आईसीसीद्वारा नेपालको प्रतिबन्ध पूर्णरुपमा फुकुवा

२०७९ जेष्ठ ३१, मंगलवार २१:४१

काठमाडौं, जेठ ३१ गते । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपालमाथि लगाएका सबै खाले प्रतिबन्ध हटाएको छ । आईसीसीले यसअघि नोपलमाथिको प्रतिबन्ध फुकुवा गरे पनि नेपाललाई कन्ट्रोल फन्डिङमा राखेको थियो ।

आईसीसीले अहिले कन्ट्रोल फन्डिङबाट हटाएर नेपाललाई सबै खालको नियन्त्रणबाट फुकुवा गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दद्वारा मंगलबार जारी विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा आईसीसीले जेठ ३० गते पत्रमार्फत कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा गरेको उल्लेख छ । कन्ट्रोल फन्डिङ फुकुवासँगै अब नेपालले आईसीसीबाट अन्य एकदिवसीय मान्यता प्राप्त राष्ट्र सरहको आर्थिक अनुदान र गतिविधि गर्न पाउने पनि क्यानले जनाएको छ ।

( साभार – गोरखापत्र )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy