जिम्बाबेको सनसनीपूर्ण जित, गेलको आक्रमण र अफगानिस्तानको दोश्रो हार

  • विकेटनेपाल, फाल्गुन २२ 

जिम्बाबेमा आइतबार देखि सुरु बह्येको आईसीसी बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न ४ वटा खेलहरुमा आयरल्याण्ड, वेस्ट इन्डिज, जिम्बाबे र स्कटल्याण्डले जित हांसिल गरेका छन्। समुह ‘ए’ अन्तर्गत आयरल्याण्डले लगातार दोश्रो जित निकाल्दै ४ अंक सहित अंकतालिकाको शिर्ष स्थानमा रहेको छ भने समुह ‘बि’ मा स्कटल्याण्ड र जिम्बाबेले २ वटा खेलमा जित हात पार्दै ४ अंक बटुलेका छन्।

कुन खेलमा के आयो नतिजा : 

आयरल्याण्डद्वारा पपुव न्यु गिनी ४ विकेटले पराजित 

पहिलो खेलमा नेदरल्याण्डलाई ९३ रनले पराजित गरेको आयरल्याण्डले दोश्रो जित निकाल्ने क्रममा पपुवा न्यु गिनीलाई ४ विकेटले पराजित गर्यो।

टस हारेर ब्याटिंग गरेको पपुवा न्यु गिनीले टिपी उराको बिशाल शतक मदतले ५० ओभरमा सबै विकेट गुमाएर १३५ रन बनायो। प्लेयर अफ द म्याच समेत चुनिएका उराले १५१ रन बनाउने क्रममा १४२ बलमा १० चौका र ६ छक्का हिर्काए। उरा बाहेक अन्य न्यु गिनी ब्याट्सम्यानहरुले उल्लेख्य प्रदर्शन गर्न नसक्दा तल्लो क्रममा चाड सोपरको २५ रन दोश्रो सर्वाधिक रन थियो। आयरल्याण्ड बलर एन्डी म्याकब्रिनले ३ विकेट ( १०-२-३८-३ ) तथा बोएड र्याँकिंग र केभिन ओ ब्रायनले समान २ विकेट हात पारे।

पोटरफिल्डले शतक बनाए

२३६ रनको लक्ष आयरल्याण्डले ४९.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। ओपनर तथा कप्तान विलियम पोटरफिल्डले शतकीय इनिंग ( १११ रन , १३३ बल, १२ चौका ) बनाए भने एड जोयसले ५३ रन बनाउदै टिमको जितमा अहम योगदान दिए।

वेस्ट इन्डिजद्वारा युएई ६० रनले पराजित 

पहिलो खेलमा पपुवा न्यु गिनीलाई ५६ रनले पराजित गरेको युएईलाई निराश पार्न पहिलो खेल खेलेको वेस्ट इन्डिजले ६० रनको जित निकाल्यो। टस जितेर ब्याटिंग गरेको इन्डिजको लागि क्रिस गेलले विस्फोटक ब्याटिंग गर्दै १२३ रन (९१ बल,  ११ छक्का र ७ चौका ) तथा शिमरोन हेट्मेरले १२७ रन ( ९३ बल, ४ छक्का, १४ चौका ) प्रहार गरे।

गेलले विस्फोटक ब्याटिंग गरे

वेस्ट इन्डिजले ५० ओभरमा ४ विकेट गुमाएर ३५७ रन बनाएपछि लक्ष्य पछ्याएको युएईले ५० ओभरमा ६ विकेट गुमाएर २९७ रन बनाउन सक्यो। रमिज शह्जादले अविजित शतकीय योगदान दिंदा ९ चौका र ४ छक्का प्रहार गर्न १०७ बल खेले। यस्तै शैमन अनवरले ६४ तथा अद्नान मुफ्तीले ४५ रन योगदान दिए। युएईलाई जितसम्म पुग्न नदिन वेस्ट इन्डिज बलर जेसन होल्डर एक्लैले ५ विकेट हात पारे जुन क्रममा १० ओभरमा १ मेडन ओभर सहित ५३ रन खर्चिए। खेलको प्लेयर अफ द म्याच शिमरोन हेट्मेर घोषित भए।

जिम्बाबेद्वारा अफगानिस्तान २ रनले पराजित 

नेपाललाई आफ्नो पहिलो खेलमा ११६ रनले पराजित गरेको जिम्बाबेले अफगानिस्तानलाई सनसनीपूर्ण खेलमा २ रनले पराजित गर्यो। स्कटल्याण्डसंग पहिलो खेल ७ विकेटले गुमाएको अफगानिस्तानले टस जितेर पहिलो ब्याटिंग गरेको जिम्बाबेलाई १९६ रनमै सिमित गरेपनि १९७ रनको लक्ष्य पछ्याउन सकेन।

लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले १७७ रन बनाउदा ९ विकेट गुमाईसकेको थियो र १ विकेट मात्र बाँकी रहंदा जितको लागि अझै २० रन आवस्यक थियो। त्यो अवस्थामा १० औं विकेटको लागि शापुर जद्रान र दौलत जद्रानले १७ रनको साझेदारी गर्दै लगभग जित दिलाईसकेका थिए।

अन्तिम ओभरमा अफगानिस्तानलाई जितको लागि मात्र ४ रन बाँकी थियो र १ विकेट।

ब्रायन भिटोरीले गरेको अन्तिम ओभरको पहिलो बलमा रन बनाउन नसके पछि दोश्रो बलमा दौलतले १ रन लिंदै स्ट्राइक शपुरलाई दिए। चौथो बलमा सपुरलाई भिटोरीले विकेट किपर ब्रेण्डन टेलरको हातबाट क्याच आउट गराएपछि अफगानिस्तानले २ रनको झिनो अन्तरको हार बेहोर्न बाध्य भयो।

जिम्बाबे बलर ब्लेसिंग मुजाराबानीले सर्वाधिक ४ विकेट तथा सिकन्दर राजाले ३ विकेट हात पारे। अफगानिस्तानको लागि रहमत शाहले सर्वाधिक ६९ रन तथा मोहम्मद नाबीले ५१ रन योगदान दिएका थिए।

टस जितेर पहिले ब्याटिंग गरेको जिम्बाबेले ४३ ओभरमा १९६ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको थियो।नेपालसंग पहिलो खेलमा शतक बनाएका दुई ब्याट्सम्यान ब्रेण्डन टेलर र सिकन्दर राजाले जिम्बाबेको लागि पुनः उत्कृस्ट योगदान दिए। टेलरले ८९ रन ( ७ चौका र ३ छक्का ) तथा राजाले ६० रन ( ६ चौका र १ छक्का ) बनाए। जिम्बाबेलाई सस्तोमा समेट्न अफगानिस्तान बलर मुजिब उर् रहमान र रासिद खानले समान ३/३ विकेट लिएका थिए।

स्कटल्याण्डद्वारा हंगकंग ४ विकेटले पराजित 

पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको स्कटल्याण्डले उत्कृस्ट लय दोहोर्याउने क्रममा हंगकंगलाई ४ विकेटले पराजित गर्यो।

टस हारेर ब्याटिंग गरेको हंगकंगले लज्जास्पद ब्याटिंग गर्दै ९१ रनमै सबै विकेट गुमाएपछि ९२ रनको लक्ष स्कटल्याण्डले २४ ओभरमै ६ विकेट गुमाएर पुरा गर्यो। स्कटल्याण्डको लागि बलिंगतर्फ टम सोलले ४ विकेट ( १०-५-१५-४ ) तथा एलेस्डेएर इभान्सले ३ विकेट ( ७.२-३-१९-३ ) हात पारे भने ब्याटिंगतर्फ कप्तान कायल कोट्जरले अविजित ४१ रन योगदान दिए। हंगकंग बलर एहसान खानले ३ तथा एहसान नवाजले २ विकेट लिए पनि जितको लागि पर्याप्त थिएन।

अंकतालिका 

आगामी खेलहरु ( मार्च ८ ) 

अफगानिस्तान Vs हंगकंग , नेपाल Vs स्कटल्याण्ड , नेदरल्याण्ड Vs युएई, पपुवा न्यु गिनी Vs वेस्ट इन्डिज

( फोटोहरु- आईसीसी )





थप समाचार

रोहित र एरिका वर्ष खेलाडी

काठमाडौं, भदौ २८– करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष खेलाडी घोषित भएका […]

विश्वकप लिग-२ : नेपालको अमेरिका भ्रमणको खेल तालिका सार्वजनिक

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले अमेरिकामा खेल्ने त्रिकोणात्मक ओडिआई सिरिजको खेलतालिका सार्वजनिक भएको छ । तालिकाअनुसार सिरिज कार्तिक ९ देखि […]

अस्ट्रेलियालाई सिरिजमा अग्रता

काठमाडौं । तिन खेलको टि२० आई सिरिजका लागि इंग्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो टि ट्वान्टी आईमा जित निकालेको छ । […]

डीएभीलाई स्कुल क्रिकेटको उपाधि

प्रथम डाक्टर बाबुराम पोखरेल मेमोरियल अन्तर-स्कुल सुपर सिक्स क्रिक्सल प्रतियोगिताको उपाधि ललितपुरको डीएभी सुशील केडिया विश्व भारती स्कुल ‘ए’ टिम […]

यु–१९ महिला विश्वकप छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डसँग खेल्ने

काठमाडौं । आइसीसी यु–१९ महिला टि–२० विश्वकप क्रिकेट एसिया छनोटको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का […]

क्यानडा सिरिजका लागि नेपाली टोलीको घोषणा

क्यानडामा हुने त्रिकोणत्मक ओडिआई सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । सेप्टेम्बर १६ देखि सुरु हुने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय […]