विश्वकप पछि आईसीसी वरियता सार्वजनिक, कोहली र बुम्राह टप, को कति नम्बरमा ?

एकदिवसीय विश्वकप सकिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नयाँ वरियता सार्वजनिक गरेको छ। वरियतामा विजेता टिमले इंग्ल्याण्ड र उप-विजेता न्युजिल्याण्ड खेलाडीहरुले स्थान सुधार गरेका छन्।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका न्युजिल्यान्ड कप्तान केन विलियमसनले सेमीफाइनलमा भारतसंगको महत्वपूर्ण इनिंग पछि करीयरकै उच्च ७९९ अंक प्राप्त गरेका थिए। इंग्ल्याण्ड अल-राउण्डर बेन स्टोक्स ६९४ अंक सहित प्रतियोगिता अन्त्य गरेका छन् र उत्कृस्ट २० भित्र परेका छन्। अस्ट्रेलियासंग ८५ रन बनाएका जेसन रोय वरियतामा उत्कृस्ट १० भित्र पहिलो पटक उक्लेका छन्।

यस्तै न्युजिल्याण्डसंग सेमीफाइनलमा उत्कृस्ट ब्याटिंग गर्दै ७७ रन प्रहार गरेका रभिन्द्र जडेजाले वरियतामा २४ स्थान सुधार गरेका छन् र १०८ औं स्थानमा पुगेका छन्।

बिराट कोहली ८८६ अंक सहित ब्याटिंग वरियतामा पहिलो स्थानमा कायमै छन् भने विश्वकपमा शतक वर्षा गरेका रोहित शर्मा ८८१ अंक सहित दोश्रो र पाकिस्तानका बबर आजम ८२७ अंक सहित तेश्रो स्थानमा रहेका छन्।

ब्याटिंग वरियता 

सेमीफाइनल र फाइनलमा ३/३ विकेट लिएका इंग्ल्याण्ड बलर क्रिस वोक्सले करियरकै उत्कृस्ट ६७६ अंक हाँसिल गरेका छन् र सातौँ स्थानमा रहेका छन्। २०१७ मा उनि छैठौं स्थानमा पुगेका थिए। न्युजिल्यान्ड बलर म्याट हेनरीले निरन्तर राम्रो प्रदर्शन गर्दै दशौँ स्थानमा रहेका छन् जसले सेमीफाइनलमा ३ र फाइनलमा १ विकेट लिएका थिए। २०१६ मा उनि चौथो स्थानमा रहेका थिए।

जस्प्रित बुम्राह ८०९ अंक सहित बलिंग वरियतामा पहिलो तथा ट्रेन्ट बोल्ट दोश्रो स्थानमा रहेका छन्।

बंगलादेश अल-राउण्डर शकिब अल हसनले आफ्नो उत्कृस्टता कायमै राखेका छन् जसलाई करियरकै उत्कृस्ट ३१९ अंक प्राप्त गरेका स्टोक्सले पछ्याएका छन्। अफगानिस्तान अल-राउण्डर अल-राउण्डर सुचीमा नबि तेश्रो स्थानमा रहेका छन्।

अल-राउण्डर वरियता 

विश्वकप जित पछि इंग्ल्याण्ड भारतलाई ३ अंकले उछिन्दै १२५ अंकको साथ पहिलो स्थानमा रहेको छ। भारत १२२ अंक सहित दोश्रो र न्युजिल्याण्ड ११२ अंक सहित तेश्रो स्थानमा छ। अस्ट्रेलिया १११ र दक्षिण अफ्रीका ११० अंक सहित चौथो र पाँचौ स्थानमा छ।

बलिंग वरियता 

एकदिवसीय वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ। स्कटल्याण्ड १४ औं र युएई १६ औं स्थानमा रहेको छ। टि-२० अन्तर्राष्ट्रियमा भने नेपाल ११ औं स्थानमा स्कटल्याण्ड, नेदरल्याण्ड, जिम्बाबे र आयरल्याण्ड भन्दा अघि रहेको छ। एकदिवसीय वरियतामा नेपाली खेलाडीहरु उत्कृस्ट १०० भित्र छैनन्। टि-२० तर्फ बलिंगमा बसन्त रेग्मी र सोमपाल कामि ६६ औं स्थानमा रहेका छन्। टि-२० ब्याटिंगमा पारस खड्का ९३ औं स्थानमा रहेका छन्। टि-२० अल-राउण्डर तर्फ पनि पारस ३९ औं स्थानमा रहेका छन् भने सोमपाल कामि ४८ औं स्थानमा इंग्ल्याण्डका मोइन अलि र नाथन कोल्टर नाइलसंगै रहेका छन् ।

टिम वरीयता

 





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]