ऐतिहासिक सिरिज जितपछि आईसीसी वरियतामा नेपाल उक्लियो, नेदरल्याण्ड यथास्थानमा

नेदरल्याण्ड बिरुद्ध ऐतिहासिक सिरिज जित पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को टि-२० अन्तर्राष्ट्रिय वरियतामा नेपालले १ स्थान उक्लेको छ।

सिरिजमा नेपालले खेलेको ५ वटा मध्ये ४ खेलमा जित र १ खेलमा हार बेहोरेको थियो। नेदरल्याण्डले ५ खेलमा २ जित , २ हार र १ बराबरी खेल खेल्यो। मलेसियाले ४ खेलमा ३ हार र १ बराबरी खेल खेल्यो।

सिरिज सुरु हुनु अघि १५ औं स्थानमा रहेको नेपाल हाल १४ औं स्थानमा रहेको छ। नेदरल्याण्ड भने हार पछि पनि १७ औं स्थानमा यथावत रहेको छ। यस्तै मलेसिया भने १ स्थान तल झर्दै ३२ औं स्थानमा पुगेको छ।

एसोसिएट राष्ट्रमा नेपाल भन्दा माथि युएई र आयरल्याण्ड मात्र रहेको छ। युएई १३ औं र आयरल्याण्ड १२ औं स्थानमा रहेको छ। युएईको नेपाल भन्दा मात्र ३ रेटिंग अंक बढी रहेको छ। नेपालको १८३ अंक छ भने युएईको १८६ अंक छ।

आईसीसीले अप्रिल २० तारिख पछि नयाँ टि-२० अन्तर्राष्ट्रिय ब्याटिंग र बलिंग वरियता भने सार्वजनिक गरेको छैन।

पछिल्लो पटक सार्वजनिक गरेको वरियतामा ब्याटिंगतर्फ कुशल भुर्तेल ९३ औं स्थानमा रहेका थिए भने पारस खड्का ८२ औं स्थानमा रहेका थिए। यस्तै बलिंग वरियतातर्फ सन्दिप लामिछाने ७७ औं स्थानमा रहेका छन्।

नयाँ वरियता सार्वजनिक भएमा कुशल भुर्तेल र सन्दिप लामिछानेले वरियतामा उक्लने सम्भावना रहेको छ। कुशलले सिरिजको ५ खेलमा ४ वटा अर्धशतक प्रहार गर्दै २७८ रन बनाए भने सन्दिपले ५ खेलमा १३ विकेट लिए।

यस्तै सिरिजमा ७ विकेट संगै ४६ रन पनि बनाएका करन केसी अलराउण्डर वरियतामा अघि आउने सम्भावना छ।

यो पनि पढ्नुस 

https://wicketnepal.com/pak-series-2-1-win-vs-zim-wn21/

https://wicketnepal.com/ned-captain-seelaar-aboout-nepal-wn21/

https://wicketnepal.com/champ-nepal-team-icc-cover-pic/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy