आईसीसी यू-१९ विश्वकप एसिया छनौट प्रतियोगिता खेल्ने नेपाली टोली घोषणा

  • विकेटनेपाल – १९ चैत्र, मंगलवार 

अप्रिल १० देखि १८ तारिकसम्म मलेसियामा आयोजना हुने आईसीसी अन्डर-१९ विश्वकप एसिया छनौट प्रतियोगिता खेल्ने नेपाली टोली सार्वजनिक भएको छ।

प्रारम्भिक टोलीको बन्द प्रशिक्षण र भारत भ्रमणमा खेलिएका अभ्यास खेलको आधारमा मंगलवार १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो। रोहित कुमार पौडेल कप्तान रहेको टोलीमा हरि बहादुर चौहान, अभिषेक बस्नेत र कुशल मल्लले पहिलो पटक स्थान बनाएका छन्।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसंगै अभिषेक बस्नेत, भिम शार्की, हरि बहादुर चौहान, कमल ऐरी, कुशल मल्ल, आसिफ शेख, पवन सर्राफ, प्रतिष जिसी, राशिद खान, रित गौतम, सागर ढकाल, सुन्दिप जोरा र सुर्य तामाङ्ग रहेका छन्।

यस्तै लोकेश बम, आकाश चन्द, रभी कुमार साह र सेर मल्ल भने बैकल्पिक खेलाडीको सुचिमा रहेका छन्।

बिनोद दास मुख्य प्रशिक्षक रहेको नेपाली यू-१९ टोलीको सपोर्ट स्टाफमा रमन शिवाकोटी ( टिम व्यवस्थापक ) र बिकास न्यौपाने ( फिजियो ) रहेका छन्।

प्रतियोगिताको लागि नेपाली टोली अप्रिल ६ तारिकमा मलेसिया प्रस्थान गर्नेछ। मलेसियामा यूवा टोलीले कुनै अभ्यास खेलभने खेल्ने छैन।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy