टि-२० विश्वकप स्थगित गर्ने आईसीसीको निर्णय

अस्ट्रेलियामा यसै वर्ष अक्टोबर-नोभेबरमा आयोजना हुने भनिएको टि-२० विश्वकप अन्तर्राष्ट्रिय क्रिकेट परिषदले स्थगित गर्ने निर्णय गरेको छ।

कोरोना भाइरसको कारण क्रिकेटको बहुप्रतिक्षित प्रतियोगिता रद्द गरिएको हो। सोमबार भिडियो कन्फरेन्स मार्फत आईसीसीको बोर्ड बैठकले महत्वपूर्ण निर्णय गरेको हो।

आईसीसीले आगामी वर्ष २०२१ तथा २०२२ मा दुइ वटा टि-२० विश्वकप आयोजना हुने बताएको छ। यस्तै २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपको मिति वर्षको सुरुवातबाट सारेर अक्टोबर/नोभेम्बरमा आयोजना गर्ने आईसीसीले बताएको छ।

टि-२० विश्वकप २०२१ अक्टोबर/नोभेम्बरमा आयोजना हुनेछ जसको फाइनल १४ नोभेम्बरमा हुनेछ। पुनः २०२२ को अक्टोबर/नोभेम्बरमा टि-२० विश्वकप आयोजना हुनेछ जसको फाइनल १३ नोभेम्बरमा हुनेछ।

कोरोना महामारीको कारण अस्ट्रेलिय क्रिकेटले निर्धारित समयमा टि-२० विश्वकप आयोजना गर्न नसक्ने बताएको थियो।

आईपीएललाई सहज 

टि-२० विश्वकप नहुने भए पछि उक्त समयमा विश्वको सबैभन्दा महँगो टि-२० लिग आईपीएलले अक्टोबर/नोभेम्बरको समय पाउने भएको छ। बिसीसीआईले आईपीएलको १३ औं सिजन २६ सेप्टेम्बर देखि ८ नोभेम्बरमा आयोजना गर्ने बताईएको छ जसको अधिकारिक घोषणा भएको छैन। आईपीएलको आयोजना युएईले गर्न सम्भावना प्रवल रहेको छ।

कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय क्रिकेट निकै प्रभावित भएको छ। आईसीसीले गर्ने विश्वकप लिग जस्ता प्रतियोगिताहरु देखि द्विपक्षीय सिरिजहरु आयोजना हुनसकेको छैन। टि-२० एसिया कप प्रतियोगिता पनि यो वर्ष नहुने निश्चित भैसकेको छ। टि-२० विश्वकप कोरोनाका कारण स्थगित हुने सबैभन्दा ठुलो प्रतियोगिता बनेको छ।





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]