सेप्टेम्बरमा नामिबियामा त्रिकोणात्मक सिरिज खेल्न आईसीसीद्वारा नेपाललाई प्रस्ताव

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले विश्वककप लिग-२ अन्तर्गत नेपाललाई स्कटल्याण्ड र नामिबियासंग त्रिकोणात्मक सिरिज सेप्टेम्बर २० देखि खेल्न प्रस्ताव गरेको छ।

हिमालखबरले नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दलाई उधृत गर्दै मंगलबार प्रकासित गरेको समाचार अनुसार आईसीसीले नेपाल र स्कटल्याण्डलाई नामिबियामा सिरिज खेल्न प्रस्ताव गरेको हो।अध्यक्ष चन्दले आईसीसीलाई आफ्नो टिम नामिबिया जान तयार रहेको पनि बताएको बताईएको छ।

कोरोनाको कारण नेपालले ४ देखि ११ जुलाईमा स्कटल्याण्डसंग खेल्ने त्रिकोणात्मक सिरिज स्थगित भएको थियो। नामिबियामा नेपालले अप्रिलमा त्रिकोणात्मक सिरिज खेल्ने तालिका रहेको थियो जुन कोरोनाका कारण रद्द भएको थियो। पछिल्लो पटक नेपालले घरेलु मैदानमा फेब्रुअरीमा अमेरिका र ओमानसंग विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज खेलेको थियो।

नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान भदौ १ गते देखि ( अगस्ट १७ ) देखि मात्रै खोल्ने बताएको छ। त्यसपछि मात्रै नेपालले सामुहिक रुपमा प्रशिक्षण सुरु गर्नेछ। हाल काठमाडौँमा भएका कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सोमपाल कामि लगायत केहि खेलाडीहरुले व्यक्तिगत रुपमा अभ्यास भने सुरु गरिसकेका छन्।

CAN President Chatur Bahadur Chand

अध्यक्ष चन्दका अनुसार अन्तर्राष्ट्रिय उडान ढिला खुल्ने, क्वारेन्टाइनमा बस्नु पर्ने तथा प्रशिक्षण पनि ढिला सुरु हुनाले आईसीसीले तोकेको मितिमा प्रतियोगिता गर्न मुस्किल हुनसक्नेछ-

“क्वारेन्टिनको समस्या नभए र अन्तर्राष्ट्रिय उडान खुले हामीले भाग लिन सक्ने लचिलो जवाफ पठाएका छौं। प्रस्तावित मितिमा नै शुरू नभए पनि अब नेपालको अन्तर्राष्ट्रिय प्रतियोगिताको साइकल शुरू हुनेछ।” चन्दले हिमालखबरलाई बताए।

कोरोना महामारीका कारण आईसीसीले अस्ट्रेलियामा अक्टोबर/नोभेम्बरमा हुने टि-२० विश्वकप सार्ने निर्णय गरिसकेको छ। आफ्नो प्रयासमा इंग्ल्यान्डले वेस्टइन्डिजसंग दर्शक विहिन मैदानमा टेस्ट सिरिज आयोजना गरिरहेको छ। इंग्ल्यान्डमा आगामी साता आयरल्याण्डले तथा त्यसपछि पाकिस्तानले पनि सिरिज खेल्ने तालिका रहेको छ।

आईसीसीको तालिका अनुसार नेपालले २०२१ जनवरीमा ओमानमा तथा फेब्रुअरीमा नेपालमा अर्को त्रिकोणात्मक सिरिज खेल्ने तालिका रहेको थियो। कोरोना महामारीको कारण अब आईसीसीको तालिकामा फेरबदल हुनसक्ने सम्भावना रहेको छ।

यो पनि पढ्नुस :- आईसीसीद्वारा २०२३ विश्वकप छनौटको लागि नयाँ लिगको घोषणा, पढ्नुस नेपालको विश्वकप छनौट हुने बाटो

नेपालले हालसम्म खेलेका चार खेलमा दुईमा जित तथा दुईमा हारका साथ चार अङ्क बटुलेको छ । नेपालले लिग दुईअन्तर्गत अब ३२ खेल खेल्न बाँकी छ । लिग दुईमा हालसम्म ओमान शीर्ष स्थानमा छ ।

नेपालले पछिलो पटक विश्वकप लिग अन्तर्गत घरेलु मैदानमा ओमान र अमेरिकासंग खेलेको थियो

नेपाल चार अङ्क बटुल्दै छैठौँ स्थानमा छ भने पपुवा न्यू गिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित हुँदै अङ्कबिहीन अवस्थामा छ । आइसीसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । आइसीसी लिग दुई सन् २०१९ को अगस्ट देखि शुरु भएको हो ।

आइसीसी विश्वकप लिग दुई सन् २०२२ सम्म सञ्चालन हुनेछ । लिग दुईमा नेपालसहित अमेरिका, स्कटल्याण्ड, ओमान, युएई, नामिबिया र पपुवा न्यू गिनी छन् । प्रत्येक राष्ट्रले ३६ एकदिवसीय खेल खेल्ने छन् ।

लिगको शीर्ष तीन टोली सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरी प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेञ्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् ।

धेरैले पढीरहेको :- 

– ब्रडले पुरा गरे ५ सय विकेट, किर्तिमान बनाउने विश्वको ७ औं बलर

– अब फ्रन्ट फुट ‘नो बल’को निर्णय थर्ड अम्पायरले गर्ने , यसै साता देखि लागु हुने





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]