आईसीसी वरियतामा दीपेन्द्रको ऐतिहासिक फड्को

Dipendra Airee

नेपाली रास्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को टी–२० अलराउन्डर वरीयतामा ठूलो फड्को मारेका छन्।

आईसीसीले बुधबार सार्वजनिक गरेको वरीयतामा दीपेन्द्र दशौँ स्थानमा छन्। यो नेपाली आईसीसी अन्तर्राष्ट्रिय वरीयतामा नेपाली खेलाडीको सर्वाधिक ठूलो सफलता हो।

यसअघि सन् २०१९ मा नेपालका पूर्व कप्तान पारस खड्का अलराउन्डर वरीयताको २१ औं स्थानमा थिए जुन नेपाली खेलाडीको उच्च वरियता थियो।

दीपेन्द्रले अलराउन्डरतर्फ श्रीलंका स्पिनर वानिन्दु हसरंगा, जिम्बावेका सिङ विलियम्स, रायन बर्ल, अष्ट्रेलियाका मिचेल मार्श, नामिबियाका डेविड विजा र बंगलादेशका महमुदूल्लाह रियादलाई पछि पारेका छन्।

अलराउन्डर वरीयताको शीर्षस्थानमा अफगानिस्तानका कप्तान मोहम्मद नाबी छन्। बंगलादेशका सकिब अल हसन दोस्रो, इंग्ल्यान्डका मोइन अली तेस्रो र नामिबियाका जेजे स्मिथ चौथो र इङ्ल्यान्डका लियाम लिभिङस्टोन पाँचौँ स्थानमा छन्। आईसीसीका अनुसार ब्याटिङतर्फ दीपेन्द्र ३८औँ, कुशल भुर्तेल ३६औँ र आरिफ शेख ९९औँ स्थानमा छन्।

टि-२० अन्तर्राष्ट्रिय वरियतामा बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ३८औँ स्थानमा छन् भने अभिनाश बोहरा ८६औँ स्थानमा छन्।

एकदिवसीय ब्याटिङतर्फ नेपालका रोहित पौडेल ८३औँ स्थानमा छन् भने एकदिवसीय बलिङतर्फ सन्दीप ४८औँ स्थानमा छन्।

नेपाल टी–२० वरीयतामा १२औँ र एकदिवसीय वरीयतामा १८औँ स्थानमा छ।





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]