अम्पायर सुवेदी दक्षिण अफ्रीका प्रस्थान, डिभिजन-५ मा अम्पायरींग गर्ने

  • विकेटनेपाल, भदौ १६

दक्षिण अफ्रीकामा सेप्टेम्बर ३ दखि ९ सम्म आयोजना हुने आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-५ मा अम्पायरको भूमिका निभाउन नेपाली अम्पायर दुर्गानाथ सुवेदी बिहिबार त्यसतर्फ प्रस्थान गरेका छन् l

यसै साता मलेसियामा सम्पन्न एसईए गेम्स समेत अम्पायरको भूमिका निभाएका सुवेदीले २०२३ आईसीसी क्रिकेट विश्वकपको पहिलो ढोका डिभिजन-५ मा अम्पयारिंग प्यानलको प्रतिनिधित्व गर्नेछन् l

सन् २०२३ को एकदिवसीय बिश्वकप भारतमा आयोजना हुनेछ जसमा टिम छनौटको लागि डिभिजन-५ पहिलो खुड्किलो हुनेछ l दक्षिण अफ्रीकाको बेनोईमा आयोजना हुने प्रतियोगितामा कुल ८ टोलि सहभागी हुँदैछन् l

सहभागी टिमहरु :- 

जर्सी, इटली, गुर्नेसी, भानुवाटु, केमन आइसल्याण्ड, घाना, कतार, जर्मनी

सहभागी ८ टिमलाई २ वटा समुहमा बिभाजन गरिएको छ l दुवै समुहबाट उत्कृस्ट हुने २-२ टिम सेमीफाइनल पुग्नेछ र फाइनल पुग्ने २ टिम २०१८ को मध्येमा आयोजना हुने डिभिजन-४ मा सहभागी हुने मौका पाउनेछ l

( फिचर फोटो – कौशल अधिकारी, आईसीसी )





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]