विश्वकप लिग-२ : ओमानलाई पराजित गर्दै नामिबिया चौंथो स्थानमा उक्लियो

आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत सोमबार सम्पन्न खेलमा नामिबियाले ओमानलाई ५ विकेटले पराजित गरेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा ओमानले दिएको २६६ रनको लक्ष्य नामिबियाले ५ विकेट क्षेतीमा ४७.३ ओभरमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा ५० रन बनाउदा ३ विकेट गुमाएपछि चौंथो नम्बरमा ब्याटिंग गरेका जान निकोल इटनले कप्तान जेरार्ड इरास्मससंग १०९ रनको साझेदारी गरे। इरास्मस ४८ तथा निकोल ६३ रन बनाएर आउट भए। त्यसपछि छैठौं विकेटको लागि जेजे स्मित र डेभिड विजाले अविजित ९१ रनको साझेदारी गर्दै नामिबियालाई शानदार जित दिलाए। स्मितले अविजित ३९ तथा विजाले अविजित ४८ रन बनाए।

ओमान बलर बिलाल खान र कलेमुल्लाहले समान २ विकेट तथा फयाज बटले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको ओमानले ५० ओभरमा ५ विकेट गुमाएर २६५ रन बनाएको थियो। उसको लागि शोयब खानले सर्वाधिक ८६ रन, जतिन्दर सिंहले ७४ रन बनाए। खवर अलिले ३३, जिशान मक्सुदले २९ तथा कश्यप प्रजापतिले २५ रन बनाए। नामिबियाको बलिंगमा जान फ्राईलिंकले ३ तथा रुबेन ट्रंपलम्यानले २ विकेट लिए।

जितपछि विश्वकप लिग-२ अंक तालिकामा नामिबियाले अमेरिकालाई पछि पार्दै चौंथो स्थानमा उक्लेको छ। दुवैको समान १४ अंक रहेता पनि नेट रन रेटमा नामिबिया अघि छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy