आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको १२ औं संस्करण यही महिना मे ३० तारिक देखि इंग्ल्याण्डमा सुरु हुँदैछ। कुल १० टिमको सहभागिता रहने बिश्वकप क्रिकेट अघि विकेटनेपालमा विश्वकप विशेष लेखहरु प्रकासित गर्नेछौ।
यस अघि विश्वकप विशेषमा यो पाली विश्वकप टिममा छनौट हुन नसकेका दुर्भाग्यशाली ११ खेलाडी बारे लेख प्रस्तुत गरेका थियौं। विश्वकप विशेष अन्तर्गत आज ति ब्याट्सम्यानहरुको चर्चा गर्दै छौँ जसले एकदिवसीय बिश्वकपको अघिल्लो ११ संस्करणमा सबैभन्दा बढी रन बनाएर किर्तिमान कायम गरेका छन्।
एकदिवसीय विश्वकपमा सबैभन्दा धेरै रन बनाउने ५ खेलाडीहरु :
५. एबि डी भिल्लीएर्स ( दक्षिण अफ्रीका, १२०७ रन )
सन् २००७ देखि २०१५ सम्म ३ वटा विश्वकप खेल्ने क्रममा डी भिल्लीएर्सले २३ खेलको २२ इनिंगमा १२०७ रन बनाएका छन्। यस क्रममा उनले ६३.५२ को आकर्षक एभरेज र ११७.२९ को स्ट्राइक रेटले ४ शतक र ६ अर्धशतक प्रहार गरेका छन्।
४. ब्रायन लारा ( वेस्टइन्डिज, १२२५ रन )
वेस्ट इन्डिज लेजेण्ड लाराले सन् १९९२ देखि २००७ सम्म ५ वटा विश्वकप खेल्दा १२२५ रन बनाएका छन्। ३४ खेलको ३३ इनिंगमा ब्याटिंग गरेका लाराले ४२.२४ को एभरेज र ८६.२६ को स्ट्राइक रेटले २ शतक र ७ अर्धशतक बनाएका छन्।
३. कुमार संगाकारा ( श्रीलंका, १५३२ रन )
महान श्रीलंकन ब्याट्सम्यान संगाकाराले श्रीलंकालाई विश्वकप जित दिलाउन नसके पनि धेरै रन बनाउने सुचीमा भने तेश्रो स्थानमा छन्। विकेटकिपर ब्याट्सम्यान साँगाले सन् २००३ देखि २०१५ सम्म ४ विश्वकप खेल्ने क्रममा ३७ खेलको ३५ इनिंगमा ब्याटिंग गर्दै १,५३२ रन बनाएका छन्। ५६.७४ को एभरेज र ८६.५५ को स्ट्राइक रेटमा रन बनाएका उनले ५ शतक र ७ अर्धशतक प्रहार गरेका छन्।
२. रिकी पोन्टिङ ( अस्ट्रेलिया, १७४३ रन )
अस्ट्रेलियालाई सन् २००३ र २००७ को विश्वकप उपाधि दिलाएका पोन्टिङले विश्वकपमा खेलेको ५ विश्वकपको कुल ४६ खेलमा ४२ पटक ब्याटिंग गर्दै १७४३ रन बनाएका छन्। यस क्रममा पोन्टिङले ५ शतक र ६ अर्धशतक प्रहार गर्ने क्रममा ४५.८६ को एभरेज र ७९.९५ को स्ट्राइक रेटले रन बनाएका छन्। भारत बिरुद्ध सन् २००३ को विश्वकपमा उनले बनाएको अविजित १४० रन उनले बनाएको सर्वाधिक रन हो।
१. सचिन तेन्दुलकर ( भारत, २२७८ रन )
सन् १९९२ देखि सन् २०११ सम्म गरि कुल ६ वटा एकदिवसीय विश्वकपमा सहभागिता जनाएका भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरको विश्वकपमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान हुन्। दोश्रो नम्बरमा रहेका पोन्टिङ भन्दा सचिन ५०० भन्दा बढी रनले अघि छन्। सचिननै विश्वकपमा सबैभन्दा धेरै शतक बनाउने ब्याट्सम्यान समेत हुन्। रिकी पोन्टिङ र कुमार साँगाकाराले समान ५/५ शतक प्रहार गरेका छन्।
सचिनले कुल ४५ खेल खेल्दा ४४ इनिंगमा ब्याटिंग गर्दै ५६.९५ को एभरेज र ८८.९८ को स्ट्राइक रेटले कुल २,२७८ रन बनाएका छन्। उनले कुल ६ शतक प्रहार गरेका छन् भने १५ वटा अर्धशतक प्रहार गरेका छन्। १९९६ को विश्वकपमा केन्या बिरुद्ध सचिनले १२७ रन बनाउदै पहिलो शतक प्रहार गरेका थिए भने त्यसै विश्वकपमा श्रीलंकासंग १३७ रन बनाएका थिए। नामिबियासंग बिरुद्ध बनाएको १५२ रन विश्वकपमा सचिनको सर्वाधिक व्यक्तिगत रन हो। सन् २०११ को विश्वकपमा सचिनले इंग्ल्याण्ड र दक्षिण अफ्रीकासंग शतक बनाएका थिए।
यो पनि पढ्नुस – दुर्भाग्यशाली ११ खेलाडी जो बिश्वकप टिममा अटाउन सकेनन्, विश्वकप खेल्ने सबै देशको टिम घोषणा, कुन टिममा को-को छन् खेलाडी
यी बाहेक एकदिवसीय विश्वकपमा धेरै रन बनाउने सुचीको छैठौं स्थानमा श्रीलंकाका सनथ जयसूर्या ( ११६५ रन ) , सातौँ स्थानमा दक्षिण अफ्रीकाका ज्याक कालिस ( ११४८ रन ) , आठौँ स्थानमा श्रीलंकाका तिलकरत्ने दिलशान ( १११२ रन ) , नवौं स्थानमा श्रीलंकाकै महेला जयवर्दने ( ११०० रन ) तथा दशौँ स्थानमा अस्ट्रेलियाका एडम गिलक्रिस्ट ( १०८५ रन ) रहेका छन्।
विश्वकप विशेषको आगामी अंकमा के कुरा पढ्न चाहनुहुन्छ ? कमेन्ट गर्नुहोला है