सुपर ओभरमा पुग्यो विश्वकप फाइनल

२०१९ विश्वकप अन्तर्गत न्युजिल्याण्ड र इंग्ल्याण्ड बीचको फाइनल खेल सुपर ओभरमा पुगेको छ।

पहिले ब्याटिंग गर्दै न्युजिल्याण्डले दिएको २४२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर २४१ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो। १/१ ओभरको खेल पछि अब विश्वकप विजेताको निर्णय हुनेछ।

सुपर ओभरमा यसरी पुग्यो खेल 

लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डको सुरुवात राम्रो हुन सकेन। ओपनर जेसन रोय १७ रन बनाएर छैठौं ओभरमा म्याट हेनरीको बलमा क्याच आउट भए। ३० बलमा ७ रन बनाएर संघर्ष गरेका रोय रुटलाई कोलिन डी ग्रयाण्डहोमले क्याच आउट गरे।

एक किनार सम्हालीरहेका जोन्नी बेयरस्टोलाई २० औं ओभरमा लकी फर्गुसनले बोल्ड गरे। उनले ५५ बलमा ७ चौका मदतले ३६ रन बनाए। त्यस लगत्तै कप्तान ओएन मोर्गनलाई जेम्स निशमले क्याच आउट गराए। २२ बलमा मोर्गनले ९ रन बनाए।

२३.१ ओभरमा इंग्ल्याण्ड ८६/४ को अवस्थामा पुग्यो। न्युजिल्याण्डले सेमीफाइनलमा भारतलाई पराजित गर्दाकै स्थिति आईपुग्यो।

तर पाँचौ विकेटको लागि बेन स्टोक्स र जोस बटलरले उत्कृस्ट साझेदारी गर्दै इंग्ल्याण्डलाई जिततर्फ लगे। दुवैले अर्धशतक पुरा गरे र शतकीय साझेदारी समेत गरे।

तर ४५ औं ओभरमा जोस बटलरलाई लकी फर्गुसनले क्याच आउट गराउदै न्युजिल्याण्डलाई खेलमा फर्काए। बटलरले ६० बलमा ६ चौका मदतले ५९ रन बनाए। बटलरको विकेट लगत्तै ४७ औं ओभरमा २ रन बनाएका क्रिस वोक्सलाई फर्गुसनले क्याच आउट गराए।

त्यसपछि पनि स्टोक्सले एक किनार सम्हालीरहे। ४९ औं ओभरको तेश्रो बलमा प्लंकेटलाई निशमले क्याच आउट गराए। सोहि ओभरमा जोफ्रा आर्चरलाई निशमले खाता नखोल्दै आउट गरे।

४९ ओभरमा इंग्ल्याण्ड २२७/८ को अवस्थामा पुग्यो। अन्तिम ओभरमा इंग्ल्याण्डलाई १५ रन आवस्यक रह्यो। अन्तिम ओभर बलिंग गर्न ट्रेन्ट बोल्ट आए।

अन्तिम ओभर 

पहिलो बल – डट बल , दोश्रो बल – डट बल , तेश्रो बल – स्टोक्सद्वारा छक्का प्रहार, चौथो बल – ६ रन ( २ रन पुरा गरेको अवस्थामा फिल्डरले रन आउट गर्न फालेको बलले स्टोक्सलाई लाग्दै बलले बाउन्ड्री पार गर्यो  ) , पाँचौ बल – रन आउट, २ रन लिने चक्करमा मार्क वुड रन आउट हुन पुगे र खेल सुपर ओभरमा पुग्यो।

स्टोक्स ८४ रनमा अविजित रहे जुन क्रममा ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

न्युजिल्याण्डको इनिंग 

टस जितेर ब्याटिंग गरेको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनाएको थियो।

न्युजिल्याण्डको लागि ओपनर हेनरी निकोलसले सर्वाधिक ५५ रन ( ७७ बलमा ४ चौका ) बनाए। यस्तै टम लाथमले ४७ ( ५६ बलमा २ चौका र १ छक्का ) तथा केन विलियमसनले ३० रन ( ५३ बलमा २ चौका ) बनाए। मार्टिन गुप्टिल र जेम्स निशमले समान १९, कोलिन डी ग्रयाण्डहोमले १६ तथा रोस टेलरले १५ रन बनाए।

विलियमसन र निकोलसले दोश्रो विकेटको लागि ७४ रनको साझेदारी गरेका थिए जसपछि न्युजिल्याण्डले ठुलो साझेदारी गर्न सकेन।

इंग्ल्याण्डको बलिंगमा क्रिस वोक्स ( ९-०-३७-३ ) र लियाम प्लंकेट ( १०-०-४२-३ ) ले ३/३ तथा जोफ्रा आर्चर ( १०-०-४२-१ ) र मार्क वुड ( १०-१-४९-१ ) ले १/१ विकेट लिए।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]