राखेप सदस्य सचिव र आईसीसी प्रतिनिधिबीच छलफल

काठमाडौँमा जारी नेपाल टी-२० लिगमा पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे बुझ्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) प्रतिनिधि नेपाल आएका छन्।

आइसिसी प्रतिनिधिले बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलाई भेटेका छन्। आइसिसी प्रतिनिधिले बिहीबार दिउँसो राखेपका सदस्यसचिव टङ्कलाल घिसिङसँग भेटवार्ता गरेका हुन्।

आइसिसीका एन्ड्रयू इफग्रेभसहितको टिम बुधबार आएको थियो।

यसअघि आइसिसीका प्रतिनिधिले बुधबार विमानस्थलबाट सोझै कीर्तिपुरस्थित त्रिवि मैदानमा गएर निरीक्षण गरेको थियो।

त्यसपछि नेपाल टी(२० का प्रतिनिधिसँग भेट गर्दै आवश्यक रिपोर्ट लिएको थियो। भेट गर्ने क्रममा प्रतियोगिताको एन्टी करप्सन युनिट, अम्पायर र खेलाडीसँग पनि भेट गरेको थियो।

यस्तै क्रिकेट प्रतियोगिताबारे छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० सँग पनि भेटघाट गरेको क्यान स्रोतले जानकारी दियो।

जारी प्रतियोगितामा खेल मिलेमतो र स्पट फिक्सिङको गतिविधि भएको आशङ्कापछि आइसिसीले दुई सदस्यीय टोलीलाई नेपाल पठाएको हो।

विवाद सतहमा आएपछि राखेपले बुधबार सत्यतथ्य छानबिन गरी १५ दिनभित्र परिषद् समक्ष प्रतिवेदन बुझाउन परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको थियो।

छानबिन समिति बनाएको जानकारी गराएपछि आइसिसी प्रतिनिधि सहयोग गर्न तयार रहेको राखेप स्रोतले जानकारी दियो।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]