पाकिस्तानसंग मिल्नेलाई खेलाउन नदिएपछि आईसीसी प्रति न्युजिल्यान्ड प्रशिक्षकको आक्रोश

“निराश” अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले घाइते खेलाडी लकी फर्गुसनको स्थानमा एडम मिल्नेलाई मान्यता नदिएपछि न्युजिल्यान्डका मुख्य प्रशिक्षक ग्यारी स्टिडले निराशा व्यक्त गर्दै आईसीसी माथि आक्रोश समेत प्रकट गरेका छन्। न्युजिल्यान्ड टि-२० विश्वकपको आफ्नो पहिलो खेलमा पाकिस्तानसंग ५ विकेटको हार बेहोर्न पुग्यो। अन्तिम समयसम्म पनि न्युजिल्यान्डले फर्गुसनको स्थानमा मिल्नेलाई टिममा समाबेश गर्न सक्दो प्रयास गरेको थियो तर ९० मिनेट अघि मात्र आईसीसीले न्युजिल्यान्ड व्यवस्थापनलाई मिल्नेलाई प्रतिस्थापन गर्न गरेको आग्रहलाई मान्यता नदिएको जानकारी गरायो।

“हामीले आईसीसी समक्ष खेलाडी प्रतिस्थापन गर्न कठिन प्रास गर्यौं जसले काम गरेन। त्यो हाम्रो लागि निराशाजनक थियो किनकि एडम मिल्ने हाम्रो लागि सहि प्रतिस्थापन थिए।” स्टिडले बताए। पिडुलाको चोटको कारण फर्गुसन टि-२० विश्वकपबाट बाहिर भएका छन् जसपछि न्युजिल्यान्डले १५ सदस्यीय टिममा मिल्नेलाई समाबेश गर्न चाहन्थ्यो।

“उनीहरुले बताएकि आग्रह गरेकै दिन मान्यता दिईदैन त्यसैले हामि त्यो पछाडीको कारण र स्पष्टीकरण चाहेका छौँ।” प्रशिक्षक स्टिडका अनुसार पाकिस्तानसंग लेग स्पिनर इश सोढीलाई खेलाउने योजना नरहेको र मिल्नेले खेल्न पाउने या नपाउने अन्योलताका कारण तिन पटक अन्तिम-११ परिवर्तन गर्नुपरेको थियो।

“हामीले सुरुवातमा मिल्नेले खेल्न मान्यता पाएको सोचेका थियौं तर उनीहरुले दिएनन्। यस्तो परिवर्तनको लागि तपाईले योजना बनाउनु पर्छ जसले गर्दा हामीले सम्भवतः तिन पटक एकै दिन टिममा परिवर्तन गर्यौं। त्यसैले हामि आईसीसीलाई प्रश्न गरिरहेका छौँ।”

“हामि सोढीलाई खेलाउने थिएनौ। यो सोच थियो कि पिचले सिमरलाई बढी सहयोग गर्छ किनकि पिचको स्वभाव तल-माथि खालको थियो। हामीले डाटा हेरेर विश्लेषण गरेका थियौं कि पिचले सिम बलर र पेस बलरलाई बढी सहयोग गर्नेछ। त्यस्तै हामि चाहन्थ्यौं।” उनले थपे।

मिल्ने नखेल्दा पाकिस्तान बिरुद्ध प्रदर्शनमा असर परेको स्टिडले बताए – “हाम्रो लागि त्यो विकेटमा पेस बलिंग र पिचमा कडा हिर्काउन सक्ने बलरले ठूलो फरक पर्थ्यो। पाकिस्तानका हरिस रौफले पाकिस्तानको लागि त्यस्तै गरेर देखाए।” खेलमा पाकिस्तानी पेसर रौफले ४ विकेट लिएका थिए।

आईसीसीले मिल्नेलाई फर्गुसनको प्रतिस्थापनको रुपमा मान्यता त दियो तर पाकिस्तानसंग खेल सकिएको एक घण्टा पछि मात्र। स्टिडले भारत बिरुद्ध अक्टोबर ३१ तारिखमा हुने खेलमा मिल्नेले मौका पाउने संकेत दिए जो संग निकै तिब्र गतिमा बलिंग गर्न सक्छन्- “हाम्रो टिम संरचना हेर्नु हुन्छ भने हामी सधैं गतिले सम्भव भएसम्म दबाब बनाउने गर्छौं जसमा हामी पछि थियौं।” स्टिडले बताए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy