स्टार्कको घातक बलिंग, अस्ट्रेलियासंग वेस्टइन्डिज पराजित

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत दशौँ खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई पराजित गर्दै प्रतियोगिताको दोश्रो जित दर्ता गरेको छ।

पहिले ब्याटिंग गर्दै अस्ट्रेलियाले दिएको २८९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले पुरै ५० ओभर ब्याटिंग गरे पनि ९ विकेट गुमाएर २७३ रन मात्रै बनाउन सक्यो र १५ रनको हार बेहोर्न पुग्यो।

यस अघि पहिलो खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो भने वेस्ट इन्डिजले पाकिस्तानलाई समान अन्तरले पराजित गरेको थियो।

एकदिवसीय अन्तर्राष्ट्रियमा अस्ट्रेलियाको यो लगातार दशौँ जित हो।

लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज ओपनर क्रिस गेल २१ तथा इभिन लुइस १ रनमा आउट भए। तेश्रो विकेटको लागि शाही होप र निकोलस पुरनले ६८ रनको साझेदारी गरे। पुरन ४० रन बनाएर आउट भए जसपछि होपले शिमरन हेटमायरसंग ५० रनको साझेदारी गरे। हेटमायर २१ रन बनाएर आउट भए लगत्तै होप पनि ६८ रन बनाएर पेभेलियन फर्के।

११ बलमा २ चौका र १ छक्का प्रहार गरेका आन्द्रे रसेल पनि आउट हुँदा वेस्ट इन्डिज २१६/६ ( ३८.५ ) को अवस्थामा पुग्यो।

कप्तान जेसन होल्डरले त्यसपछि वेस्ट इन्डिजलाई जितसम्म लैजाने प्रयास गरे जुन क्रममा सातौँ विकेटको लागि कार्लोस ब्राथवेटसंग ३६ रनको साझेदारी गरे।

४६ औं ओभरमा वेस्ट इन्डिजको स्कोर २५२/६ थियो जुन ओभरमा स्टार्कले लगातार २ विकेट लिंदै अस्ट्रेलियालाई खेलमा फर्काए। १६ रन बनाएका ब्राथवेट र लगत्तै ५१ रन बनाएका होल्डरलाई पनि स्टार्कले आउट गर्दा अस्ट्रेलिया खेलमा हावी हुन पुग्यो।

त्यसपछि वेस्ट इन्डिज खेलमा फर्किन सकेन र ५० ओभरमा ९ विकेट गुमाएर २७३ रन मात्र बनाउन सक्यो।

अस्ट्रेलियाको बलिंगमा मिचेल स्टार्कले सर्वाधिक ५ विकेट लिए जुन क्रममा १० ओभरमा १ मेडन ओभर गर्दै ४६ रन खर्चे । यस क्रममा उनले क्रिस गेल जेसन होल्डर, आन्द्रे रसेल र कार्लोस ब्राथवेटको महत्वपूर्ण विकेट समेत लिए।

प्याट कमिन्सले २ ( १०-३-४१-२ ) तथा एडम जाम्पाले १ विकेट ( १०-०-५८-१ ) लिए। स्कोरकार्ड 

स्मिथ र कौलटरको उत्कृस्ट इनिंग  

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर २८८ रनको योगफल तयार गरेको थियो।

एकसमय ७९/५ रहेको अस्ट्रेलियाको योगफललाई एलेक्स केरेले ४५, स्टिभ स्मिथले ७३ तथा नाथन कौलटरले ९२ रन बनाउदै उकासेका थिए। स्मिथ र एकेक्सले छैठौं विकेटको लागि ६८ रनको साझेदारी गरेपछि, स्मिथ र कौलटर बीच सातौँ विकेटको रुपमा १०२ रनको साझेदारी भएको थियो।

वेस्ट इन्डिजको बलिंगमा कार्लोस ब्राथवेटले सर्वाधिक ३ ( १०-०-६७-३ ) तथा ओशेन थोमस ( १०-०-६३-२ ) , शेल्डन कटरेलले ( ९-०-५६-२ ) र आन्द्रे रसेल ( ८-०-४१-२ ) ले २/२ विकेट तथा जेसन होल्डरले १ विकेट ( ७-२-२८-१ ) लिए।





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]