आईसीसी ब्याटिंग वरियतामा शिर्ष १०० भित्र कुशल भुर्तेल

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रिदेशीय टि-ट्वान्टी सिरिजमा उत्कृस्ट ब्याटिंग गरिरहेका कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को ब्याट्सम्यान वरियताको शिर्ष १०० जना भित्र प्रवेश पाएका छन्।

भुर्तेलले जारि सिरिजको पहिलो खेलमा नेदरल्याण्ड बिरुद्ध टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। डेब्युमा नेदरल्याण्ड बिरुद्ध ६२ रन बनाएका भुर्तेलले दोश्रो खेलमा मलेसिया बिरुद्ध अविजित ६१ रन तथा तेश्रो खेलमा नेदरल्याण्ड बिरुद्ध ६२ रन बनाएका थिए। भुर्तेलले डेब्यु पछि लगातार तिन वटा अर्धशतक बनाउदै नयाँ विश्वरेकर्ड समेत बनाएका छन्। भुर्तेल डेब्यु पछि लगातार तिन वटा अर्धशतक बनाउने विश्वकै पहिलो ब्याट्सम्यान बनेका हुन्।

आईसीसीले नेपाल र नेदरल्याण्ड बीचको खेल पछि जारि गरेको नयाँ वरियताको ब्याटिंगतर्फ कुशल भुर्तेलले पहिलो पटक प्रवेश पाएका हुन्।

भुर्तेल टि-२० अन्तर्राष्ट्रियको ब्याटिंग वरियतामा ९३ औं स्थानमा आयरल्याण्डका ब्याट्सम्यान ह्यारी टेक्टरसंगै रहेका छन्। भुर्तेल र टेक्टरको समान ३५९ अंक रहेको छ। सबै अंक भुर्तेलले नेदरल्याण्ड बिरुद्ध सिरिजमा हात पारेका हुन्। सिरिजको ३ वटा खेलमा कुशलले ९२.५० को औशत र १३९.०९ को स्ट्राइक रेटमा १८५ रन बनाएर सर्वाधिक रनकर्ता हुन्।

भुर्तेल पछि वरियताको शिर्ष १०० भित्र नेपालबाट पारस खड्का मात्र रहेका छन्। जारि सिरिज घाइते भएका कारण गुमाएका पारस भुर्तेल भन्दा माथि ८२ औं स्थानमा रहेका छन्। पारससंगै ८२ औं स्थानमा भारतीय ब्याट्सम्यान मनिष पाण्डे पनि रहेका छन्।

वरियतामा भुर्तेल भन्दा तल अस्ट्रेलियाका म्याथु वेड, मार्कस स्टोइनिस क्रमशः ९६ र ९७ औं स्थानमा रहेका छन्।

सन्दिपको वरियतामा सुधार 

जारि सिरिजको ३ खेलमा ८ विकेट लिंदै सर्वाधिक विकेटकर्ता रहेका सन्दिप लामिछानेले पनि टि-२० अन्तर्राष्ट्रियको बलिंग वरियतामा सुधार गरेका छन्। सन्दिपले जारि सिरिजको पहलो खेलमा नेदरल्याण्डसंग २ विकेट, दोश्रो खेलमा मलेसियासंग २ विकेट तथा तेश्रो खेलमा नेदरल्याण्डसंग ४ विकेट लिएका थिए। नेदरल्याण्डसंग ४ विकेट लिए पछि सन्दिप टि-२० अन्तर्राष्ट्रियमा नेपालको तर्फबाट सर्वाधिक विकेटकर्ता समेत बनेका छन्। नेपालको लागि २३ वटा टि-२० अन्तर्राष्ट्रिय खेल्ने क्रममा सन्दिपले कुल ४२ विकेट लिएका छन्।

Sandeep Lamichhane

यस अघि ८५ औं वरियतामा रहेका सन्दिप ८ स्थान माथि उक्लेर ७७ औं स्थानमा पुगेका छन्। सन्दिपसंगै ७७ औं स्थानमा पाकिस्तानका लेग स्पिनर उस्मान कादिर र जिम्बाब्वेका देब्रे हाते स्पिनर सिन विलियम्स पनि रहेका छन्। सन्दिपको रेटिंग अंक ४०४ रहेको छ।

आईसीसी टि-२० अन्तर्राष्ट्रिय बलिंग वरियताको शिर्ष १०० भित्र सन्दिप बाहेक अन्य खेलाडी छैनन्।

नेपालको वरीयता उस्तै 

जारि सिरिजको पहिलो २ खेल जित्दा टि-२० अन्तर्राष्ट्रिय वरियतामा १ स्थान उक्लदै १४ औं स्थानमा पुगेको नेपाली टिम नेदरल्याण्डसंग ३ विकेटको हर पछि पुनः १५ औं स्थानमा पुगेको छ। वरियतामा नेदरल्याण्ड १७ औं स्थानमा रहेको छ भने मलेसिया ३१ औं स्थानमा रहेको छ। एसोसिएट राष्ट्रमा नेपाल भन्दा अघि १३ औं स्थानमा युएई तथा १४ औं स्थानमा स्कटल्याण्ड रहेको छ। पपुवा न्यु गिनी १६ औं तथा ओमान १८ औं , नामिबिया १९ औं, सिंगापुर २० औं, क्यानडा २१ औं, कतार २२ औं, हंगकंग २३ औं तथा केन्या २४ औं स्थानमा रहेको छ।

एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल १७ औं स्थानमा रहेको छ। एकदिवसीय अन्तर्राष्ट्रियको ब्याटिंग र बलिंग वरियताको शिर्ष १०० मा कुनै पनि नेपाली खेलाडीले स्थान बनाउन सकेका छैनन्।

यो पनि पढ्नुस 

https://wicketnepal.com/sandeep-sarwadhik-wiketkarta-wn21/

https://wicketnepal.com/slow-over-rate-jariwana-wn21-rohi/

https://wicketnepal.com/ipl-14-m13th-rep-wn21/





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]