नामिबिया Vs नेपाल – प्रभाब पार्न सक्ने ४ खेलाडीहरु

Sandeep Lamichhane
  • विकेटनेपाल, माघ २५ – बिहिबार

बिहिबारदेखि नामिबियामा आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ सुरु हुँदै छ जुन प्रतियोगिता नेपालको लागि विश्वकपसम्म पुग्न सक्ने एकमात्र बाटो रहेको छ । प्रतियोगितामा उत्कृस्ट २ हुदै विश्वकप छनौट प्रतियोगिताको बाटो भने नेपालको लागि त्यति सजिलो हुनेछैन। प्रतियोगिता जितका साथ सुरु गर्नु आफैमा एउटा सफलता हो जसले पछि आउने खेलहरुलाई हौसला प्रदान गर्दछ। नेपालले पहिलो खेल बिहिबार आयोजक नामिबियाकै सामना गर्दै छ।

नेपाल र नामिबियाबिचको खेलमा प्रभाब पार्न सक्ने खेलाडीहरु

स्टेफन बार्ड (नामिबिया):

नामिबियाका लागि ओपनिंग ब्याटिंग गर्ने बार्ड नेपालका लागि खतरनाक साबित हुन सक्छन् । उनले हालसम्म खेलेका ७० वटा लिस्ट ए खेलमा सर्बाधिक १३२ रन सहित १८९९ रन बनाएका छन् । सन् २०१५ देखि २०१७ सम्म चलेको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पनि नामिबियाका लागि सबैभन्दा राम्रो ब्याटिंग गर्दै १४ इनिंगमा ४१७ रन बनाएका छन् भने उनको स्ट्राइक रेट १०० भन्दा माथिको रहेको छ ।

साथै सन् २०१५ मा भएको विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगितामा सर्बाधिक रन प्रहार गर्ने खेलाडी २५ बर्षीय युवा खेलाडी बार्ड प्रतियोगितामा खेलेका ६  खेलबाट ४१.५० को औसतमा सर्बाधिक ९७ सहित २४९ रन बनाएका थिए ।

नामिबिया प्रतियोगिताको तयारी स्वरूप टेस्ट रास्ट्र दक्षिण अफ्रिकाको घरेलु क्रिकेट खेल्न गएको थियो जहाँ उनले खासै ठुलो प्रदर्शन गर्न नसके पनि केहि खेलहरुमा महत्त्वपूर्ण योगदान दिएका थिए । खेलेको अन्तिम लिस्ट ‘ए’ खेलमा उनले ५१ रनको अर्धशतकीय पारि खेल्दै डिभिजन २ मा उत्कृस्ट प्रदर्शन गर्ने संकेत देखाईसकेका छन् ।

बार्ड अहिलेसम्म नेपाल बिरुद्ध विश्व क्रिकेट लिग च्याम्पियनसिपको दुई खेल तथा २०१५ को डिभिजन २ को एक खेल सहित ३ खेल खेलिसकेका छन् जसमा उनले डिभिजन २ को खेलमा करण केसीले आउट गर्दा १४ बलमा १ चौका सहित ९ रनमात्र बनाउन सकेका थिए। त्यस्तै च्याम्पियनसिपको काठमाण्डौमा  भएको पहिलो खेलमा आक्रामक क्रिकेट देखाउने क्रममा ८ बलमा ४ चौका प्रहार गर्दै १८ रन बनाउदा सोमपाल कामीले एलबिडब्ल्यु धरापमा पारेका थिए । दोश्रो खेलमा भने उनले ५१ रनको उत्कृस्ट पारि खेलेका थिए । सन्दिप लामिछानेको बलमा आउट हुनु अघि ७८ बलमा उनले ८ चौका प्रहार गरेका थिए।

सरेल बर्गर (नामिबिया)

नामिबियाका कप्तान समेत रहेका बर्गर नेपालको लागि खतरनाक साबित हुनसक्ने अर्का खेलाडी हुन्। अलराउण्ड प्रदर्शनको क्षमता राख्ने उनले ११५ लिस्ट ए इनिंगमा सर्बाधिक ९१ रन सहित २४२८ रन बनाएका छन्। साथै १२४ खेलबाट उत्कृस्ट ५/२३ सहित १२५ विकेट समेत लिएका छन् । त्यस्तै सन् २०१५ देखि २०१७ सम्म चलेको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा बर्गरले उत्कृस्ट ३/२१ सहित १३ विकेट हात पारेका थिए भने ब्याटिंगतर्फ ५ इनिंगमा ४०.६६ को औसत सहित १२२ रन बनाएका थिए।

नामिबियाको लागि कप्तानी गर्दै तल्लो क्रममा ब्याटिंग गर्ने तथा आवस्यकता अनुसार बलिंग गर्ने ३४ बर्षीय अनुभवी बर्गरले सन् २००३ मा नामिबियाका लागि २ वटा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट समेत खेलेका थिए । दक्षिण अफ्रिकामा गरेको अन्तिम तयारीमा उनले  खेलेका  अन्तिम २ लिस्ट ‘ए’ खेलमा ६ भन्दा कमको औसतमा रन खर्चिदै ३ विकेट हात पारेका थिए भने एक पटकमात्र ब्याटिंग गर्ने मौका पाएका उनले २२ रन बनाएका थिए ।

बर्गर अहिलेसम्म नेपाल बिरुद्ध विश्व क्रिकेट लिग च्याम्पियनसिपको दुई खेल तथा २०१५ को डिभिजन २ को एक खेल सहित ३ खेल खेलिसकेका छन्। २०१५ मा उनि १५ रन बनाउदा रन आउट भएका थिए भने विकेट हात पार्न सकेका थिएनन् तर त्यसपछि भएका च्याम्पियनसिपका  खेलमा उनले राम्रो प्रदर्शन गरेका छन् । पहिलो खेलमा ३८ रन बनाएका उनलाई राजु रिजालले स्टम्प आउट गरेका थिए भने बलिंगतर्फ २ विकेट लिन मात्र २२ रन खर्चेका थिए । त्यस्तै दोश्रो खेलमा अविजित ४३ रन को पारि खेलेका बर्गरले बलिंगतर्फ भने ३८ रन खर्चेर ३ विकेट लिएका थिए ।

पारस खड्का (नेपाल)

नेपालको कप्तान समेत रहेका पारस खड्काको डिभिजन २ मा ब्याटिंग, बलिंगबाट मात्र नभएर प्लेईंग ११ छनोट साथै रणनीति निर्माणमा पनि महत्त्वपूर्ण हात रहनेछ । सन् २०१५ मा नामिबियामानै आयोजना भएको डिभिजन २ मा दायाँ हाते ब्याट्सम्यान पारसले ६ इनिंगबाट सर्बाधिक ७७ रन सहित १८५ रन बनाएका थिए। साथै आबश्यकता अनुसार मिडियम पेस र अफ स्पिन बलिंग गर्ने उनले ६ इनिंगमा ६ विकेट समेत हात पारेका थिए ।

Paras Khadka
Paras Khadka

नामिबियाबिरुद्द खेलेको २०१५ डिभिजन २ को खेलमा खड्काले १० ओभर बलिंग गर्दै मात्र १९ रन खर्चिएका थिए भने ब्याटिंगतर्फ पनि आक्रामक ६४ रन बनाउनेक्रममा ५६ बलमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा १ विकेट लिँदै २१ रन बनाएका उनले दोश्रो खेलमा शतकीय पारी खेलेका थिए। १०३ रन बनाएका उनले १०५ बलमा ५ चौका र ७ छक्का प्रहार गरेका थिए।

सन्दिप लामिछाने 

इन्डियन प्रिमियर लिग ‘आईपीएल’ खेल्न छनौट भएपछि डिभिजन-२ सन्दिपको लागि पहिलो प्रतियोगिता हुनेछ। रिस्ट स्पिनरहरु ( नाडीको प्रयोगले बलिंग गर्ने ) पछिल्लो केहि बर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा प्रभावशाली हुँदै गर्दा प्रतियोगितामा सन्दिपको प्रदर्शन राम्रो हुने अपेक्षा गरिएको छ। प्रतियोगिता अघि युएई ‘ए’ संग एउटा अभ्यास खेलमा ४ विकेट लिएका सन्दिपको लेग स्पिन र गुग्ली खेल्नु सबै टिमलाई कठिन अवस्य हुनेछ।

Sandeep Lamichhane
Sandeep Lamichhane

बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा भने प्रभावित पार्ने बलिंग गर्न नसकेका सन्दिपलाई डिभिजन-२ मा राम्रो प्रदर्शन गर्नु चुनौती हुनेछ। नामिबियासंग २०१६ को बिश्व क्रिकेट लिग च्याम्पियनसिपको नेपालमा भएको खेलमा डेब्यु गरेका सन्दिपले त्यसबेला २ खेलमा ३ विकेट लिंदै किफायती बलिंग समेत गरेका थिए। रास्ट्रिय टिमको लागि च्याम्पियनसिप हालसम्म उनले ३ विकेट भन्दा धेरै एकै खेलमा लिन सकेका छैनन्। ३ विकेट उनले १ पटक हंगकंगसंग च्याम्पियनसिपको खेलमा हंगकंगमा लिएका थिए।

दक्षिण अफ्रीकामा जारि एकदिवसीय शृंखलामा रिस्ट स्पिनर युज्भेन्द्र चाहल र कुलदिप यादबको बलिंगमा अफ्रिकी ब्याट्सम्यानहरु संघर्ष गरिरहेको देख्दा सन्दिपले पनि सोहि प्रदर्शन गर्ने आशा सबैले गरेका छन्।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]