विश्वकप लिग-२ : ओमानलाई पराजित गर्दै नामिबिया चौंथो स्थानमा उक्लियो

आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत सोमबार सम्पन्न खेलमा नामिबियाले ओमानलाई ५ विकेटले पराजित गरेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा ओमानले दिएको २६६ रनको लक्ष्य नामिबियाले ५ विकेट क्षेतीमा ४७.३ ओभरमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा ५० रन बनाउदा ३ विकेट गुमाएपछि चौंथो नम्बरमा ब्याटिंग गरेका जान निकोल इटनले कप्तान जेरार्ड इरास्मससंग १०९ रनको साझेदारी गरे। इरास्मस ४८ तथा निकोल ६३ रन बनाएर आउट भए। त्यसपछि छैठौं विकेटको लागि जेजे स्मित र डेभिड विजाले अविजित ९१ रनको साझेदारी गर्दै नामिबियालाई शानदार जित दिलाए। स्मितले अविजित ३९ तथा विजाले अविजित ४८ रन बनाए।

ओमान बलर बिलाल खान र कलेमुल्लाहले समान २ विकेट तथा फयाज बटले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको ओमानले ५० ओभरमा ५ विकेट गुमाएर २६५ रन बनाएको थियो। उसको लागि शोयब खानले सर्वाधिक ८६ रन, जतिन्दर सिंहले ७४ रन बनाए। खवर अलिले ३३, जिशान मक्सुदले २९ तथा कश्यप प्रजापतिले २५ रन बनाए। नामिबियाको बलिंगमा जान फ्राईलिंकले ३ तथा रुबेन ट्रंपलम्यानले २ विकेट लिए।

जितपछि विश्वकप लिग-२ अंक तालिकामा नामिबियाले अमेरिकालाई पछि पार्दै चौंथो स्थानमा उक्लेको छ। दुवैको समान १४ अंक रहेता पनि नेट रन रेटमा नामिबिया अघि छ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]