देखिएको छ। सिरिजमा ६ विकेट लिएका क्रिस वोक्स सातौँ स्थानबाट करियरकै उत्कृस्ट चौथो स्थानमा उक्लेका छन् भने प्याट कमिन्स दुइ स्थान तल झर्दै छैठौं स्थानमा पुगेका छन्। जोश हेजलउड सात स्थान छलांग मार्दै सातौँ स्थानमा पुगेका छन्। यस्तै सिरिजको पहिलो खेलमा ३ विकेट लिंदै कुल ३ विकेट लिएका जोश हेजलवुड आठौँ स्थानमा रहेका छन्। सिरिजमा ७ विकेट लिएका फास्ट बलर जोर्फा आर्चरले पनि उत्कृस्ट १० मा पहिलो पटक स्थान बनाएका छन्। २८ औं स्थानबाट आर्चरले १८ स्थान फड्को मारेका हुन्। ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह, मुजिब उर् रहमान, क्रिस वोक्स, कागीसो रबाडा क्रमशः पहिलो देखि पाँचौ स्थानमा रहेका छन्।

अल-राउण्डरतर्फ सिरिजमा ८९ रन तथा ६ विकेट लिएका वोक्स पाँचौबाट दोश्रो स्थानमा उक्लेका छन्। बेन स्टोक्स २ स्थान तल झरेका छन् जसले वानडे सिरिज खेलेका थिएनन्। अल-राउण्डर वरियतामा मोहम्मद नबि पहिलो स्थानमा कायमै रहेका छन्।  इमाद वासिम, बेन स्टोक्स, कोलिन डी ग्राण्डहोम क्रमशः पहिलो देखि पाँचौ स्थानमा रहेका छन्।

आर्चर पहिलो पटक उत्कृस्ट १० वरियतामा पुगेका छन्

टिम वरियताको कुरा गर्दा इंग्ल्यान्ड १२३ अंकका साथ पहिलो स्थानमा कायमै रहेको छ भने ११९ अंकका साथ भारत दोश्रो स्थानमा रहेको छ। न्युजिल्यान्ड तेश्रो तथा अस्ट्रेलिया चौथो स्थानमा रहेको छ। दक्षिण अफ्रीका, पाकिस्तान, बंगलादेश, श्रीलंका, वेस्टइन्डिज र अफगानिस्तान क्रमश पाँचौ देखि दशौँ स्थानमा रहेका छन्। नेपाल १६ औं स्थानमा रहेको छ।

सिरिजबाट अस्ट्रेलियाले २० अंक पाएको छ जुन विश्वकप सुपर लिगमा उसको पहिलो सिरिज जित हो। सुपर लिगमा उत्कृस्ट ७ भित्र पर्ने टिमले भारतमा आयोजना हुने २०२३ विश्वकपमा सोझै स्थान बनाउनेछ। अंकतालिकामा इंग्ल्यान्ड ३० अंक सहित पहिलो स्थानमा रहेको छ जसले आयरल्याण्डलाई घरेलु सिरिजमा २-१ ले पराजित गरेको थियो।

यो पनि पढ्नुस :-

म्याक्सवेल र केरी चम्किदा सनसनीपूर्ण खेल जित्दै अस्ट्रेलियाले जित्यो सिरिज

ललितको अपरेसन सफल

एसोसिएट राष्ट्रबाट आईपीएल खेल्ने ५ क्रिकेटर

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy