सुपर सिक्समा ३ टिम फिक्स, यसरी पुग्नेछन्न् बाँकी ३, आजको खेलहरु पछिको सम्पूर्ण कथा

  • विकेटनेपाल, फाल्गुन २६ 

आईसीसी एकदिवसीय बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न ४ वटा खेलहरुमा अफगानिस्तान, वेस्ट इन्डिज, जिम्बाबे र नेदरल्याण्डले जित हाँसिल गरे।

आजको खेल पछि वेस्ट इन्डिजले ३ मा ३ वटै खेल जित्दै समुह ‘ए’ बाट सुपर सिक्स चरण प्रवेश गरेको छ। समुह ‘बि’ बाट ३ मा ३ वटै खेल जित्दै स्कटल्याण्ड र जिम्बाबे पनि सुपर सिक्स प्रवेश गरिसकेको छ।

समुह ‘ए’ बाट पपुवा न्यु गिनीको सबै ४ खेल हार्दै सुपर सिक्स पुग्ने सम्भावना सकिएको छ। सोमबार ( मार्च १२ ) आयरल्याण्ड र युएई तथा वेस्ट इन्डिज र नेदरल्याण्ड बीचको खेल पछि समुह ‘ए’ बाट सुपर सिक्स पुग्ने अरु २ टिमको निर्क्यौल हुनेछ। नेदरल्याण्डलाई वेस्ट इन्डिजले पराजित गरेको खण्डमा आयरल्याण्ड र युएई सुपर सिक्स चरण प्रवेश गर्नेछन्। नेदरल्याण्ड जितेको खण्डमा भने आयरल्याण्ड र युएईको खेलको बिजेता सुपर सिक्स चरण पुग्नेछ र त्यस खेलमा पराजित हुने टिम र नेदरल्याण्ड बीच नेट रनरेटको आधारमा अघि बढ्ने टिम थाहा हुनेछ।

समुह ‘बि’ मा अफगानिस्तान, हंगकंग र नेपालको अझै पनि सुपर सिक्स पुग्ने सम्भावना छ। सोमबार नेपालले हंगकंग र जिम्बाबेले स्कटल्याण्डको सामना गर्दैछ। जिम्बाबे र स्कटल्याण्ड सुपर सिक्स पुगीसकेका छन्।

पहिलो खेल अफगानिस्तानले जितेको कारण यदी नेपालले हंगकंगलाई पराजित गरेमा अफगानिस्तान, नेपाल र हंगकंगको १/१ जित हुनेछ र नेट रनरेटको आधारमा एउटा टिम अघि बढ्नेछ। हंगकंगले नेपाललाई पराजित गरेमा हंगकंग २ जितको साथ सुपर सिक्स पुग्नेछ। नेपाल अब सुपर सिक्स प्रवेश गर्न हंगकंगलाई पराजित गरेर मात्रै पुग्नेछैन।

ठुलो अन्तरले हंगकंगलाई पराजित गर्न सके नेपाल नेट रनरेटमा अघि बढ्न सक्छ। नेपालको नेट रनरेट -१.५४६ रहेको छ भने अफगानिस्तानको -०.०३८ त्यसैले यदी नेपालले पहिले ब्याटिंग गर्दै ३०० रन बनायो र हंगकंग ८२ रनमै अलआउट भयो भने नेपाल सुपर सिक्स प्रवेश गर्न सक्छ। यदी नेपालले दोश्रो ब्याटिंग गरेको खण्डमा नेपाललाई झनै मुस्किल हुनेछ। मानौ हंगकंगले १५० रन को लक्ष्य दियो भने नेपालले ४ ओभरमा उक्त लक्ष्य पछ्याउनु पर्नेछ जुन असम्भव जसो हो।

आज भएका खेलहरुको नतिजा

वेस्टइन्डिजको लगातार जित 

टस हारेर ब्याटिंग गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५७ रन बनायो। ८३ रनको योगफलमा ५ विकेट गुमाएको इन्डिजको लागि सातौँ नम्बरमा ब्याटिंग गरेका रोभम्यान पावेलले शतकीय इनिंग खेल्दै नायक बने। उनले १०० बलमा ७ चौका र ७ छक्का प्रहार गर्दा कप्तान जेसन होल्डरले ५४ रनको इनिंग खेलेका थिए। आयरल्याण्ड बलर  टिम मुर्ताघले ४ विकेट लिए। जवाफमा आयरल्याण्डले २०५ रनमा सबै विकेट गुमाउन पुग्यो र ५२ रनको हार बेहोर्यो। एड जोयसले ६३ रन योगदान दिए। कमर रोच र केसरिक विलियम्सले ४/४ विकेट लिंदै आयरल्याण्डलाई निराश पारे।

जिम्बाबेसंग हंगकंग निरिह 

टस हारेर ब्याटिंग गरेको जिम्बाबेले ५० ओभरमा ९ विकेट गुमाएर २६३ रन बनायो। ह्यामिल्टन मासाकाट्जाले सर्वाधिक ८४ रन ( ११० बल, ७ चौका र १ छक्का ) तथा ब्रेण्डन टेलरले ३६ तथा केफास झुवाओले ४५ रन बनाए। हंगकंग बलर एहसान नवाजले ४ विकेट लिए। लक्ष्य पछ्याउने क्रममा हंगकंगले ४६.५ ओभरमा १७४ रन मात्रै बनाउन सक्यो। अंशुमन रथले ८५ रन ( ११७ बल, ६ चौका र १ छक्का ) बनाए पनि अन्य ब्याट्सम्यानहरु चल्न नसक्दा हंगकंग सजिलै पराजित भयो। जिम्बाबे बलर सिकन्दर राजाले ३ विकेट ( १०-१-३०-३ ) लिए।

पपुवा न्यु गिनीको अर्को हार 

टस हारेर ब्याटिंग गरेको नेदरल्याण्डले ५० ओभरमा २१६/८ को योगफल बनायो।  सिकन्दर जुल्फिकरले ५३ तथा रे भ्यान डर मर्वेले ३८ रन बनाए। पपुआ न्यु गिनीको लागि भाउना, महुरु दाई , नाओ र अमिनीले समान २ विकेट लिए। लक्ष्य पछ्याउने क्रममा पपुव न्यु गिनी १५९ रनमै समेटिन पुग्यो। कप्तान तथा ओपनर असाद भालाले ४४ रन तथा किप्लिन डोरिगाले ३२ रन बनाए पनि जितको लागि पर्याप्त थिएन। डच बलर रे भ्यान डर मार्वेले ४ विकेट लिए।

नेपालको तेश्रो हार र अफगानिस्तानको पहिलो जित 

टस जितेर ब्याटिंग गरेको नेपालले पहिलो इनिंगमा ४९.५ ओभर ब्याटिंग गर्दै १९४ रन बनायो। १०५/२ को अवस्थामा रहेको नेपालले राम्रो सुरुवातलाई ठुलो स्कोरमा बदल्न सकेन। कप्तान पारस खड्काले सर्वाधिक ७५ रन ( ८२ बल, १० चौका र १ छक्का ) बनाए भने दिपेन्द्र ऐरीले ३२ तथा आरिफ शेख र ज्ञानेन्द्र मल्लले समान २३ रन योगदान दिए। अफगानिस्तान बलर मोहम्मद नाबीले ४ विकेट ( १०-०-३३-४ ) तथा राशिद खानले ३ विकेट लिए।

Paras Khadka
Paras Khadka

१९५ रनको लक्ष अफगानिस्तानले ३८.४ ओभरमै भेटायो। नजीबुल्लाह जद्रानले अविजित ५२ रन ( ४७ बल, ३ छक्का र ४ चौका ) , रहमत शाहले ४६ रनको इनिंग खेल्दै जित सहज बनाए। दिपेन्द्र ऐरीले २ तथा सन्दिप लामिछाने र करन केसीले १/१ विकेट लिएपनि जितको लागि पर्याप्त भएन।





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]