विश्वकप लिग-२ : युएईमाथि पिएनजीको सानदार जित

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, पपुवा न्युगिनी (पिएनजी) र युएईबीचको त्रिकोणात्मक सिरिजमा पिएनजीले जित निकालेको छ।

पिएनजीले मंगलबार दुबईमा भएको खेलमा घरेलु टिम युएईलाई १३१ रनले पराजित गरेको छ।

पिएनजीले दिएको २६३ रनको लक्ष्य पछ्याएको युएई ३४.२ ओभरमा १३१ रनमा अलआउट भयो।

युएईका लागि ओपनर मोहमद वासिमले २४ रन जोडे। वृत्य अरविन्दले २३ रन र आसिफ खानले २० रन बनाए भने जाहूर खान २३ रन जोडेर आउट भए।

बलिङमा पिएनजीका चाड सोपरले ५ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दा २५ रन खर्चिए।

टस हारेर पहिले ब्याटिङ गरेको पिएनजी ५ बल खेल्न बाँकी छदा २६२ रनमा अलआउट भयो। पिएनजीका लागि ओपनरद्वय टोनी उरा र किपलिङ डोरिगाले क्रमशस् ५१ रन र ४२ रन जोडे।

सेसे बाउले ७४ रन र कप्तान असद भालाले २३ रन बटुले।

बलिङमा युएईका कार्तिका मेइयाप्पनले ४ विकेट र आर्यन लक्राले ३ विकेट लिए।

सिरिजमा नेपालले बिहीबार युएईसँग प्रतिस्पर्धा गर्नेछ।

लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।

लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ। युएई २९ खेलबाट २९ अंक जोड्दै पाँचौ स्थानमा छ।

छैटौं स्थानको नेपालले २९ खेलबाट २८ अंक जोडेको छ। पुछारको ‍पिएनजीको ३० खेलबाट ७ अंक छ।

नेपालले शीर्ष तीनमा पर्न ६ खेल र एकदिवसीय मान्यता जोगाउन ४ खेल जित्नु पर्नेछ।

नेपाल, युएई र पिएनजीबीचको अन्तिम सिरिज फागुन अन्तिम साता नेपालमा हुनेछ।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]