ICCWCL2 : नेपालको तेश्रो खेल आज अमेरिकासंग ( सम्पूर्ण जानकारी )

नेपालको ओमान भ्रमण अन्तर्गत आईसीसी विश्व कप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफ्नो तेश्रो खेलमा नेपालले दोश्रो पटक आज अमेरिकासंग प्रतिस्पर्धा गर्दैछ। सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा ओमानले नेपाललाई ५ विकेटले पराजित गरेको थियो। अमेरिका आफ्नो दोश्रो खेलमा ओमानसंग ४ विकेटले पराजित हुन पुगेको थियो। दुवै टिम आफ्नो पछिल्लो हारलाई बिर्सेर लिग-२ अंकतालिकामा महत्वपूर्ण २ अंक जोड्न चाहन्छ।

खेल – नेपाल VS अमेरिका ( विश्वकप लिग-२ , त्रिकोणात्मक सिरिज ) , कहिले – सेप्टेम्बर १७, शुक्रबार, नेपाली समय : ४:१५ बजे बेलुका , डे-नाइट खेल , कहाँ – अल अमिरात मुख्य क्रिकेट मैदान, ओमान

नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरियता – १६ , अमेरिकाको – १९

विश्वकप लिग-२ अंकतालिकामा अमेरिका – दोश्रो स्थानमा ( १३ खेल ६ जित र ७ हार = १२ अंक ), नेपाल – छैठौं स्थानमा ( ६ खेल ३ जित र ३ हार = ६ अंक )

प्रत्यक्ष कहाँ हेर्ने – खेलको प्रत्यक्ष प्रशारण नेपालमा ‘एक्सन स्पोर्ट्स’ टेलिभिजनले गर्नेछ। फेसबुक र युट्युबमा एक्सन स्पोर्टसले प्रत्यक्ष प्रशारण नगर्ने बताएको छ। भिपीएन प्रयोग गरेर आईसीसीको वेबसाइट ICC.tv बाट तथा Fancode यापबाट शशुल्क लाइभ हेर्न सकिनेछ।

नेपाल-अमेरिका हेड टु हेड ( एकदिवसीय अन्तर्राष्ट्रिय ) : नेपाल ३-० अमेरिका

पछिल्लो भेट : विश्वकप लिग-२ ओमान भ्रमण  – नेपाल ५ विकेटले विजयी ( अमेरिका २३०/९ , मोनाक पटेल : १००, बिक्रम सोब, सन्दीप लामिछाने र सुशन भारि – २/२ विकेट , नेपाल २३१/५, कुशल भुर्तेल ८४, रोहित पौडेल ६२* , नोस्थुश केंजिगे र निसर्ग पटेल -२/२ विकेट )

नेपालको पछिल्लो ५ एकदिवसीय अन्तर्राष्ट्रियको नतिजा – ४ जित र १ हार ( हार, जित, जित, जित, जित ), अमेरिकाको पछिल्लो ५ एकदिवसीय अन्तर्राष्ट्रियको नतिजा – २ जित र ३ हार ( हार, हार, जित, जित, हार )

विश्वकप लिग-२ मा सफल नेपाली खेलाडी – सुशन भारि ( ६ खेलमा १४ विकेट ) , सन्दीप लामिछाने ( ४ खेलमा १० विकेट ) , करन केसी ( ६ खेलमा १० विकेट ) , बिनोद भण्डारी ( ६ खेलमा १६३ रन )

विश्वकप लिग-२ मा सफल अमेरिकी खेलाडी – सौरभ नेत्रभाल्कर ( १४ खेलमा २२ विकेट ) , आरोन जोन्स ( १२ खेलमा ४१४ रन) , मोनाक पटेल ( १४ खेलमा ३५६ रन )

उत्कृस्ट लयमा रहेका नेपालको खेलाडीहरु : रोहित पौडेल ( पछिल्लो ४ खेलमा २०९ रन ) , सन्दिप लामिछाने ( पछिल्लो ३ खेलमा १२ विकेट ) , आसिफ शेख ( पछिल्लो ४ खेलमा १४६ रन )

उत्कृस्ट लयमा रहेका अमेरिकी खेलाडीहरु : जस्करन मलहोत्रा ( पछिलो ४ खेलमा २०८ रन ) , सौरभ नेत्रभाल्कर ( पछिल्लो ४ खेलमा ८ विकेट ) , निसर्ग पटेल ( पछिल्लो ४ खेलमा ७ विकेट र ५४ रन ) , नोस्थुश केंजिगे ( पछिल्लो ४ खेलमा ६ विकट )

नेपालको लक्ष्य : लिग-२ अंकतालिकाको छैठौं स्थानमा रहेको नेपालको लक्ष्य शिर्ष-३ स्थानमा रहँदै २०२३ एकदिवसीय विश्वकप छनोटमा पुग्नु हो। अमेरिकालाई पराजित गरेको खण्डमा नेपाल ८ अंक बटुल्दै चौथों स्थानमा पुग्ने मौका छ।  हाल चौथों स्थानमा रहेको नामिबियाको ८ तथा पाँचौ स्थानको युएईको ७ अंक रहेको छ। नेपालसंग पछिल्लो ३ वटै खेलमा पराजित अमेरिकालाई पराजित गर्दै अंकतालिकामा फड्को नेपाली टिम चाहन्छ। ओमानसंग राम्रो सुरुवातका बाबजुद मध्यक्रम ब्याट्सम्यानहरुले गैर जिम्मेवार ब्याटिंग गरेका थिए जुन पक्षमा नेपाल सुधार गर्न चाहनेछ।

नेपालको अन्तिम-११ मा परिवर्तन ? ओमान भ्रमणमा खराब लयमा रहेका कुशल मल्लले ४ खेलमा मात्र ७ रन बनाउन सकेका छन्। उनको स्थानमा नेपालले अनुभवी ब्याट्सम्यान शरद भेसावकरलाई खेलाउन सक्छ जो अफस्पिन बलिंग गर्न सक्षम छन्। त्यो संगै विकेटकिपरको भूमिका आसिफ शेखलाई दिएर बिनोद भण्डारीको स्थानमा अफस्पिन अलराउण्डर पवन सर्राफले पनि टिममा मौका दिने बिकल्प टिमसंग छ। पवनले सन्दिप र सुशन पछि तेश्रो प्रमुख स्पिनरको भूमिका निभाउन पनि सक्नेछन् भने उनि आक्रामक ब्याटिंग गर्न सक्छन्। ओमान भ्रमणमा खराब लयमा रहेका सोमपाल कामिले ४ खेलमा मात्र २ विकेट लिएका छन् भने पछिल्लो २ खेलमा ओमान र अमेरिकासंग विकेटविहिन रहेका थिए। सोमपालको स्थानमा नेपालले युवा फास्ट बलर गुल्सन झालाई पनि प्रयोग गर्न सक्छ। देब्रे हाते ब्याट्सम्यान गुल्सन राम्रो ब्याटिंग पनि गर्न सक्छन्। अनुभवी सोमपाललाई हटाएर गुल्सनलाई खेलाउनु जोखिम भने हुनेछ। अमेरिकासंग टिमले कस्तो अन्तिम-११ खेलाउनेछ हेर्न लायक हुनेछ।

नेपाली टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी , करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, अविनाश बोहरा, सुशन भारि, शरद भेसावकर , विक्रम सोब, पवन सर्राफ, रोहित पौडेल, गुलशन झा

अमेरिका टिम : सौरभ नेत्रभाल्कर ( कप्तान ) , आरोन जोन्स ( उपकप्तान ) , करिमा गोरे, एल्मोर हचकिन्सन, नोस्थुश केन्जिगे, जस्करन मलहोत्रा, सुशान्त मोदानी, अभिषेक परदकर, मोनाक पटेल, निसर्ग पटेल, डोमिनिक रिखी, गजानन्द सिंह, जेसी सिंह, स्टेभेन टेलर

ओमानसंग अघिल्लो खेल पछि कप्तान ज्ञानेन्द्र मल्लको भनाइ : तल्लो मध्यक्रममा हाम्रो ठूलो साझेदारी हुन जरुरि छ। जित्नलाई यहाँको विकेटमा २३०-४० रन बनाउनै पर्छ, चाहे त्यो पहिलो ब्याटिंग गर्दा होस् या लक्ष्य पछ्याउने क्रममा।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]