बिश्वकपको ढोकामा नेपालको पहिलो प्रतिद्वन्द्वी जिम्बाबे, हेर्नुस खेलतालिका

Nepal in World Cup
  • विकेटनेपाल, फाल्गुन ४, शुक्रबार 

आउँदो मार्च ४ देखि २५ सम्म जिम्बावेमा हुने २०१९ एकदिवसीय बिश्वकप छनौट प्रतियोगितामा नेपाल सहभागी हुँदै छ। बिहिवार सम्पन्न डिभिजन-२ को फाईनलमा युएईसंग ७ रनले पराजित हुँदै उपविजेता उपविजेता बनेको नेपाल छनौट प्रतियोगिताको समूह “बि” मा परेको छ।

नेपालसंगै समूह “बि” मा अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड र हंगकंग रहेका छन्। उता डिभिजन २ को बिजेता युएई रहेको समुह “ए'” मा भने वेस्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी रहेका छन्।

सहभागी टिमहरु :- वेस्ट इन्डिज, जिम्बाबे, अफगानिस्तान, आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड, पपुवा न्यु गिनी, हंगकंग, युएई र नेपाल

आईसीसी बिश्वकप छनौटबाट उत्कृस्ट हुने २ टिम २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एकदिवसीय बिश्व कप खेल्न छनौट हुनेछ। आईसीसीले प्रतियोगितामा उत्कृस्ट ३ हुने एसोसिएट सदस्यले सन् २०२२ सम्मको लागि एकदिवसीय रास्ट्रको मान्यता पाउने बताएको छ।

नेपालको खेल तालिका – 

३ मार्च – जिम्बाबेसंग
८ मार्च – स्कटल्याण्डसंग
१० मार्च – अफगानिस्तानसंग
१२ मार्च – हंगकंगसंग

जिम्बावेमा हुने प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोलि जिम्बावे बिरुद्द मार्च ४ तारीखमा खेल्ने छ। यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले ८ मार्चमा स्कटल्याण्डको सामना गर्नेछ। लिग चरणका अन्तिम दुई खेलमा नेपालले मार्च १० मा अफगानिस्तान र १२ तारिखमा हंगकंगको सामना गर्नेछ।

यसैबीच प्रतियोगिता अघि नेपालले २ वटा अभ्यास खेल समेत खेल्नेछ। संयुक्त अरब एमिरेट्स (युएई) बिरुद्द नेपालले २७ फेब्रुअरीमा पहिलो अभ्यास खेल खेल्ने तालिका रहेकोछ। दोश्रो अभ्यास खेलमा १ मार्चमा नेपालले  हंगकंगको सामना गर्नेछ।

प्रतियोगिताको फर्म्याट

सहभागी हुने १० वटा टिमलाई २ समुहमा बिभाजन गरीएको छ। समुह चरणमा सबै टिमले एकअर्कासंग १-१ खेल खेल्नेछन् जसपछि दुवै समुहबाट उत्कृस्ट-३ हुने टिम सुपर-सिक्स चरण खेल्न छनौट हुनेछ। सुपर-सिक्स चरणमा एउटा टिमले ३ वटा खेल खेल्ने छ ( समुह चरणमा भेट नभएका टिमसंग मात्र )। समुह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ ( समुह चरणको अंक तालिकामा तलको २ स्थानमा रहेका टिमसंगको अंक बाहेक )। सुपर सिक्स चरणपछि फाइनल पुग्ने उत्कृस्ट २ हुने टिम बिश्व कप २०१९ खेल्न छनौट हुनेछ।

Nepal Cricket Team
Nepal Cricket Team

सन् २०१७ सेप्टेम्बर ३० सम्म आईसीसी एकदिवसीय वरियतामा इंग्ल्याण्ड बाहेक उत्कृस्ट ७ टिम स्वतः छनौट हुने आईसीसीको ब्यबस्था अनुसार इंग्ल्याण्ड, अस्ट्रेलिया, बंगलादेश, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रीका र श्रीलंका बिश्वकप खेल्न छनौट भइसकेका छन्।

वरियतामा उत्कृस्ट ७ भित्र पर्न नसकेपछि यो पटक वेस्ट इन्डिज तथा जिम्बाबे जस्ता टेस्ट रास्ट्रले पनि बिश्वकप छनौट खेल्दैछन्। त्यसबाहेक नयाँ टेस्ट रास्ट्र अफगानिस्तान, आयरल्याण्ड लगायत बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा उत्कृस्ट ४ भित्र पर्न सफल टिम नेदरल्याण्ड, स्कटल्याण्ड, हंगकंग र पपुवा न्युगिनी बिश्व कप छनौट खेल्नेछन्।





थप समाचार

बागमतीविरुद्ध मधेश ४ विकेटले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग बागमती प्रदेश ४ विकेटले पराजित […]

आर्मीले पुलिसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई […]

कोलकाताको पहिलो जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल […]

पञ्जाबकाे सुखद् सुरुआत

काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले […]

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]