आईसीसी यू-१९ विश्वकप एसिया छनौट प्रतियोगिता खेल्ने नेपाली टोली घोषणा

  • विकेटनेपाल – १९ चैत्र, मंगलवार 

अप्रिल १० देखि १८ तारिकसम्म मलेसियामा आयोजना हुने आईसीसी अन्डर-१९ विश्वकप एसिया छनौट प्रतियोगिता खेल्ने नेपाली टोली सार्वजनिक भएको छ।

प्रारम्भिक टोलीको बन्द प्रशिक्षण र भारत भ्रमणमा खेलिएका अभ्यास खेलको आधारमा मंगलवार १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो। रोहित कुमार पौडेल कप्तान रहेको टोलीमा हरि बहादुर चौहान, अभिषेक बस्नेत र कुशल मल्लले पहिलो पटक स्थान बनाएका छन्।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसंगै अभिषेक बस्नेत, भिम शार्की, हरि बहादुर चौहान, कमल ऐरी, कुशल मल्ल, आसिफ शेख, पवन सर्राफ, प्रतिष जिसी, राशिद खान, रित गौतम, सागर ढकाल, सुन्दिप जोरा र सुर्य तामाङ्ग रहेका छन्।

यस्तै लोकेश बम, आकाश चन्द, रभी कुमार साह र सेर मल्ल भने बैकल्पिक खेलाडीको सुचिमा रहेका छन्।

बिनोद दास मुख्य प्रशिक्षक रहेको नेपाली यू-१९ टोलीको सपोर्ट स्टाफमा रमन शिवाकोटी ( टिम व्यवस्थापक ) र बिकास न्यौपाने ( फिजियो ) रहेका छन्।

प्रतियोगिताको लागि नेपाली टोली अप्रिल ६ तारिकमा मलेसिया प्रस्थान गर्नेछ। मलेसियामा यूवा टोलीले कुनै अभ्यास खेलभने खेल्ने छैन।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]