ICC WCL2 : पीएनजीसंग युएई पराजित

आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) ले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ५ विकेटले हराएको छ ।

यूएईले दिएको ९८ रनको सामान्य लक्ष्य पीएनजीले २५ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो । पीएनजीका लागि टोनी उराले नटआउट ३५ रन बनाए । बलिङतर्फ यूएईका रोहन मुस्तफाले २ विकेट लिए । यस्तै जुनैद सिद्दिकी, आयन अफजल खान र जहूर खानले १–१ विकेट लिए ।

यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको यूएई २६ ओभर २ बलमा ९७ रनमात्र बनाउन सक्यो । यूएईका लागि वृत्य अरविन्दले सर्वाधिक २० रन बनाउँदा अन्य ४ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् । बलिङतर्फ पीएनजीका रिले हिकुरेले ४ र चाद सोपरले ३ विकेट लिए ।

यो शृङ्खलामा नेपालले भोलि सोमवार यूएईसँग खेल्नेछ । नेपालले लिग–२ मा ५ खेल खेल्न बाँकी नै छ । बाँकी सबै खेल जितेमा नेपालले सोझै विश्व कप छनोट खेल्न पाउनेछ भने ३ खेल जिते एकदिवसीय मान्यता कायमै रहनेछ । अङ्क तालिकामा नेपाल ३१ खेलमा ३० अङ्ककका साथ छैटौँ स्थानमा छ । पीएनजी ३२ खेलमा ९ अङ्कसहित तालिकाको पुछारमा छ । ३१ खेल खेलेको यूएई ३१ अङ्कका साथ पाँचौँ स्थानमा छ ।





थप समाचार

दीपेन्द्र अहिलेसम्मकै उच्च वरियतामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले वरियतामा छलाङ मारेका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले जारी गरेको […]

टी-२० विश्वकप : सुपर एटका खेल आजबाट

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकपको दोस्रो चरण (सुपर एट) का खेलहरु आज (बुधबबार) बाट सुरु हुदैछ । सुपर एटको […]

रोहितसँग झगडा गरेका तन्जिममाथि आइसीसीको कारबाही

काठमाडौं । बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन शाकिबमाथि अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले कारबाही गरेको छ । आइसीसीले आइतबार […]

तथ्याकंमा नेपालको विश्वकप यात्रा..

काठमाडौं । नेपालले सन् २०१४ पछि दश वर्षको अन्तरालमा सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा जारी टी-२० विश्वकपमा सहभागीता […]

अफगानिस्तानमाथि वेस्ट इन्डिजको सानदार जित

काठमाडौं । वेस्ट इन्डिजले घरेलु भुमी तथा अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानमाथि सानदार जित […]

वेस्ट इन्डिजले अफगानिस्तानलाई दियो २१९ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिजले घरेलु भुमी तथा अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई जितका लागि […]